Author: संचार पत्र

४९ उद्योगलाई बक्यौता तिर्न विद्युत् प्राधिकरणले दिएको समयसीमा सकियो, आज बोर्ड बैठक बस्दै

४९ उद्योगलाई बक्यौता तिर्न विद्युत् प्राधिकरणले दिएको समयसीमा सकियो, आज बोर्ड बैठक बस्दै

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
८ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको बोर्ड बैठक आज बस्दै छ । ऊर्जा मन्त्रीको अध्यक्षमा बस्ने बैठक बिहान नौ बजे बोलाइएको छ ।ऊर्जा मन्त्रीको अध्यक्षताको बोर्डमा ऊर्जा मन्त्रालयका सचिव, अर्थ मन्त्रालयको राजश्व सचिव, रतन ऐर, भरत आचार्य, भक्तबहादुर पुन र कपिल आचार्य छन् । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक सदस्य सचिव हुन्छन् । बैठकमा डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगहरुलाई बक्यौता तिर्न नेपाल विद्युत् प्राधिकरणले दिएको कात्तिक ८ गतेभित्रको समयसीमाबारे छलफल हुने छ ।नेपाल विद्युत प्राधिकरणले दशैंको फूलपातीको दिन अर्थात् २४ असोजमा डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगहरुको सूची सार्वजनिक गर्दै कात्तिक ८ गतेभित्र बक्यौता रकम नबुझाए कानुन बमोजिम असुल उपर गर्ने चेतावनी दिएको थियो । प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता ...
देशभरको मौसम सफा, पहाडी भेगका केही ठाउँमा पानी पर्ने सम्भावना कायमै

देशभरको मौसम सफा, पहाडी भेगका केही ठाउँमा पानी पर्ने सम्भावना कायमै

Breaking news 2, ताजा अपडेट, माैसम, समाचार, स्थानीय
काठमाण्डौ – यतिबेला काठमाण्डौ उपत्यकासहित देशभरको मौसम सफा छ । तर देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले कोशी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । आज कोशी प्रदेश लगायत देशका पहाडी भूभागका एक–दुई ठाउँमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । पहाडका केही ठाउँमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।  ...
चितवनका सिडिओ इन्द्रदेव यादव र एसपी भावेश रिमाल काठमाण्डौ तानिए

चितवनका सिडिओ इन्द्रदेव यादव र एसपी भावेश रिमाल काठमाण्डौ तानिए

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाण्डौ ।  प्रधानमन्त्रीको पुत्ला प्रदर्शन र दहन हुदा पनि मुकदर्शक बनेपछि चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) इन्द्रदेव यादव र प्रहरी उपरिक्षक (एसपी) भावेश रिमाल  तानिएका छन्।  बुधबार गृहमन्त्री स्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारी यादवलाई गृहमन्त्रालय र प्रहरी उपरिक्षक रिमाललाई मानव बेचबिखन ब्युरोमा पठाईएको छ।  उनीहरुको तानिएपछि प्रकाश पौडेल चितवनको प्रमुख जिल्ला अधिकारी बनाएर पठाईएको छ भने मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत गौतम मिश्र चितवनको प्रहरी प्रमुख बनाएर पठाईएको छ।  बुधवार चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला प्रदर्शन र दहन हुँदा स्थानिय प्रशासनले हस्तक्षेप नगरेपछि गृह मन्त्रालय असन्तुष्ट थियो। कार्यक्षमता कमजोर रहेको भन्दै गृहमन्त्रालयले उनीहरूको सरूवा गरेको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने...
ब्रिक्स शिखर सम्मेलनमा मध्यपूर्व र युक्रेनमा शान्तिको लागि विश्व समुदायको आह्वान

