अमेरिकाबाट ३७ नेपाली चार्टर विमानमार्फत बुधबार काठमाडौं ल्याइँदै


काठमाडौं

अमेरिकामा रहेका ३७ नेपाली रिपोर्टमा परेका छन्। अमेरिकाले निष्कासन गरेका यी सबै नेपालीलाई बुधबार चार्टर विमानबाट काठमाडौं ल्याउने भएको हो।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार चार्टर विमानबाट उनीहरुलाई नेपाल पठाउने सूचना आएको हो। अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो कार्यकाल राष्ट्रपति बनेपछि दुई सय बढी नेपाली डिपोर्टमा परिसकेका छन्। अध्यागमनले डिपोर्ट भएका नागरिकको विवरण सर्वजनिक नगरे पनि यसरी स्वदेश फर्किएका नेपाली विभिन्न २८ जिल्लाका छन्।
बुधबार अमेरिकाले ‘उडान नम्बर एन८२८एएक्स’ जहाजबाट अवैध रुपमा बसोबास गरेका ३७ नेपाली नेपाल पठाउन लागेको हो। ट्रम्प प्रशासनले कागजबिहीन आप्रवासीलाई सुरुमा स्वदेश फर्किन अनुरोध गरेको थियो। अनुरोध स्वीकार नगर्नेलाई खोजीखोजी डिपोर्ट गर्दै आएको छ।

छुटाउनुभयो कि ?

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...
भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हि...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत्...