अर्घाखाँचीमा देउसी खेलिरहेको स्थानमा बस दुर्घटना : दुई जनाको मृत्यु, ३३ घाइते (घाइतेको विवरणसहित)
बुटवल
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा भएको बस दुर्घटनामा मृतकको सङ्ख्या दुई र घाइतको सङ्ख्या ३३ पुगेको छ ।
भूमिकास्थान नगरपालिका वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा आज साँझ ५ बजेतिर देउसीभैलो नाचिरहेको सडक छेउकाे स्थानमा ना ३ ख २४७१ नं को बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको थियो ।
बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएकाेमा एक महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्घाखाँची अस्पतालमा उपचारका क्रममा अर्कि २२ वर्षीय महिला तारा श्रेष्ठको मृत्युु भएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी गराएका छन । घाइतेहरू मध्य १० जनालाई थप उपचारका लागि बुटवल पठाइएको डिएसपी मल्लले बताएका छन । एक जना भने उपचार पश्चात डिस्चार्ज भएका छन् ।
घाइते र मृतकहरुको विवरण
१) जिल्ला अर्घाखाँची भुमिकास्थान न.पा-६ फुलबारी बस्ने बर्ष २२ कि तारा श्रेष्ठ (१८:३०मा मृत घोषणा)
...








