Author: संचार पत्र

बालबालिकामा लगानी-समृद्ध समाजको थालनी

बालबालिकामा लगानी-समृद्ध समाजको थालनी

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, लेख रचना, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय
श्रीराम ज्ञवालीबालबालिका देशका भविष्य मात्र होइनन्, उनीहरू वर्तमानका साझेदार र परिवर्तनका संवाहक पनि हुन्। समाजको चेतना, सभ्यता र विकासको वास्तविक मापन त्यस देशमा बालबालिकालाई गरिने व्यवहार र उनीहरूले पाएको अधिकारका आधारमा हुन्छ। 'बालमैत्री' भन्नाले बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर उनीहरूको उमेर, क्षमता र संवेदनशीलता अनुकूलको वातावरण निर्माण गर्ने प्रक्रिया हो। बालबालिका शारीरिक, मानसिक र भावनात्मक रूपमा वयस्क जति परिपक्व नहुने भएकाले उनीहरूका लागि विशेष संरक्षण र स्नेहको आवश्यकता पर्दछ। बालमैत्री समाजको निर्माण गर्नु कुनै दया वा परोपकार नभएर बालबालिकाको नैसर्गिक अधिकार हो र राज्यको अनिवार्य दायित्व हो।सयुक्त राष्ट्रसंघीय बालअधिकार महासन्धि ईस्वी संवत् १९८९ र नेपालको संविधानले बालअधिकारलाई प्रमुख रूपमा चारवटा स्तम्भमा वर्गीकरण गरेको छ, जसलाई बालमैत्री अवधारणाको जग मानिन्छ।...
देशका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

देशका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ । आज दिउँसो कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लाग्नेछ । कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका धेरै स्थानमा, मधेस प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई, कर्णाली प्र...
मुग्लिन-नारायणगढ र कालीगण्डकी करिडोर सडक सञ्चालनमा

मुग्लिन-नारायणगढ र कालीगण्डकी करिडोर सडक सञ्चालनमा

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, स्थानीय
बुटवलविभिन्न ठाउँमा पहिराले अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डका तुइनखोला, केराबारी र जलबीरेमा पहिरो गएको थियो । तीनै ठाउँको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको हो । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज बिहानैदेखि मेसिन परिचालन गरीसडकको पहिरो हटाएसँगै सवारी साधर दुईतर्फी सञ्चालनमा आएका हुन् । सोमबार साँझ विभित्र ठाउँमा पहिरो आएर जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले सवारी चलाउन रोक लगाएको थियो ।सडक सञ्चालन भएपनि साँझदेखि होल्ड भएकोले सवारी साधनको चाप बढेको छ । पहिरोले अवरुद्ध कालीगण्डकी कोरिडोर ८ घण्टापछि सञ्चालन वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध बनेको राष्ट्रिय गौरवको आयोजना काली गण्डकी कोरिडोर आठ घण्टापछि सञ्चालनमा आएको छ । कोरिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी नगरपालिका–८ बेलबगरमा आज बिहान लेदोसहितको पहिरो झर्दा स...
गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति

गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति

Breaking news 2, जीवनशैली, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डाै – काठमाण्डाैकाे त्रिपुरेश्वमार रहेकाे राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएपछि ज्यान गुमाएका गणेश नेपालीका परिवार र सरकारबीच ९ बुँदे सहमति भएको छ । नेपाल सरकार तथा काठमाण्डाै महानगरपालिका र पीडित परिवारबीच राहत प्रदान, गणेशकी छोरीको उच्च शिक्षासम्मको व्यवस्था, श्रीमतीलाई रोजगारी उपलब्ध गराउने तथा घटनाको निष्पक्ष अनुसन्धान गर्नेलगायतका विषयमा सहमति भएको हो । सम्झौता गर्न गृहमन्त्री सुधन गुरुङ जिल्ला प्रशासन कार्यालय काठमाण्डाै पुग्नुभएको थियो । मुगुको सोरु गाउँपालिका–६ जमलधारा स्थायी घर भएका गणेश भक्तपुरको कमलविनायकमा बस्दै आउनुभएको थियो । ‘राइड शेयरिङ’ सम्बन्धी काम गर्ने नेपालीको मोटरसाइकलमा काठमामाण्डौको महानगरीय प्रहरीले ‘ह्विल लक’ गरेका कारण शुरू भएको विवादपछि घटना भएको हो । गएकाे बिहीवार आत्मदाह प्रयास गरेका गणेशको उपचारका क्रममा वीर अस्पतालमा शुक्रव...
सुकुम्वासीलाई आश्वासन दिन गृहमन्त्रीसहित ६ मन्त्री भक्तपुरको होल्डिङ सेन्टरमा

