पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री आचार्यसँग धरौटी माग
काठमाडौँपोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रियामा भ्रष्टाचार मुद्दामा पूर्वपर्यटन मन्त्री भीम आचार्यलाई साढे २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश विशेष अदालतले दिएको छ। सोमबार न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले यो निर्णय गरेको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंसिर २१ गते उक्त विमानस्थल निर्माणसँग सम्बन्धित मुद्दा दायर गरेको थियो। मुद्दामा आचार्यसहित पाँच जना पूर्वमन्त्रीलाई प्रतिवादी बनाइएको थियो, जसमा पूर्वअर्थमन्त्री रामशरण महत, पूर्वपर्यटन मन्त्रीहरू रामकुमार श्रेष्ठ, दिपक अमात्य र पोष्टबहादुर बोगटी रहेका छन्।
अभियोगपत्रअनुसार, मन्त्रिपरिषदले २०७० पुस ११ गते ‘अधिकारप्राप्त अधिकारीबाट प्रचलित कानुन बमोजिम निर्णय हुने विषयमा मन्त्रिपरिषदबाट केही गर्नु नपर्ने’ निर्णय गरेको थियो। तर आचा...








