समाचार

सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट दायर

सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट दायर

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्चमा दायर गरेको रिट हाल दर्ता प्रक्रियामा रहेको छ ।सरकारले बिहीबार रातिदेखि फेसबुक, युट्युब, वाट्सएप, इन्स्टाग्रामसहित २६ वटा सामाजिक सञ्जाल नेपालमा नचल्ने गरी निर्देशन दिएको थियो । सरकारको निर्देशनअनुसार इन्टरनेट प्रदायक कम्पनीहरूले ती एपहरू आंशिक रूपमा मात्र सञ्चालन हुने अवस्थामा पारेका छन् । रिटमा त्रिपाठीले नागरिकको आवाज बन्द गर्ने उद्देश्यले सरकारले यस्तो निर्णय गरेको दाबी गर्दै, प्रतिबन्ध तत्काल खारेज गरी सामाजिक सञ्जाल पूर्ववत सञ्चालनमा ल्याउन माग गरेका छन् । ...
पुरस्कारबाट बृद्धाश्रममा सहयोग

पुरस्कारबाट बृद्धाश्रममा सहयोग

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
विनोद खनाल, बुटवलबुटवल -६ चन्द्रनगरमा रहेको स्वास्थ्य सहनशील आमा समुहले बिहिबार बुटवल तल्लो फुलबारीमा अवस्थित श्री सिद्धबाबा दुर्गाभवानी शिबकुमारी बृद्धाश्रममा राहत सहयोग प्रदान गरेको छ ।बुटवल उपमहानगरपालिका ६ नंबर वडा कार्यालय, मुक्ति एफ्एम र अन्नपुर्ण माबिले आयोजना गरेको बुटवल उपमहानगर स्तरीय तिज गीत प्रतियोगितामा प्रथम भएको सो टिमले प्राप्त पुरस्कारलाई सामाजिक उत्तरदायित्व अन्तरगत बृद्धाश्रममा सहयोग गरेको हो ।तिजी कार्यक्रम अन्तर्गत भाद्र ४ गते सम्पन्न कार्यक्रममा १३ वटा प्रतियोगि मध्येबाट प्रथम गरेको सो समुहले जितेको पुरस्कार भोजभतेर गरेर खर्च गर्नुको सट्टा राहत बितरण गरि सामाजिक सेवाको काम गरेको समुहकी अध्यक्ष सानू शर्मा भण्डारीले बताईन ।बजेता समुहका टिम सहभागी सो समुहले बृद्दाश्रममा फलफुल खाद्यान लगायतका सामाग्री बितरण गरेको थियो ।तीज संस्कृति भड्किलो बनिरहेकोमा चिन्ता ब्यक्त गर...
देशभर माैषम सामान्य बदली, गण्डकीका केही भूभागमा वर्षाको सम्भावना

देशभर माैषम सामान्य बदली, गण्डकीका केही भूभागमा वर्षाको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको जनाएको छ ।हाल सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमामा साधारणतया बदली रही, बाँकी भू-भागमा आंशिक बदली रहेको जनाएको छ भने बागमती प्रदेशको थोरै स्थानहरु तथा कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मध्यम बर्षा भैरहेको छ ।आज दिउँसो देशभर साधारणतया बदली रहनेछ भने लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भु-भागका केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाले आगामी २४ घण्टा गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्तै पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरको छ । ...
मानव बेचबिखनविरुद्ध राष्ट्रिय दिवस मनाईदै