सुकुम्वासीलाई आश्वासन दिन गृहमन्त्रीसहित ६ मन्त्री भक्तपुरको होल्डिङ सेन्टरमा

Breaking news 1, ताजा अपडेट, स्थानीय
काठमाण्डाै – सुकुम्वासीकाे समस्यालाई लिएर चर्को विरोध हुन थालेपछि आज सङ्घ सरकारका ६ जना मन्त्रीले भक्तपुरमा रहेको होल्डिङ सेन्टरको अवलोकन गर्नुभएको छ । गृहमन्त्री सुधन गुरुङ, भूमिमन्त्री प्रतिभा रावल, महिला तथा बालबालिका मन्त्री सीता वादी, स्वास्थ्यमन्त्री निशा मेहता, शिक्षामन्त्री सस्मित पोख्रेल र श्रममन्त्री रामजी यादवले खरिपाटी र बोडेमा रहेका होल्डिङ सेन्टरको अवलोकन गर्नुभएको हो । हिजो बिहान कीर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ रहेका सुकुम्वासीलाई पनि खरिपाटीको होल्डिङ सेन्टरमा राखिएको छ । केही समयदेखि सुकुम्वासीलाई खानासमेत नदिएको भन्दै विरोध भइरहेकोमा हिजो बिहान कीर्तिपुरको सेन्टर डुबानमा परेपछि सुकुम्वासीको समस्यालाई लिएर सरकारप्रतिको असन्तुष्टि झनै बढेको हो । सुकुम्वासीसँगको भेटमा भूमिमन्त्री रावलले सरकारले सक्दो चाँडो सुकुम्वासीलाई लालपुर्जा वितरण गर्...
मनोवैज्ञानिक पीडा : हत्या-हिंसाको अदृश्य घाउ

मनोवैज्ञानिक पीडा : हत्या-हिंसाको अदृश्य घाउ

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, लेख रचना, शिक्षा, समाचार, समाज
बुटवल'इन्टिमेट पार्टनर' भायलेन्स भन्नाले नजिकको सम्बन्धभित्र– जस्तै श्रीमान्, प्रेमी वा विश्वास गरिएको व्यक्तिबाट हुने हिंसालाई बुझिन्छ । यस्तो हिंसाले पीडितमा सबैभन्दा पहिले डर र असुरक्षाको भावना पैदा गर्छ । जुनसुकै बेला पनि केही हुन सक्छ भन्ने भयका कारण उनीहरू सधैं सतर्क रहनुपर्ने अवस्थाबाट गुज्रिन्छन् । यसका कारण झस्किने, आत्तिने, आत्मविश्वास गुम्ने, दैनिकीप्रति रुचि घट्नेजस्ता लक्षण देखिन थाल्छन् । हिंसा लामो समयसम्म निरन्तर भइरहँदा सहयोग गर्ने व्यक्ति नपाएपछि निराशा, एक्लोपन र भावनात्मक थकान बढ्दै जान्छ । कतिपय अवस्थामा अत्यधिक चिन्ता, डिप्रेसन र पोस्ट–ट्रम्याटिक स्ट्रेस डिसअर्डरजस्ता मानसिक स्वास्थ्य समस्या नै देखिन्छन् । पीडितहरूमा निद्राको समस्या, चिडचिडापन, बिनाकारण रिस आउने, लाज र अपराधबोधको भावना पनि देखिन्छ । यी सबैले घरायसी र पेसागत जीवन दुवैमा असर पार्छ । गम्भीर अव...
सामाजिक सञ्जालमा मौलाएको समाजको दर्दनाक चित्र

