Author: संचार पत्र

इरान युद्धमा सहयोगका लागि नेटाेलाई दबाब दिँदै ट्रम्प

इरान युद्धमा सहयोगका लागि नेटाेलाई दबाब दिँदै ट्रम्प

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, समाचार, समाज
काठमाडौंअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटोलाई कडा चेतावनी दिएका छन्। साथै उनले ग्रिनल्यान्डको विषयमा आफ्नो धम्की दोहोर्‍याएका छन् । ट्रम्पको उक्त चेतावनीले अमेरिका भविष्यमा सात दशक पुरानो सुरक्षा सङ्गठनबाट बाहिर जान सक्ने डर नेटो गठबन्धनका केही सदस्यहरूमा उत्पन्न गराएको छ ।बैठकपछि नाटो महासचिव मार्क रुटसँगको छलफलमा ट्रम्पले इरानसँगको युद्धमा नेटोले आवश्यक सहयोग नदिएको अवस्थामा गठबन्धनमा भरोसा गर्न नसकिने स्पष्ट पारे ।उनले ट्रुथ सोशलमा पोस्ट गर्दै भने, “नाटो त्यहाँ थिएन जब हामीलाई उनीहरूको आवश्यकता थियो, र यदि हामीलाई तिनीहरूलाई फेरि आवश्यक पर्छ भने तिनीहरू त्यहाँ हुने छैनन् ।” उनले ग्रिनल्यान्डको बारेमा ‘ठूलो, खराब दौड, आइसको पिस’ भनेर टिप्पणी गरे, तर यसले के अर्थ राख्छ भन्ने स्पष्ट पारेनन् । पूर्व डच प्रधानमन्त्री रुटले बैठकको वातावरणलाई खुला र स्पष्ट छलफल भएको बताए । तर ...
पुर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पुर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौँअख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट इलेक्ट्रिक सिगरेट (भेप) भित्र अवैध सुन राखी सुन तस्करी गरेको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरासहित २८ जना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले महरासँगै विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल, प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठ, प्रमुख भन्सार अधिकृत अम्बिकाप्रसाद खनाल, भन्सार अधिकृतहरु रमेशकुमार खतिवडा र सुवेन्द्र श्रेष्ठ, नायब सुब्बाहरु सुवर्णाप्रभा केसी, भुवनराज घिमिरे, उमेशप्रसाद कोईराला, रेवन्त खड्का र मधुसुदन पोख्रेलविरुद्ध मुद्दा दायर गरेको हो । सोही प्रकणमा ‘राहुल’ भन्ने रेशम महरा, निर्मलकुमार विक, लोकेन्द्रकुमार पौडेल, दिपेश बस्नेत, गोपाल सुवेदी, दिनेश बस्नेत, वेदप्रकाश अग्रवाल, राम केशव थापा क्षेत्री, अमृत कार्की, निमा गुरुङ, ...
श्रममन्त्री दीपककुमार शाह पदमुक्त

श्रममन्त्री दीपककुमार शाह पदमुक्त

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँप्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार शाहलाई पदमुक्त गरेका छन् ।यसअघि, रास्वपा सभापति रवि लामिछानेले साहलाई पदमुक्त गर्नका लागि प्रधानमन्त्रीलाई पत्र पठाएका थिए । पत्रमा भनिएको थियो, ‘श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय दीपक कुमार साहले मन्त्रीमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समय देखि निष्क्रिय राखिएको स्वास्थ्य बिमा बोर्डको सदस्यमा नियमित गराउने कार्य गरेको व्यहोरा पार्टीको केन्द्रीय अनुशासन आयोगको अध्ययनबाट देखिएको र आयोगबाट आवश्यक कारवाहीको लागि मिति २०८२ चैत्र २५ गते पत्र प्राप्त भएको जानकारी गराउँदछु । यसबाट पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउने देखिएको छ ।’पत्रमा थप भनिएको छ, ‘पार्टी विधानको धारा २५ (४) (क) ले पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउन नद...
१०औँ स्थापना दिवसमा होटल पौवाको ‘स्वाद उत्सव’

१०औँ स्थापना दिवसमा होटल पौवाको ‘स्वाद उत्सव’

