सर्वोच्चको आदेशसँगै रविन्द्र मिश्र थुनामुक्त


काठमाडौं

सर्वोच्च अदालतको आदेशसँगै रवीन्द्र मिश्र थुना मुक्त भएका छन् । न्यायाधीशहरू डा. कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासले मिश्रलाई थुनामुक्त गर्न आदेश जारी गरेको हो ।

सर्वोच्चको आदेशसँगै ४८ दिन थुनामा बसेर मिश्र हाजिर जमानीमा थुनामुक्त भएका छन् । यसअघि सात पटकसम्म काठमाडौं जिल्ला अदालतबाट म्याद थप भइ थुनामा रहेका मिश्रका तर्फबाट श्रीमती सारिका कार्कीले वैशाख ३० मा सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेकी थिइन् । उक्त रिटमा बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाउँसहित बन्दी उपस्थित गराउने आदेश गरेको थियो । शुक्रबार दिनभरको बहसपछि न्यायाधीशद्वय चुडाल र श्रेष्ठको इजलासले थुनामुक्त गर्न आदेश जारी गरेको हो ।

गत चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनीसहितमा प्रदर्शनकारीलाई उक्साएको आरोपमा त्यसै दिन पक्राउ परेका मिश्र अदालतको आदेशमा म्याद थप हुँदै थुनामा थिए । उक्त घटनामा पक्राउ परेका अन्य आरोपितहरू मनोजकुमार मण्डल, मनीषकुमार शाही, पशुपति खड्का, मुनिन्द्र राजभण्डारीको बन्दीप्रत्यक्षीकरण रिट भने सर्वोच्चले यसअघिनै खारेज गरिदिएको छ ।

एकै घटना तथा वारदातमा संलग्न सामान्य नागरिकको हकमा एउटा विधि तथा पद्धति तथा धनी र ‘सेलिब्रिटीहरू’का लागि फरक व्यवहार गरिनु संविधानले स्वीकार गरेको मौलिक हक, समानताको सिद्धान्त तथा विधिको शासनप्रति प्रतिबद्ध नेपालको फौजदारी न्याय प्रशासनमा स्वीकार्य हुन नसक्ने भन्दै महान्यायाधिवक्ता रमेश बडालले बहस गरेका थिए । तर, सर्वोच्चले भने रवीन्द्रको हकमा बन्दीप्रत्यक्षीकरणको रिट जारी गर्दै उनलाई हाजिर जमानीमा छोड्न आदेश गरेको हो ।

छुटाउनुभयो कि ?

तिलोत्तमाको सुलभ फार्मेसी विवादमा: रोक्ने कि चलाउने ?

तिलोत्तमाको सुलभ फार्मेसी विवादमा: रोक्ने कि चलाउने ?

रुपन्देहीनागरिकलाई सहुलियत दरमा औषधि उपलब्ध गराउने उद्देश्यले रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सञ्चालनमा ल्याएको सुलभ फार्मे...
मुस्ताङमा ५.३ म्याग्निच्युडको भूकम्प: के कति क्षति पुग्यो ?

मुस्ताङमा ५.३ म्याग्निच्युडको भूकम्प: के कति क्षति पुग्यो ?

काठमाडौँमंगलबार राति गएको भूकम्पका कारण मुस्ताङको लोमन्थाङमा केही घर भत्किएका छन् । लोमन्थाङ गाउँपालिका अध्यक्ष टसी न्हर्वु ग...
आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौंसङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले न...
देशमा फेरि गोली चलाउने कसैले हिम्मत गर्न सक्दैन: गृहमन्त्री

देशमा फेरि गोली चलाउने कसैले हिम्मत गर्न सक्दैन: गृहमन्त्री

काठमाडौँगृहमन्त्री सुधन गुरुङले पार्टी सभापति रवि लामिछानेले आफूमाथि गरेको विश्वासलाई निरन्तर कायम राख्ने बताएका छन् । जेन...