अमेरिकाबाट ३७ नेपाली चार्टर विमानमार्फत बुधबार काठमाडौं ल्याइँदै


काठमाडौं

अमेरिकामा रहेका ३७ नेपाली रिपोर्टमा परेका छन्। अमेरिकाले निष्कासन गरेका यी सबै नेपालीलाई बुधबार चार्टर विमानबाट काठमाडौं ल्याउने भएको हो।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार चार्टर विमानबाट उनीहरुलाई नेपाल पठाउने सूचना आएको हो। अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो कार्यकाल राष्ट्रपति बनेपछि दुई सय बढी नेपाली डिपोर्टमा परिसकेका छन्। अध्यागमनले डिपोर्ट भएका नागरिकको विवरण सर्वजनिक नगरे पनि यसरी स्वदेश फर्किएका नेपाली विभिन्न २८ जिल्लाका छन्।
बुधबार अमेरिकाले ‘उडान नम्बर एन८२८एएक्स’ जहाजबाट अवैध रुपमा बसोबास गरेका ३७ नेपाली नेपाल पठाउन लागेको हो। ट्रम्प प्रशासनले कागजबिहीन आप्रवासीलाई सुरुमा स्वदेश फर्किन अनुरोध गरेको थियो। अनुरोध स्वीकार नगर्नेलाई खोजीखोजी डिपोर्ट गर्दै आएको छ।

छुटाउनुभयो कि ?

आईसीसी क्रिकेट विश्वकप: बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का

आईसीसी क्रिकेट विश्वकप: बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का

बुटवलबलिङमा शानदार पुनरागमन गर्दै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ को अन्तिम खेलमा ओमानलाई पराजित गर्दै लिग २ मा छैटौं स्...
दसैँ–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्वासी

दसैँ–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्वासी

काठमाडौंकाठमाडौंको थापाथलीको सुकुम्वासी बस्तीबाट विस्थापित हरिमाया जिम्बा गत वैशाख १२ यता होल्डिङ सेन्टरमा छिन् । अस्थायी बास...
बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बुटवलनेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्...
देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

बुटवलहाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको मौसम पूर्व...