ब्रिक्स शिखर सम्मेलनमा मध्यपूर्व र युक्रेनमा शान्तिको लागि विश्व समुदायको आह्वान

ताजा अपडेट, विदेश, समाचार
रुसमा आयोजित १६ औँ ब्रिक्स शिखर सम्मेलनमा विश्वका नेताहरूले मध्यपूर्व र युक्रेनमा शान्तिको आह्वान गरेका छन् । रुसको कजानमा भएको सम्मेलनमा सहभागी भएका विश्वका झण्डै २० जना नेताहरूको यो भेला राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२२ मा युक्रेनमा सेना पठाएयता रुसमा आयोजित सबैभन्दा ठूलो कूटनीतिक मञ्च हो । सन् २००९ मा चार सदस्य – ब्राजिल, रुस, भारत र चीनबाट शुरु भएको ब्रिक्स दक्षिण अफ्रिका, इजिप्ट र इरान जस्ता अन्य उदीयमान राष्ट्रहरू समावेश गर्दै विस्तार भएको छ । यी देशका नेताहरुले निकालेको     संयुक्त वक्तव्यमा ‘मध्यपूर्व र उत्तर अफ्रिकी क्षेत्रमा भइरहेको  द्वन्द्व र अस्थिरताबारे गहिरो चिन्ता’ व्यक्त भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । नेताहरुले दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसङ्घका कर्मचारीहरूमाथि इजरायली आक्रमणको आलोचना गर्दै लेबनानको ‘क्षेत्रीय ...
साफ महिला फुटबलमा नेपाल र श्रीलङ्काको खेल आज

साफ महिला फुटबलमा नेपाल र श्रीलङ्काको खेल आज

खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डौ – काठमाण्डौमा भइरहेको साफ महिला फुटबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । समूह चरणको अन्तिम खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे शुरु हुनेछ । यसअघि आजै दिउँसो साढे १ बजे माल्दिभ्स र  भुटान पनि खेल्दैछन् । यसअघि अस्ति मङ्गलवार भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोलले पराजित गरेको थियो । नेपाल समूह ‘बी’ को शीर्ष स्थानमा छ । यसैबीच, पाँच पटकको विजेता भारतलाई पराजित गर्दै बङ्गलादेश साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । हिजो बेलुका भएको खेलमा भारतलाई ३–१ गोल अन्तरले हराएर बङ्गलादेश समूह एको शीर्षमा रहँदै सेमिफाइनलमा पुगेको हो । हिजोको खेलमा पराजित भए पनि भारत समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको छ । पाकिस्तान भने समूह चरणबाटै बाहिरिएको  छ ।   ...
लुम्बिनीमा थपिए ३ मन्त्री, आज शपथ

लुम्बिनीमा थपिए ३ मन्त्री, आज शपथ

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
बुटवल । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारमा तीन मन्त्री थपेका छन् । आचार्यले बुधबार नेपाली कांग्रेसको तर्फबाट बर्दियाका जन्म जय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवारलाई सरकारमा समावेश गरेका हुन् । त्यस्तै जसपा (राई ) पक्षबाट बाँकेका आदेश अग्रवाल पनि मन्त्री बनेका छन् । तिमिल्सिनाले सामाजिक विकास मन्त्रालय , कलवारले वन तथा वातावरण र अग्रवालले आन्तरिक मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनीहरू शपथ बिहीबारका लागि तयारी गरिएको छ । मन्त्रीहरू थपिएको इमेलमार्फत प्रदेश प्रमुखको कार्यालयलाई जानकारी दिएको छ । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता भविश्वर घिमिरेले नवनियुक्त मन्त्रीहरूको विहिबार बिहान शपथग्रहणको तयारी भएको बताए । ...
फ्लाई दुवईले पनि खुलायो भैरहवाको टिकट, कात्तिक २५ बाट दैनिक उडान हुने

फ्लाई दुवईले पनि खुलायो भैरहवाको टिकट, कात्तिक २५ बाट दैनिक उडान हुने

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
भैरहवा- गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न फ्लाइ दुवईले पनि टिकट बुकिङ खुल्ला गरेको छ। जस अनुसार यही कात्तिक २५ गतेबाट हप्ताको सातै दिन दुवई- भैरहवा-काठमाडौँ उडान हुने छ।भैरहवामा मंगलबार फ्लाई दुवईका टाेलिसँग छलफल भएपछि टिकट बुकिङ खुलेकाे गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए।दुबइबाट आएको जहाज दिउसो १ : ४५ मा जहाज भैरहवा अवतरण गर्ने छ। २: ४५ मा जहाज काठमाडौँ प्रस्थान गर्ने छ। भैरहवाबाट दुबई जान चाहानेले काठमाडौँमा एक घण्टा मात्र ट्रान्जिटमा बसे हुन्छ। फ्लाई दुबई यूएईको राष्ट्रिय ध्वजावाहाज वायुसेवा हो।   ...
सय दिनमा लक्ष्यको ७० प्रतिशत प्रगति भएको प्रधानमन्त्री ओलीको दाबी (पूर्ण पाठसहित)

