समाचार

अमेरिकाबाट ३७ नेपाली चार्टर विमानमार्फत बुधबार काठमाडौं ल्याइँदै

अमेरिकाबाट ३७ नेपाली चार्टर विमानमार्फत बुधबार काठमाडौं ल्याइँदै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौं अमेरिकामा रहेका ३७ नेपाली रिपोर्टमा परेका छन्। अमेरिकाले निष्कासन गरेका यी सबै नेपालीलाई बुधबार चार्टर विमानबाट काठमाडौं ल्याउने भएको हो।अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार चार्टर विमानबाट उनीहरुलाई नेपाल पठाउने सूचना आएको हो। अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो कार्यकाल राष्ट्रपति बनेपछि दुई सय बढी नेपाली डिपोर्टमा परिसकेका छन्। अध्यागमनले डिपोर्ट भएका नागरिकको विवरण सर्वजनिक नगरे पनि यसरी स्वदेश फर्किएका नेपाली विभिन्न २८ जिल्लाका छन्।बुधबार अमेरिकाले ‘उडान नम्बर एन८२८एएक्स’ जहाजबाट अवैध रुपमा बसोबास गरेका ३७ नेपाली नेपाल पठाउन लागेको हो। ट्रम्प प्रशासनले कागजबिहीन आप्रवासीलाई सुरुमा स्वदेश फर्किन अनुरोध गरेको थियो। अनुरोध स्वीकार नगर्नेलाई खोजीखोजी डिपोर्ट गर्दै आएको छ। ...
प्रधानमन्त्री ओली चीन भ्रमण सकेर आज स्वदेश फर्किदै

प्रधानमन्त्री ओली चीन भ्रमण सकेर आज स्वदेश फर्किदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदैछन् । चीनको तियानजिनमा शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओली आज स्वदेश फर्किने कार्यक्रम रहेको छ ।चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले (एससीओ) को शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए भने कैयौं महत्वपूर्ण भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जीङपीङ र उपराष्टपति हान चङसँग द्विपक्षीय भेटवार्ता गरेका छन् भने रुसका राष्ट्रपति भ्लादमिर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोङलौन सिसौलिथ, कम्बोडियाका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, भियतनामका प्रधानमन्त्री फाम मिन चिङ भेटवार्ता गरेका थिए ।प्रधानमन्त्री ओलीको भ्रमण दलमा उनकी धर्मपत्नी राधिका शाक्यसहित पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर...
अर्घाखाँचीमा श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ

अर्घाखाँचीमा श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल अर्घाखाँचीमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार प्युठानको नौ बहिनी गाउँपालिका वडा नं. १ स्याउलीबाङ घर भई विगत ८ वर्षदेखि अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं ४ पातले पोखरामा बस्दै आएका ३६ वर्षीय किरण गुरूङलाई प्रहरीले श्रीमतीको हत्या अभियोगमा पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार गुरूङले आफ्नै श्रीमती ३४ वर्षीय सुमित्रा कुमाल गुरूङको हत्या गरी घरभित्रै गाडेर घटना लुकाउने प्रयास गरेका थिए। घटना विवरण अनुसार गत भदौ १२ गते मध्याह्न १२ बजेतिर दुई जनाबीच भएको विवाद बढ्दै गएपछि किरणले श्रीमती सुमित्राको हत्या गरेका थिए। बाँसको लाठी र हँसियाको पछाडिको भागले शरीरको विभिन्न भागमा हानेर सुमित्राको हत्या गरेपछि उनले कम्बलमा पोको पारेर आफ्नै...
डा. लेखजंगले पहिलो श्रीमतीसँगको डिभोर्स गरेको कागज गरे सार्वजनिक

