समाचार

उद्यमीहरु संग बिष्णु पौडेलको सम्वाद : आर्थिक समृद्धिका लागि संगसंगै अगाडी बढौं

उद्यमीहरु संग बिष्णु पौडेलको सम्वाद : आर्थिक समृद्धिका लागि संगसंगै अगाडी बढौं

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलका युवा उद्यमीहरूले नेपालको खस्किँदो अर्थतन्त्रलाई सही दिशामा ल्याउन नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्। आगामी निर्वाचनको सन्दर्भमा बुटवलमा आयोजित युवा उद्यमीहरूसँगको अन्तर्क्रिया कार्यक्रममा उनीहरूले पौडेलको विगतको कार्यसम्पादनप्रति विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि साथ दिने प्रतिबद्धता जनाएका हुन्।कार्यक्रममा सहभागी उद्यमीहरूले विष्णु पौडेल अर्थमन्त्री हुँदा निजी क्षेत्र र अर्थतन्त्रको विकासका लागि चालेका कदमहरूको प्रशंसा गरे। "तपाईंबाट नेपालको अर्थतन्त्र सुधारका लागि धेरै सकारात्मक कामहरू भएका छन्, त्यसैले हामी तपाईं प्रति निकै आशावादी छौँ," सहभागी एक युवा उद्यमीले भने, तपाईंले जितेर मुलुकको समृद्धिका लागि अझै धेरै गर्नुपर्ने छ, यस अभियानमा हामी तपाईंको साथमा छौँ। युवाहरूले मुलुकको विकास र समृद्धिको एजेन...
आज प्रजातन्त्र दिवस मनाइदै

आज प्रजातन्त्र दिवस मनाइदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवल आज प्रजातन्त्र दिवस । सरकारले आज सार्वजनिक बिदा दिएको छ । २००७ सालको क्रान्ति सफल भएको सम्झनामा आज प्रजातन्त्र दिवस भव्यताका साथ मनाइँदै छ ।सहिदहरू धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, दशरथ चन्दलगायतको बलिदानीसहित तत्कालीन राजा त्रिभुवन र जनताको आन्दोलनका कारण २००७ सालमा प्रजातन्त्र स्थापना भएको थियो ।नेपालको पहिलो लोकतान्त्रिक आन्दोलनको सम्झनामा आज देशैभरि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले सबै नेपालीहरुमा शुभकामना दिएका छन् । ...
घोषणापत्रमा कुन दलले के भनेका छन्?

घोषणापत्रमा कुन दलले के भनेका छन्?

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवलप्रतिनिधि सभा निर्वाचन २१ फागुनलाई लक्षित गरेर राजनीतिक दलहरुले सार्वजनिक गरेका र सार्वजनिक गर्न बाँकी घोषणापत्रमा भ्रष्टाचार नियन्त्रण, संविधान संशोधन, आर्थिक विकास, रोजगारी र सार्वजनिक सेवाको मुद्दालाई मुख्य प्राथमिकतामा राखेका छन् । अघिल्ला घोषणापत्रहरूको तुलनामा यसपटक गत भदौ २३ र २४ गतेको जेन-जी विद्रोहको छाया घोषणापत्रमा देखिएको छ । युवा पुस्ताको विद्रोही भावना, भ्रष्टाचारविरुद्धको आक्रोश र राजनीतिक स्थायित्वको मागलाई दलहरुले सम्बोधन गर्न खोजेका छन् । आर्थिक सुधार, विकास र रोजगारीलगायतका साझा विषयमा एकरुपता देखिए पनि संविधान संशोधनअन्तर्गत शासकीय मोडल, संघीयताको पुनर्संरचना, भ्रष्टाचार नियन्त्रण जस्ता विषयमा दलगत व्याख्या फरक–परक छन् । उपलव्ध भएका घोषणा पत्रएमालेको घोषणापत्रमा के छ ?-राजनीतिक स्थायित्वका लागि संविधान संशोधन।-भदौ २४ मा भएको आगजनीबाट क्षति भएका संरचनाको ...
बरिष्ठ न्युरो डाक्टर बसन्त पन्तले क्रिमसनमा बिरामी जाँच्ने