सामाजिक सञ्जालमा मौलाएको समाजको दर्दनाक चित्र

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, राजनीति, विविध, शिक्षा, समाचार, समाज
बुटवलहोल्डिङ सेन्टरमा भूमिहीनहरू भाेकभाेकै छन् । उनीहरूले राम्रो संग खाना पाएका छैनन् । पिउने पानी समेत उपलव्ध छैन ।जसकाे मारमा बालबालिका, ज्येष्ठ नागरिक र विरामी सबैभन्दा बढी मारमा परेका छन् । आँखै अगाडि भोकले छटपटिएका आफ्ना छोराछोरीलाई एक दाना अन्न खुवाउन नसक्ने आमाबाबुमाथि के बित्यो होला ? त्यहाँको कारुणिक दृष्य देख्दा कस्को मन नदुख्ला।एकजना फेसबुक प्रयोगकर्ताले लेखेका छन्, ‘कस्ता कस्ता कठिन अवस्थामा मान्छे काठमाडौमा सर्भाइभ गरेर अगाडि बढिराखेका हुन्छन् । तर उहाँहरूलाई त सरकारले २५ हजार दिइराखेको छ अनि त्यति बलिया हातखुट्टा छन् गरेर खान नसक्ने होर भन्या !’ अर्का प्रयोगकर्ताकाे उपदेश यस्तो छ, ‘सुकुमवासीहरूले चाहिँ कामै गर्न नपर्ने हो? सरकारले दिएको २५ हजार छ आफू पनि काम गर्नु पुग्दैन ? सरकारलाई घुर्की लाएर खान पल्किसके ।’ सुकुमवासीहरूलाई हियाउने र व्यंग्यको विषय बनाएर पनि धेरै...
ज्ञानज्योति पुस्तकालयले गर्याे भानुजयन्तीको अवसरमा रामायण वाचन प्रतियोगिता

ज्ञानज्योति पुस्तकालयले गर्याे भानुजयन्तीको अवसरमा रामायण वाचन प्रतियोगिता

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलको ज्ञानज्योति पुस्तकालयले २१३औं भानुजयन्तीको अवसरमा माध्यमिक विद्यालय स्तरीय रामायण वाचन प्रतियोगिता सम्पन्न गरेको छ।रुपन्देहीका २० विद्यालयहरुको सहभागीता रहेको प्रतियोगितामा ज्ञानज्योति माविले प्रथम स्थान हासिल गरेको छ भने तिनाउ इङ्लिस वोर्डिङ स्कुल द्वितीय, न्यु होराइजन मावि तृतीय तथा दिप वोर्डिङ हाई स्कूलले सान्त्वना हासिल गरेका छन्। श्री जनज्याेति माविका निश्मा गाैतम र निमेश गाैतम प्रथम, तिनाउ इङ्लिस बाेर्डिङ स्कुलका साेनाक्षी क्षेत्री र सक्षम शाक्य द्वितीय ,न्यूहाेराइजन माविका समिप न्याैपाने र वृन्दा गैरे तृतीय र दीप बाेर्डिङ हाइ स्कुलकका प्रिन्सा पाेखरेल र सुप्रिम पाेखरेल सान्त्वना भएका छन्। ज्ञानज्योति पुस्तकालय बुटवलका अध्यक्ष टुक बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वोल्दै रुपन्देहीका जिल्ला शिक्षा सम्वन्वय प्रमुख विष्णु प्रसाद पन्थीले पुस्तकालय...
देशका पहाडी तथा तराईका विभिन्न भू-भागमाआज भारी वर्षाको सम्भावना

देशका पहाडी तथा तराईका विभिन्न भू-भागमाआज भारी वर्षाको सम्भावना

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौंहाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ ।देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको थोरै स्थानमा तथा मधेश प्रदेशको एक/दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भूभाग साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति देशभर...
राष्ट्रिय सभामा प्रधानमन्त्री बालेनको राजीनामा माग

राष्ट्रिय सभामा प्रधानमन्त्री बालेनको राजीनामा माग

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमान्डौँ राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन् । शुक्रबार राष्ट्रिय सभाको बैठकको शून्य समयमा बोल्दै नेकपाका सांसद विश्वकर्माले सरकारको व्यवहारका कारण मुगुका गणेश नेपालीले आत्मदाह गर्नुपरेको दाबी गर्दै प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् । उनले आगोमा जलेका गणेश नेपालीलाई उद्धार गर्ने क्रममा सुरक्षाकर्मीले अमानवीय व्यवहार गरेको आरोप लगाए । ‘जलिरहेको मान्छेलाई अपराधीझैँ घिसारेर अस्पताल पुर्‍याइयो । त्यहाँ रहेका प्रहरी गणेश नेपाली आगोमा जलिरहँदा भागे,’ उनले भने, ‘उहाँलाई अपराधीझैँ घिसारेर लगियो । ती ट्राफिक प्रहरी, नगर प्रहरी र घिसारेर लैजाने प्रहरीमाथि कडाभन्दा कडा कारबाही गरियोस् । बालेन सरकार राजीनामा देओस् ।’सांसद विश्वकर्माले सरकारको ‘क्रुरता’ का कारण गणेश नेपालीले ज्यान गुमाउनुपरेको जिकिर गरे । ‘आगोमा जलिर...