डा. लेखजंगले पहिलो श्रीमतीसँगको डिभोर्स गरेको कागज गरे सार्वजनिक

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
रुपन्देही रुपन्देही क्षेत्रनम्बर ३ मा हुन लागेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापाले पहिलो श्रीमतीसँग डिभोर्स भइसकेको कागजात सार्वजनिक गरेका छन् ।डा. थापाले २०७९ माघ १५ गते जिल्ला अदालत रुपन्देहीमा न्यायाधीश उमेश कोइरालाको इजलाशमा सम्बन्ध विच्छेद गरी मिलापत्र गरेको कागज सार्वजनिक गरेका हुन् ।डा. थापा रास्वपाबाट ९ जना आकांक्षीमध्येबाट उम्मेदवार बनेपछि उनीबारे बहुविवाहको समाचारहरु सार्वजनिक भएका थिए ।अदालती कागजात फेसबुकमार्फत् सार्वजनिक गर्दै थापाले लेखेका छन्, ‘परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो त्यति नै सत्य मेरो एकजना श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो । र, त्योभन्दा ठूलो सत्य सम्बन्धविच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो, जसको म बाबा पनि हो ।’पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीले डा. थापाको बहु...
देशभरको मौसम बदली रहने, केही भूभागमा वर्षाको सम्भावना

देशभरको मौसम बदली रहने, केही भूभागमा वर्षाको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँमौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ ।हाल लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ भने सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र कोशी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो देशभर साधारणतया बदली रहनेछ भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाले आगामी २४ घण्टा बाग्मती प्रदेशको पहाड र सुदुरपश्चिम प्रदेशको तराइका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरू...
गोरखाकाे अजिरकाेट केन्द्रबिन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प

गोरखाकाे अजिरकाेट केन्द्रबिन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार
काठमान्डौगोरखा जिल्लाको अजिरकोट गाउँपालिकालाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार, मंगलबार बिहान ६ बजेर १५ मिनेट जाँदा गोरखा जिल्लाको अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि, भदौ १ गते पनि रामेछापको हेलम्चो आसपास केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो। पछिल्लो समय नेपालका विभिन्न भागमा स साना रेक्टरका भूकम्पहरु दोहोरिँदै गएको केन्द्रको भनाइ छ ।भूकम्पका कारण हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण भने आएको छैन । ...
लिपुलेकका विषयमा भारत र चीनबीच भएको सहमतिबारे त्रिपक्षीय संवाद आवश्यक : परराष्ट्रविद्

लिपुलेकका विषयमा भारत र चीनबीच भएको सहमतिबारे त्रिपक्षीय संवाद आवश्यक : परराष्ट्रविद्

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राेचक जानकरी, शिक्षा, समाचार, समाज
काठमाडौंपरराष्ट्र र सीमासम्बन्धी विषयका जानकारहरूले नेपाली भूमि लिपुलेकका विषयमा भारत र चीनबीच भएको सहमतिबारे त्रिपक्षीय संवाद आवश्यक रहेकोमा जोड दिएका छन् । प्रेस चौचारी नेपालले साेमबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै एमाले नेता राजन भट्टराई, सिमाविद वुद्धिनारायण श्रेष्ठ, नेपाल-भारत सीमा अध्ययन सिमितिका संयोजक विष्णु उप्रेतीले भदौ ३ गते नेपाली भूमिको बाटो हुँदै भारत-चीनबीच व्यापारिक मार्ग सञ्चालन गर्ने सहमति भएकोप्रति आपत्ति जनाउँदै त्रिपक्षीय संवादबाट समाधान खोज्न सुझाव दिएका हुन् ।चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चीनफिङसँगको द्विपक्षीय भेटवार्तामा लिपुलेक नेपालको भूमि रहेको स्पष्ट पार्दै चीन र भारतबीच भएको सहमतिप्रति आपत्ति जनाउनुभएको थियो । ...
अफगानिस्तानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६२२ पुग्यो