बरिष्ठ न्युरो डाक्टर बसन्त पन्तले क्रिमसनमा बिरामी जाँच्ने

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीअन्नपूर्ण न्युरो अस्पतालका संस्थापक तथा बरिष्ठ न्युरो सर्जन डा. बसन्त पन्तले क्रिमसन अस्पतालमा बिरामीहरुको चेक जाँच गर्ने हुनुभएको छ ।नशा तथा मष्तिष्क सम्बन्धी जटिल समस्याका बिरामीको उपचार तथा शल्यक्रियाको लागि नेपालका प्रख्यात न्युरो बिशेषज्ञ डा.पन्तसमेतको टीमले यहि फागुन ७ देखि बिहिवारदेखि ९ गते शनिवारसम्म क्रिमसन अस्पतालमा स्वास्थ्य सेवा उपलब्ध गराउने भएको हो ।क्रिमसन अस्पतालले न्युरो सेवाको लागि अन्नपूर्ण अस्पतालसँग सम्झौता गरेपछि न्युरो बिशेषज्ञ डा.समृद्ध मल्लले मणिग्रामस्थित अस्पतालबाट नियमित चेकजाँच गरिरहनु भएको छ ।यस क्षेत्रका बिरामीको उपचारका लागि काठमाण्डौं धाउनुपर्ने बाध्यता हटाउन अन्नपूर्ण न्युरो अस्पताल काठमाण्डौंमा उपलब्ध गराउने सेवा स्थानीय स्तरमै उपलब्ध हुन सकोस् भनेर सम्झौता गरिएको क्रिमसन अस्पतालका अध्यक्ष दुर्गा प्रसाद पाण्डेयले जानकारी दिनुभयो ।दुर्घटना वा...
सार्वजनिक बिदाका दिनमा पनि राहदानी विभाग खुला रहने

सार्वजनिक बिदाका दिनमा पनि राहदानी विभाग खुला रहने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ । विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि सार्वजनिक बिदा भएपनि राहदानी वितरणलगायतका कामका लागि विभाग खुला रहने जनाएको छ ।सरकारले आज ग्याल्पो ल्होछार र भोलि बिहीबार प्रजातन्त्र दिवसको उपलक्ष्यमा सार्वजनिक बिदा दिएको छ । दुवै दिन विहान १० बजेदेखि दिउँसो १ बजेसम्म विभाग खुला रहनेछ । विभागले आज राहदानी वितरण सेवा प्रदान गर्ने जनाएको छ । यस्तै बिहीबार भने राहदानीका लागि आवेदन फारम सङ्कलन हुने जनाएको छ । अत्यावश्यक सेवा भएकाले सार्वजनिक बिदाको दिन पनि कार्यालय खुला रहने विभागले स्पष्ट पारेको छ । ...
टी–२० विश्वकप: नेपाली राष्ट्रिय क्रिकेट टोलीको जित दर्ता

टी–२० विश्वकप: नेपाली राष्ट्रिय क्रिकेट टोलीको जित दर्ता

खेलकुद, विदेश, समाचार
काठमाडौँभारतमा जारी आइसिसी टी–२० विश्वकपको समूह चरण अर्न्तगतकाे आफ्नो अन्तिम खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलाे जित दर्ता गरेको छ । टि २० विश्वकपमा नेपालले १२ वर्षपछि जित दर्ता गरेको हो। मङ्गलवार मुम्बईकाे वाङखडे स्टेडियममा भएको समूह सी को आफ्नो अन्तिम खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै नेपालले विश्वकपमा १२ वर्षपछि जित दर्ता गर्न सफल भएको हो ।टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर लक्ष्य भेट्टाउन सफल भयो ।नेपालका लागि आज दीपेन्द्र सिंह ऐरी र सोमपाल कामी नायक बने। ऐरीले २३ बलमा अविजित अर्ध शतक प्रहार गर्दै टोलीलाई जितसम्म पुराए । कामीले बलिङतर्फ उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिएर स्कटल्यान्डलाई दबाबमा रा...
काँग्रेसले जनकपुरधाममा आज ‘प्रतिज्ञा सभा’ गर्दै