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, स्थानीय
बुटवल‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ सेवा दिँदै आएको होटल पौवाले आफ्नो १० औँ स्थापना दिवसको अवसरमा देशभरका शाखाहरूमा ‘स्वाद उत्सव’ सुरु गरेको छ । चैत २६ देखि २८ गतेसम्म सञ्चालन हुने उक्त उत्सवअन्तर्गत होटल पौवाका सबै शाखाहरूमा नेपाली रैथाने परिकार तथा विशेष आतिथ्यसहित ग्राहकहरूलाई फरक अनुभव प्रदान गर्ने कार्यक्रम रहेको होटल पौवाका ब्राण्डिङ विभाग प्रमुख विष्णुप्रसाद भण्डारीले जानकारी दिए । बुटवल शाखामा आयोजित उद्घाटन समारोहमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष माधव खनाल र होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले संयुक्त रूपमा कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष खनालले होटल पौवाले नेपाली स्वाद, संस्कृति र आतिथ्य परम्परालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गरेको उल्लेख गर्दै अन्य होटल व्यवसायीहरूलाई पनि न...
राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीले बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न प्रदेश सरकारको गरायो ध्यानाकर्षण

राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीले बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न प्रदेश सरकारको गरायो ध्यानाकर्षण

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
दाङराष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो ।संघका अध्यक्ष गोपाल ज्ञवालीले प्रदेशमा प्रसारण कार्यालय भएका टेलिभिजनहरूको संरक्षणका लागि तत्काल कार्यक्रम कार्यान्वयन आवश्यक रहेको बताए । उनले प्रदेश सरकारले दिने विज्ञापन अनुदान बापतका टेलिभिजन कार्यक्रमका लागि हालसम्म सम्झौता नभएको उल्लेख गर्दै तत्काल सम्झौता गरी प्रसारण सुनिश्चित गर्न माग गरे ।त्यसैगरी, प्रदेश सभा तथा विभिन्न मन्त्रालयहरूले दर्ता भएका टेलिभिजनलाई बेवास्ता गर्दै आफैं कार्यक्रम सञ्चालन गरिरहेको भन्दै त्यस...
लेबनानमा इजरायलको भीषण आक्रमण: २५४ जनाको मृत्यु

लेबनानमा इजरायलको भीषण आक्रमण: २५४ जनाको मृत्यु

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौंइजरायलले लेबनानको राजधानी बेरुतसहित विभिन्न क्षेत्रमा भीषण आक्रमण गरेको छ। बुधबार गरिएको आक्रमणमा कम्तीमा २५४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।आक्रमणमा ११ सयभन्दा बढी व्यक्ति घाइते भएका छन्। घाइतेको संख्या धेरै रहेकाले मृतक संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ।इरानको इस्लामिक रिभोलुशनरी गार्ड्स कोर्प्सले उक्त आक्रमणको निन्दा गर्दै इजरायलले यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएको जनाएको छ। आक्रमणको विरोधस्वरूप इरानले हर्मुज जलघाँटीबाट तेलका ट्यांकर बाहिरिनमा रोक लगाएको उल्लेख गरिएको छ। अर्ध–सरकारी फार्स न्युज एजेन्सीका अनुसार हर्मुज जलघाँटी बन्द गर्ने निर्णय सार्वजनिक गरिएको हो। यसअघि बुधबार बिहान हर्मुज जलघाँटी खोल्ने र १४ दिनका लागि युद्धविराम गर्ने विषयमा सहमति भएको उल्लेख गरिएको थियो। सोही सहमतिअनुसार दुई वटा तेलका ट्यांकरले अनुमति लिएर जलघाँट...
१३ दिनपछि छुटे ओली र लेखक: प्रहरीले आफन्तको जिम्मा लगायो

१३ दिनपछि छुटे ओली र लेखक: प्रहरीले आफन्तको जिम्मा लगायो

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौंप्रहरीले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई १३ औँ दिनमापरिवारको जिम्मा लगाएर छाडेको छ ।उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा रहेका ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले जानकारी दिए । पत्नीको जिम्मामा प्रहरीको गणबाट रिहा भए रमेश लेखक पक्राउ परेको १३ औँ दिनमा पूर्व गृहमन्त्री रमेश लेखक नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणबाट रिहा भएका छन् ।पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।लेखकलाई अनुसन्धानको क्रममा खोजेको बखत हाजिर हुने गरी हिरासत मुक्त गरिएको भट्टराईले बताए । चैत १४ देखि गणमा राखिएका लेखक त्यहाँबाट निस्केका छन् ।मन्त्रिपरिषद्ले भदौ २३ र २४ को घटनाबारे गौरीबहादुर कार्की...
बढ्यो गाडीभाडा, कहाँ जान कति लाग्छ ?

