प्रदेश सरकारलाई वित्तीय र प्रशासनिक अधिकार दिईनुपर्छ: मन्त्री भूमिश्वर ढकाल
बुटवल
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले आम निराशालाई सम्बोधन गर्न प्रदेश सरकारलाई वित्तीय र प्रशासनिक रुपमा पूर्ण अधिकार नआएकोले उक्त अधिकार दिनुपर्ने बताएका छन्।
प्रेस चौतारी नेपाल रूपन्देहीद्वारा शनिबार बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री ढकालले अहिले प्रदेश संरचनामा अन्य कामहरू भएता पनि वित्तीय र प्रशासनिक अधिकार नहुँदा अपेक्षाकृत काम नहुँदा जनतामा निराशा छाएको बताएका हुन्। मन्त्री ढकालले विगतका महत्वकांक्षी योजना र सीमित स्रोत हुँदा योजना पुरा नहुने समस्या देखिएकाले आउने नीति तथा कार्यक्रम र बजेटमा ,स्रोतका आधारमा प्राथमिकता हेरेर बजेट विनियोजन गरिने बताए। उनले लुम्बिनी प्रदेश सरकारद्वारा भए गरेका काम र योजना, काम नभएर निराशा भएको मात्र नभई भए गरेका काम र योजना आम जनता माझ नपुगेका कारणले पनि निराशा देखिएको धारणा राखे। उनले भौत...