सय दिनमा लक्ष्यको ७० प्रतिशत प्रगति भएको प्रधानमन्त्री ओलीको दाबी (पूर्ण पाठसहित)

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सय दिनमा गर्ने लक्ष्य लिएको कामहरूमध्ये ७० प्रतिशत काम गरेको दाबी गर्नुभएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट सम्बोधन गर्दै उहाँले सरकारको सय दिनको उपलब्धी सार्वजनिक गर्दै उहाँले ७० प्रतिशत प्रगति भएको दाबी गर्नुभएको हो । उहाँले सरकार बनेकै दिनदेखि विरोध सुरू भएको पनि बताउनुभयो । अहिले साम्प्रदायिक विद्वेष, घृणा र परस्पर बेमेलको वातावरण पैदा गरेर नेपालको राष्ट्रिय एकतालाई बिथोल्ने र प्रतिगमनतर्फ लैजाने प्रयास पनि भइरहेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । तर नेपाल र नेपालीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य नभएको उहाँको भनाइ छ । सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्ता अफवाह पनि फैलाउने गरिएको भन्दै उहाँले यो काम गर्न नदिने उद्देश्यले चलाइएको हल्ला भएको दाबी गर्नुभयो । उहाँले सरकार ढल्छ भन्ने आशा नगर...
स्वास्थ्य क्षेत्रमा सुधारका प्रयास

स्वास्थ्य क्षेत्रमा सुधारका प्रयास

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
सरकारी अस्पतालमा बहिरंग सेवा सुरु, स्वास्थ्य बिमाको दायरा बढाउन अध्ययन कार्यदल गठन, शल्यक्रियाका लागि सरकारी अस्पतालमा ३ महिनामै पालोको पहल प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको सय दिनमा स्वास्थ्य क्षेत्रमा सुधारका प्रयासहरू सुरु गरिएका छन् । स्वास्थ्यमा केही मुख्य प्राथमिकता तोकेर प्रधानमन्त्री ओलीले स्वास्थ्यमन्त्री प्रदीप पौडेलसँग १० बुँदे कार्य सम्पादन सम्झौता गरेका थिए ।  सम्झौताको प्रगति सकारात्मक देखिन्छ । सरकारी अस्पतालमा दुई सिफ्टमा बहिरंग सेवा सुरु गरिएको छ । राजधानीमा सबैभन्दा धेरै बिरामीको भीड लाग्ने वीर अस्पताल, ट्रमा सेन्टर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग तथा कान्ति अस्पतालमा दुई सिफ्टमा बहिरंग सेवा सुरु भइसकेको छ । यस्तै, जिल्लाका केही संघीय अस्पतालमा पनि दुई सिफ्टमा बहिरंग सेवा सुरु गरिएको छ । स्वास्थ्य ...
सरकारको सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री 

सरकारको सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री 

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
 प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको १०० दिने प्रगतिबारे जानकारी गराउने भएका छन् । ओलीले आज दिउँसो २ः३० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट १०० दिने उपलब्धि सार्वजनिक गर्न लागेका हुन् ।  ओली सरकारका सबै मन्त्रीहरूले आ–आफ्नो क्षेत्राधिकारभित्र भएका कामकारबाहीको प्रगति प्रधानमन्त्रीलाई बुझाइसकेको बताएका छन् । एमाले अध्यक्ष ओली गत असार १७ गते भएको नेपाली कांग्रेस र एमालेबिचको सात बुँदे समझदारीका आधारमा असार ३० गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री नियुक्त भएका थिए । राजनीतिक स्थिरता र संविधान संशोधनलाई प्रमुख एजेन्डा बनाएर सुरु भएको कांग्रेस-एमाले सत्ता सहयात्रामा लोसपा, अशोक राई नेतृत्वको जसपा, लोसपा र नाउपा सहभागी छन् । चौथो कार्यकालका लागि ओली प्रधानमन्त्री भएपछि भदौ १७ गते मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका थिए । प्रधानमन्त्रीसँग भएको मन्त्री...