काँग्रेसले जनकपुरधाममा आज ‘प्रतिज्ञा सभा’ गर्दै

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौंनेपाली कांग्रेसले आज मधेश प्रदेशको जनकपुरधाममा 'प्रतिज्ञा सभा' गर्ने भएको छ । कांग्रेसले आज मधेश सभा जनकपुरधाममा प्रतिज्ञा सभा आयोजना गर्न लागेको हो ।कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार काँग्रेसले यसै सभाबाट फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलो घोषणा पत्रको रुपमा 'प्रतिज्ञापत्र' सार्वजनिक गर्ने समेत कार्यक्रम रहेको छ ।यस सभाका लागि मधेश प्रदेशका सबै ३२ निर्वाचन क्षेत्रबाट लाखौँ सहभागीहरू हुने काँग्रेसका नेता कार्यकर्ता सहभागी हुने बताइएको छ । उक्त सभामा कांग्रेस केन्द्रीय सभापति गगन थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् भने उपसभापति विश्वप्रकाश शर्मासहितका केन्द्रका पदाधिकारीहरूको समेत उपस्थिति रहने छन् । कांग्रेसले सातै प्रदेशका मुख्य सहरहरूमा सभा गरी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टीको प्रचार प्रसार गर्ने बताएको छ । ...
ग्याल्पो ल्होसारले राष्ट्रिय एकता र सांस्कृतिक पर्यटनलाई बल पु¥याउँछ :मुख्यमन्त्री आचार्य

ग्याल्पो ल्होसारले राष्ट्रिय एकता र सांस्कृतिक पर्यटनलाई बल पु¥याउँछ :मुख्यमन्त्री आचार्य

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
दाङलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ग्याल्पो ल्होसारले नेपाली समाजबीच सद्भाव, एकता र सकारात्मक सोच अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।ग्याल्पो ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र उन्नतिको कामना गर्नुभएको हो । उहाँले यस्ता पर्वहरूले समाजमा आपसी सम्मान, सहिष्णुता र सहकार्यको भावना विस्तार गर्ने उल्लेख गर्नुभयो ।मुख्यमन्त्री आचार्यले ग्याल्पो ल्होसार बौद्ध धर्मावलम्बीहरूको प्रमुख चाड भएको बताउँदै यो पर्व सांस्कृतिक सद्भावका कारण अन्य समुदायले पनि आत्मीयतापूर्वक मनाउने गरेको उल्लेख गर्नुभयो । यसले नेपालको विविधताबीचको एकतालाई व्यवहारमा उतार्ने काम गरेको उहाँको भनाइ छ ।नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक विशेषताले सम्...
रुपन्देही–३ मा प्रगतिशील लोकतान्त्रिक पार्टीले एमालेलाई सघाउने

रुपन्देही–३ मा प्रगतिशील लोकतान्त्रिक पार्टीले एमालेलाई सघाउने

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, स्थानीय
भैरहवाप्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले रुपन्देही क्षेत्र नं. ३ मा नेकपा एमालेको तर्फबाट उम्मेदवार रहनुभएका बासुदेव घिमिरेलाई सघाउने निर्णय गरेको छ ।पार्टीका उम्मेदवार अनुशासनको कारवाहीमा परेकाले प्रलोपाले रुपन्देही क्षेत्र नं. ३ मा एमालेका घिमिरेलाई सघाउने निर्णय गरेको हो । सो पार्टीले प्रत्यक्ष तर्फ एमालेका उम्मेदवार घिमिरेलाई सूर्य चिन्हमा मतदान गर्न आफ्‌ना नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई अपिल गरेको छ ।पार्टीका क्षेत्रीय इन्चार्ज तथा केन्द्रीय सदस्य रविना भण्डारी र केन्द्रीय सदस्य विमला बिकले संयुक्त रूपमा निर्णय सार्वजनिक गर्दै रुपन्देही क्षेत्र नं. ३ को चुनावी तालमेलसम्बन्धी औपचारिक जानकारी गराउनुभएको हो ।प्रलोपाका अनुसार कर्णाली प्रदेश तथा साविक राप्तिका केही स्थानमा समेत नेकपा एमालेसँग चुनावी तालमेल भएको छ । ...
रास्वपाको पहिलाे चुनावी सभा धनगढीमा,आज रवि र बालेनले सम्बोधन गर्दै

रास्वपाको पहिलाे चुनावी सभा धनगढीमा,आज रवि र बालेनले सम्बोधन गर्दै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पहिलाे चुनाी सभा धनगढीमा गर्न लागेको छ ।रास्वपाले धनगढीमा गर्ने यो सभामा बिहान ११ बजे सुरू भएर दिउँसो १ बजे समापन हुने बताएको छ ।यस सभालाई रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्ने कार्यतालिका रहेको छ । रास्वपाले धनगढीबाट शुरु गर्ने यस चुनाव सभापछि सुर्खेत, भैरहवा, पोखरा, चितवन र इटहरीमा आयोजना गर्ने जानकारी दिइएको छ। ...