रुपन्देही–३ मा प्रगतिशील लोकतान्त्रिक पार्टीले एमालेलाई सघाउने


भैरहवा
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले रुपन्देही क्षेत्र नं. ३ मा नेकपा एमालेको तर्फबाट उम्मेदवार रहनुभएका बासुदेव घिमिरेलाई सघाउने निर्णय गरेको छ ।
पार्टीका उम्मेदवार अनुशासनको कारवाहीमा परेकाले प्रलोपाले रुपन्देही क्षेत्र नं. ३ मा एमालेका घिमिरेलाई सघाउने निर्णय गरेको हो । सो पार्टीले प्रत्यक्ष तर्फ एमालेका उम्मेदवार घिमिरेलाई सूर्य चिन्हमा मतदान गर्न आफ्‌ना नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई अपिल गरेको छ ।
पार्टीका क्षेत्रीय इन्चार्ज तथा केन्द्रीय सदस्य रविना भण्डारी र केन्द्रीय सदस्य विमला बिकले संयुक्त रूपमा निर्णय सार्वजनिक गर्दै रुपन्देही क्षेत्र नं. ३ को चुनावी तालमेलसम्बन्धी औपचारिक जानकारी गराउनुभएको हो ।
प्रलोपाका अनुसार कर्णाली प्रदेश तथा साविक राप्तिका केही स्थानमा समेत नेकपा एमालेसँग चुनावी तालमेल भएको छ ।

छुटाउनुभयो कि ?

बुटवल उद्योग वाणिज्य संघको अधिवेशन दुई दिन सर्यो

बुटवल उद्योग वाणिज्य संघको अधिवेशन दुई दिन सर्यो

बुटवलबुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको साधारण सभा तथा अधिवेशनको मिति दुई दिन सारिएको छ। सोमबार बसेको संघको कार्यसमिति ...
कांग्रेसमा अरूको ध्यान अधिवेशनतिर, पूर्णबहादुरको अदालततिर

कांग्रेसमा अरूको ध्यान अधिवेशनतिर, पूर्णबहादुरको अदालततिर

काठमाडौंकांग्रेसको ठूलो पंक्ति पन्ध्रौं महाधिवेशनतर्फ लक्षित हुँदैगर्दा यसका एक वरिष्ठ नेता पूर्णबहादुर खड्का करिब निष्क्रिय ...
दुर्घटनाको प्रमुख कारण तीव्र गति रहेको विवरण लुम्बिनी प्रदेश प्रहरीले गर्यो सार्वजनिक

दुर्घटनाको प्रमुख कारण तीव्र गति रहेको विवरण लुम्बिनी प्रदेश प्रहरीले गर्यो सार्वजनिक

बुटवललुम्बिनी प्रदेशमा सवारी दुर्घटनाको प्रमुख कारण तीव्र गति (ओभर स्पिड) देखिएको छ । चालू आर्थिक वर्षको दुई महिनामा प्रदेशभर...
आजदेखि एमालेको केन्द्रीय कमिटी बैठक, एजेण्डा अझै अलमल

आजदेखि एमालेको केन्द्रीय कमिटी बैठक, एजेण्डा अझै अलमल

काठमाण्डौनेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आजदेखि बस्दैछ। ललितपुरको एकान्तकुना स्थित रामबाग महलमा केन्द्रीय कमिटी बैठक बस...