जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७३ पुग्यो
काठमान्डौ
जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७३ पुगेको छ । भदौ २३ र २४ गते भएको प्रदर्शन र त्यसपश्चात् भएको हिंसात्मक घटनामा मृत्यु हुनेको तथ्याङ्क प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको हो । प्रहरी प्रवक्ता डिआईजी विनोद घिमिरेका अनुसार प्रदर्शनका क्रममा सुरक्षाकर्मी र नागरिक गरी ७३ जनाले ज्यान गुमाएका छन् ।मृतकमध्ये सुरक्षातर्फ ३ जना रहेका छन् । ज्यान गुमाउनेमा असई मिलन राय, सहायक हवल्दार अमृत गुरुङ र जवान उत्तम थापा छन् ।
त्यसैगरी नयाँ बानेश्वर क्षेत्रमा प्रहरीको गोली प्रहारपछि घटनास्थलमै तथा अस्पतालमा उपचारका क्रममा २१ प्रदर्शनकारीको मृत्यु भएको छ । उनीहरूमा बुद्धिबहादुर तामाङ, सन्तोष बिक, सुलभराज श्रेष्ठ, श्रीयम चौलागाईं, इस्वत अधिकारी, आयुष थापा मगर, सौरभ जोशी, योगबहादुर श्रेष्ठ, माधव सारु मगर, बिमल बाबु भट्ट, असहाव आलम ठकुराई, शौरन किशोर श्रेष्ठ, सुवास कुमार बोह...