मानव बेचबिखनविरुद्ध राष्ट्रिय दिवस मनाईदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
बुटवल यस वर्षको नारा ‘तीनै तहका सरकार मिली गरौ हातेमालो, मानव बेचबिखनको हटाओं दुष्चक्रको जालो’ रहेको छ । यो मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवसको १९औं संस्करण हो ।हरेक प्रकारको मानव वेचविखन अझ विशेष गरी बालबालिका र किशोरीहरूको बढ्दो बेचबिखन न्यूनीकरण गर्दै लैजान सरकारले विभिन्न चेतनामूलक कार्यक्रम संचालन गरिरहेको छ । आजको दिनले बिभिन्न कार्यक्रम, र्याली र सभाहरु मार्फत मानव वेचविखन रहित नेपालको पैरवी गर्दछ । मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ र नियमावली २०६४ बनेको छ । तर, उक्त ऐन तथा नियमावलीको उचित कार्यान्वयन नुहँदा महिला बेचबिखन विरुद्धको काम पूर्ण रुपमा सफल हुन सकेको छैन् ।यो नाराले संघीय, प्रदेश र स्थानीय – तीनै तहका सरकार मिलेर काम गर्नुपर्छ र संयुक्त प्रयास र हातेमालोबाट मात्र मानव बेचबिखनको दुष्चक्र अन्त्य गरेर सुरक्षित, न्यायपूर्ण र मर्यादित समाज बनाउन सकिन्छ । ...
रास्वपा र राप्रपाद्वारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार

रास्वपा र राप्रपाद्वारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमान्डौँ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का सांसदहरुले आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै दुई दलका सांसदहरुले निरन्तर संसद बहिष्कार गरेका हुन् ।आज पनि संसद बैठक सुरु हुनेबितिकै दुई दलका सांसदहरुले आफ्ना मागको सुनुवाई नभएको भन्दै उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद अशोक चौधरीलाई बोल्न समय दिए । सांसद चौधरीले भिजिट भिसा प्रकरणमा आफ्ना मागको सुनुवाई नभएको भन्दै आन्दोलन जारी रहेको जानकारी दिए । उनले बेथिति बिरुद्ध बोल्नेलाई जेल हाल्ने काम भएको भन्दै आपत्ति जनाएका छन । त्यस्तै राप्रपा सांसद धवलशमशेर राणाले चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) प्रस्तावमा नेपाल सहमत भएको भन्ने विषयमा प्रधानमन्त्रीले जवाफ दि...
नेपाल–भारत खुला सिमाबाट हुने आप्रवासन रोक्न भारतीय गृह मन्त्रालयद्वारा नयाँ नियम जारी

नेपाल–भारत खुला सिमाबाट हुने आप्रवासन रोक्न भारतीय गृह मन्त्रालयद्वारा नयाँ नियम जारी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार
काठमाडौंनेपालकाे सिमाबाट हुने आप्रवासन रोक्न भारतको गृह मन्त्रालयले नयाँ नियम जारी गरेको छ । नेपाल–भारत खुला सीमाका कारण भारतमा हुने आप्रवासनलाई नियन्त्रण गर्न भारतको केन्द्रीय गृह मन्त्रालयले अध्यागमन तथा विदेशी ऐन, २०२५ अन्तर्गत नयाँ नियमहरू जारी गरेको हाे । भारतीय पत्रिका टाइम्स अफ इन्डियामा प्रकाशित समाचारअनुसार सेप्टेम्बर १ देखि लागु भएका यी नियमहरूले ब्युरो अफ इमिग्रेसन (बीओआई)लाई शक्तिशाली बनाएको छ । यसले ठगीको प्रभावकारी अनुसन्धान गर्न, गैरकानुनी आप्रवासीहरूलाई निष्कासन गर्न राज्यका अधिकारीहरूसँग मिलेर काम गर्न र एक केन्द्रीय डेटाबेस कायम राख्नसक्ने समाचारमा उल्लेख छ । यी नयाँ नियमहरूले भारतको नेपालसँग सीमा जोडिएको उत्तर प्रदेश राज्यमा हुने आप्रवासनलाई नियन्त्रण गर्न मद्दत पुग्ने टाइम्स अफ इन्डियाले जनाएको छ । यसले पिलिभित, लखिमपुर खेरी, बहराइच, श्रावस्ती, बलरामपुर, सिद्...
प्रतिनिधि सभाको बैठक बस्दै, मन्त्रीहरुले मौखिक प्रश्नहरुको जवाफ दिने