बढ्यो गाडीभाडा, कहाँ जान कति लाग्छ ?

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज
काठमाडौँनेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएपछि यातायात व्यवसायीले भाडा समायोजनको माग गरेका थिए। सोही अनुसार सरकारले अधिकतम २२ प्रतिशतसम्म भाडा बढाएको जनाएको छ।यातायात व्यवस्था विभागका अनुसार इन्धनको मूल्यमा ५ रुपैयाँसम्म घटबढ हुँदा भाडा समायोजन गर्ने व्यवस्थाअनुसार निर्णय गरिएको हो। संशोधित भाडादर लागू भएको छ।नयाँ व्यवस्थाअनुसार यात्रुबाहक सवारी साधनको भाडा १६.७१ प्रतिशतले बढेको छ। यस्तै, पहाडी क्षेत्रमा सञ्चालन हुने मालबाहक सवारी साधनमा २१.६८ प्रतिशत र तराई क्षेत्रमा सञ्चालन हुने मालबाहक सवारी साधनमा १५.७५ प्रतिशतले भाडा वृद्धि गरिएको छ। ...
सरकारको आदेशले एकदिन चले, त्यसपछि पुनः थन्किए लुम्बिनीका विद्युतीय बस

सरकारको आदेशले एकदिन चले, त्यसपछि पुनः थन्किए लुम्बिनीका विद्युतीय बस

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीकरिब पाँच वर्षदेखि अलपत्र अवस्थामा थन्किएका विद्युतीय बसहरू सञ्चालनमा ल्याउने प्रयास पुनः असफल देखिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पत्रपछि गत बुधबारदेखि दुई वटा रुटमा सेवा सुरु गरिएको भए पनि २४ घण्टा नबित्दै बसहरू पुनः थन्किएका छन्। सेवा सुरु भएको भोलिपल्ट नै ती बसहरू लुम्बिनी विकास कोष परिसरबाट हटाएर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर राखिएको छ। विमानस्थलबाट सटल सेवा सञ्चालन गर्ने उद्देश्य रहेको बताइएपनि यससम्बन्धी स्पष्ट योजना सार्वजनिक नभएकाले पुनः व्यवस्थापन र निर्णय प्रक्रियामाथि प्रश्न उठेको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सञ्चालक महाशाखा प्रमुख मुरारी प्रसाद पौडेलका अनुसार मन्त्रालयको निर्देशनअनुसार बसहरू विमानस्थलमा सारिएको हो। उनले बसहरूको अवस्था सन्तोषजनक नरहेको उ...
राष्ट्रपतिले चैत २७ गते सङ्घीय संसद्काे संयुक्त बैठकमा सम्बोधन गर्ने

राष्ट्रपतिले चैत २७ गते सङ्घीय संसद्काे संयुक्त बैठकमा सम्बोधन गर्ने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँराष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले चैत २७ गते दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले सम्बाेधन गर्ने तय भएको जानकारी दिए ।‘राष्ट्रपति कार्यालयबाट सचिवालयमा भर्खर पत्र प्राप्त भएको छ । उहाँले चैत २७ गते दिउँसो ३ बजे संयुक्त सदनलाई सम्बोधन गर्ने भन्दै त्यसको व्यवस्था मिलाउन भनिएको छ,’ प्रवक्ता गिरीले भने ।राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । संविधानको धारा ९५ मा राष्ट्रपतिको सम्बोधनसम्बन्धी व्यवस्था छ । त्यो धारामा ‘राष्ट्रपतिबाट सम्बोधन’ शीर्षकमा लेखिएको छ, ‘राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि...