नेपालको वर्तमान राजनीतिक अवस्था गम्भीर मोडमा छ: नेकपा मसाल- राजमो


बुटवल
नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वर्तमान राजनीतिक अवस्थालाई गम्भीर मोडमा पुगेको बताएका छन् । चैत ५ र छ गते बुटवलमा भएको केन्द्री कमिटीको बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले अहिले आएको जनमत अमेरिकी डिजाइन र योजनामा आएको आरोप लगाए ।

उनले हालै सम्पन्न आम निर्वाचन, देशभर भएका आन्दोलन तथा हिंसात्मक घटनाबारे आफ्नो पार्टीको धारणा सार्वजनिक गर्दै यसलाई जनमत भन्न नमिल्ने दाबी गरे । उनले आम निर्वाचन नेपालको आवश्यकता, संविधानको मर्म र जनताको चाहनाअनुसार नभई बाह्य शक्ति, विशेषतः अमेरिकी रणनीतिअनुसार भएको आरोप लगाए । संसद् विघटनदेखि पुनः निर्वाचनसम्मको प्रक्रिया योजनाबद्ध रूपमा अघि बढाइएको दाबी गर्दै उनले त्यसबाट देशमा कठपुतली सरकार निर्माणको आधार तयार भएको टिप्पणी गरे ।

महामन्त्री सिंहले चैत २३ र २४ गते देशभर भएको आन्दोलनलाई मूलतः भ्रष्टाचार, सामाजिक अन्याय र विसंगतिविरुद्धको जनअसन्तोषको अभिव्यक्ति भएको बताए । तर, स्पष्ट नेतृत्व र राजनीतिक दिशा नहुँदा उक्त आन्दोलनलाई विभिन्न अवसरवादी शक्तिहरूले आफ्नो स्वार्थअनुसार प्रयोग गरेको उनको भनाइ छ । उनले युवाहरूको स्वतःस्फूर्त सहभागिता रहेको आन्दोलनलाई “हाइज्याक” गरिएको आरोप समेत लगाए ।

उनले नेपालमा अमेरिकी प्रभाव विस्तार गर्ने प्रयास तीव्र भएको दाबी गर्दै केही राजनीतिक दलहरू त्यसप्रति नरम देखिएको टिप्पणी गरे । एमसीसीजस्ता परियोजनामार्फत नेपालमा रणनीतिक प्रभाव बढाउने प्रयास भइरहेको उल्लेख गर्दै उनले त्यसले राष्ट्रिय स्वाधीनता र दीर्घकालीन हितमा नकारात्मक असर पार्ने चेतावनी दिए । चैत २३ र २४ गते भएका हिंसात्मक घटनाबारे सरकारले गठन गरेको छानबिन आयोगको प्रतिवेदन सार्वजनिक नगरिएकोप्रति उनले आपत्ति जनाए ।

आन्दोलनका क्रममा सर्वसाधारणमाथि गोली प्रहार, आगजनी र तोडफोडजस्ता घटनालाई गम्भीर अपराधको संज्ञा दिँदै दोषीमाथि निष्पक्ष र कडा कारबाही गर्न माग गरे । साथै, शान्तिपूर्ण आन्दोलनको दाबी गर्ने पक्षले हिंसात्मक गतिविधिप्रति जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो । उनले सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत जनमत प्रभावित पारिएको दाबी गर्दै चुनावी परिणाम जनताको वास्तविक समर्थनभन्दा प्रचार र मनोवैज्ञानिक प्रभावको परिणाम भएको टिप्पणी गरे ।

विगतमा जनचेतना विकृत हुँदा निरंकुश व्यवस्था लामो समय टिकेको उदाहरण दिँदै अहिले पनि त्यस्तै जोखिम दोहोरिन सक्ने उनले चेतावनी दिए । पत्रकार सम्मेलनमार्फत मसालले वर्तमान राजनीतिक अवस्थालाई गम्भीर चुनौतीका रूपमा प्रस्तुत गर्दै राष्ट्रिय स्वाधीनता, पारदर्शिता र जनताको हितअनुसार राजनीति सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएको छ । साथै, हिंसात्मक घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र बाह्य प्रभावबाट मुक्त राष्ट्रिय नीति अवलम्बन गर्न सवै नागरिकलाई आग्रह गरिएको छ ।

छुटाउनुभयो कि ?

कामदार भन्छन् रोजगारी पाइएन, रोजगारदाता भन्छन् कामदार पाइएन

कामदार भन्छन् रोजगारी पाइएन, रोजगारदाता भन्छन् कामदार पाइएन

काठमाडौँ नेपाली श्रम बजार अहिले नागरिकले रोजगारी नपाउने र रोजगारदाताले चाहिएको जनशक्ति नभेट्ने विरोधाभासपूर्ण अवस्थाबाट गुज्र...
प्रहरी महानिरीक्षक कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– हामी न्यायाधीश नबनौँ

प्रहरी महानिरीक्षक कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– हामी न्यायाधीश नबनौँ

काठमाडौंगृहमन्त्री सुधन गुरुङले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको बचाउ गर्दै सांसदलाई न्यायाधीश नबन्न चेतावनी दिएका छन् ।...
बुटवल उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन असोजमा हुने

बुटवल उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन असोजमा हुने

बुटवलबुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको वार्षिक साधारण सभा तथा अधिवेशन आगामी असोजमा हुने भएको छ । संघका अध्यक्ष हरिप्रसाद अ...
युद्धले बदलेको दशकौँ पुरानो तेल व्यापार, होर्मुजको विकल्प खोज्दै खाडी देशहरू

युद्धले बदलेको दशकौँ पुरानो तेल व्यापार, होर्मुजको विकल्प खोज्दै खाडी देशहरू

काठमाडौंछ महिनाअघिसम्म खाडी देशहरूका लागि तेल बेच्न निकै सहज थियो। सबैभन्दा कम लागतमा तेल निकाल्ने होर्मुज स्ट्रेटको बाटो हुँ...