अफगानिस्तानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६२२ पुग्यो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार
काठमाडौँअफगानिस्तानको भूकम्पमा मृत्यु हुनेको संख्या ६२२ पुगेको छ ।आइतबार राति आएको ६.३ रेक्टर स्केलको भूकम्पबाट अहिलेसम्म ६२२ जनाको मृत्यु भएको अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतीन कानीले जानकारी दिएका छन् । उनले अहिलेसम्म १५ सय ५५ जना घाइते भएका छन् भने ठूलो संख्यामा घरहरू ध्वस्त भएको बताएका छन् । मृतकमध्ये ६१० जना कुनारमा र १२ जना नान्गरहारका रहेका छन् भने घाइतेमध्ये १३ सय जना कुनारमा र २५५ जना नान्गरहारमा रहेको उनले बताएका छन् ।अहिले राहत र उद्धारको काम जारी रहेको र मृतकको संख्या बढ्न सक्ने बताइएको छ । भूकम्पको केन्द्रबिन्दु जमिनबाट १६० किलोमिटर तल थियो। यसको कम्पन पाकिस्तानको इस्लामाबाद र एबोटाबादसम्म महसुस गरिएको थियो । पहिलो भूकम्पपछि पनि ४.७, ४.३ र ५.० रेक्टर स्केलका कम्पन महसुस गरिएको टोलोन्यूजले उल्लेख गरेको छ । यसअघि ७ अक्टोबर २०२३ मा अफगानिस्तानमा विन...
आफ्नो भूमिलाई हाम्रो हो भन्दा कुनै देशसँग सम्बन्ध बिग्रिदैन : गृहमन्त्री लेखक

आफ्नो भूमिलाई हाम्रो हो भन्दा कुनै देशसँग सम्बन्ध बिग्रिदैन : गृहमन्त्री लेखक

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
वीरगंजगृहमन्त्री रमेश लेखकले लिपुलेक-कालापानी नेपालको रहेको बताएका छन् ।प्रेस युनियन पर्साद्वारा वीरगंजमा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले आफ्नो भूमिलाई हाम्रो हो भन्दा कुनै देशसँग सम्बन्ध नबिग्रिने बताउदै मित्र राष्ट्र भारतले चित्त दुखाउनुपर्ने कुनै कारण नभएको बताएका छन् । लेखकले चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अहिले लिपुलेख-कालापानी नेपालको भूमि रहेको भन्दै भारत र चीनबीच भएको सहमतिप्रति आपत्ति जनाएर ठीक काम गरेको बताए ।उनले भारत र चीनले नेपालको भूमिलाई लिएर गरेको सम्झौताप्रति प्रधानमन्त्री ओलीले जनाएको आपत्ति ठीक रहेको उनको तर्क छ । उनले भने- 'त्यो कुरामा हामी प्रष्ट भन्न चाँहन्छौं त्यसपसमा आपति छैन । र, हाम्रो भूमि हाम्रो हो भन्दा कुनै मुलुकले पनि चित्त दुखाउनुपर्ने कारण पनि छैन । यो हाम्रो हो हामी भनिरहन्छौं, यसले सम्बन्ध बिग्रनपर्ने कुर...
डिजेल र मट्टितेलको घट्यो मुल्य

डिजेल र मट्टितेलको घट्यो मुल्य

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार
काठमाडौंनेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले घटाइएको नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टले बताए ।यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर एक रुपैयाँले घटेको छ । पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर एक रुपैयाँले घटेको छ ।इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार डिजेलमा प्रतिलिटर ३ रुपैयाँ ९६ पैसा, पेट्रोलमा ०.२१ पैसा र हवाई इन्धनमा एक रुपैयाँ ४८ पैसा घटेर आएपछि निगमले मूल्य समायोजन गरेको हो । डिजेलको मूल्य लिटरको काठमाडौं उपत्यकामा १४४ रुपैयाँ कायम गरिएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ प्रति किलोलिटर ७ डलर घटाएको छ । उपभोक्ता वर्गको हितलाइ ध्यानमा राखी निगमले स्वचालि...