प्रतिनिधि सभाको बैठक बस्दै, मन्त्रीहरुले मौखिक प्रश्नहरुको जवाफ दिने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौंआज संघीय संसद प्रतिनिधि सभाको छैटौं अधिवेशनको ६१औं बैठक बस्दैछ । आजको बैठक दिउसो १ बजेदेखि शुरु हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ । त्यस्तै आजको बैठकमा सभामुखले 'नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्' भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।त्यसैगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीले 'बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्' भन्ने प्रस्ताव प्रस्तुत प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सैगरी प्रधानमन्त्...
फेसबुकसहित सामाजिक सञ्जाल आएनन् दर्ता हुन, राती १२ बजेपछि बन्द हुन्छ: सरकार

फेसबुकसहित सामाजिक सञ्जाल आएनन् दर्ता हुन, राती १२ बजेपछि बन्द हुन्छ: सरकार

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, शिक्षा, समाचार, समाज
बुटवल सरकारले फेसबुकसहित सामाजिक सञ्जाल दर्ताका लागि सूचना जारी गरेको म्याद आज सकिँदै छ । सरकारले यही भदौ १२ गते सार्वजनिक सूचना जारी गर्दै अहिले नेपालमा चलिरहेका र नेपाल आउने तयारी गरिरहेका सामाजिक सञ्जाललाई अनिवार्य दर्ताका लागि भन्दै सात दिने सूचना निकालेको थियो।सरकारले मन्त्रिपरिषद्‌बाटै निर्णय गरेर सामाजिक सञ्जाललाई दर्ता हुन नआए बन्द गरिदिने चेतावनी दिएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले दिउँसो पौने ४ बजेसम्म कुनै पनि संस्था सूचीकृत हुन नआएको जानकारी दिए।उनका अनुसार राति १२ बजेसम्म उनीहरूका लागि दिएको समय बाँकी छ। ती संस्थाले एउटा इमेल लेखेर जानकारी दिए भने बन्द नहुने नत्र सर्वोच्चको आदेशअनुसार मन्त्रिपरिषद्ले नै निर्णय गरिसकेको कुरा कार्यान्वयनमा जाने उनले बताए ।सरकारले केही समयअघि टेलिग्रामलाई नेपालमा निष्क्रिय गरिसकेको छ। त्योभन्द...
सुनको मुल्य आज २ हजार बढ्यो, तोलाको कति पुग्यो ?

सुनको मुल्य आज २ हजार बढ्यो, तोलाको कति पुग्यो ?

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाली बजारमा आज सुनको मुल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको २ हजारले बढेर तोलाको २ लाख ७ हजार ९ सयमा कारोबार भइरहेको छ ।यसअघि मंगलबार सुनको मुल्य तोलाको २ लाख ५ हजार ९ सयमा कारोबार भएको थियो । यो सुनको मुल्यले हरेक दिन नयाँ किर्तिमान बनाइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले घटेर २४८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको २४८५ मा कारोबार भएको थियो । ...
नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि अन्तिम सुनुवाइ सुरु

नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि अन्तिम सुनुवाइ सुरु

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने योजना अन्तर्गत दायर मुद्दामा आजदेखि अन्तिम सुनुवाइ सुरु हुने भएको छ । जिल्ला अदालत काठमाडौँमा करिब दुई वर्षदेखि विचाराधीन रहँदै आएको उक्त मुद्दा बुधबारदेखि अन्तिम बहसका लागि पेशी तोकिएको हो । पछिल्लो समय साक्षी बयान र बकपत्र प्रक्रिया पूरा भएपछि यो मुद्दालाई नियमित साप्ताहिक पेशी सूचीमा राखिएको हो ।यस प्रकरणमा तत्कालीन जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले प्रारम्भिक प्रमाणका आधारमा पक्राउ परेकाहरूमाथि कसुर देखिँदै पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । पछिल्लो चरणमा केही अभियुक्त उच्च अदालतबाट धरौटी र तारेखमा छुटेका छन् भने बाँकी अहिले पनि थुनामै रहेका छन् । यस प्रकरणमा अघिल्ला दुई वर्ष २०८०र ८१ मा मुद्दाले प्राथमिकतै पाएन । वैशाखयता मात्रै शरणार्थी प्रकरणको मुद्दामा १० पटक साप...