प्रदेश सरकारलाई वित्तीय र प्रशासनिक अधिकार दिईनुपर्छ: मन्त्री भूमिश्वर ढकाल


बुटवल

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले आम निराशालाई सम्बोधन गर्न प्रदेश सरकारलाई वित्तीय र प्रशासनिक रुपमा पूर्ण अधिकार नआएकोले उक्त अधिकार दिनुपर्ने बताएका छन्।

प्रेस चौतारी नेपाल रूपन्देहीद्वारा शनिबार बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री ढकालले अहिले प्रदेश संरचनामा अन्य कामहरू भएता पनि वित्तीय र प्रशासनिक अधिकार नहुँदा अपेक्षाकृत काम नहुँदा जनतामा निराशा छाएको बताएका हुन्। मन्त्री ढकालले विगतका महत्वकांक्षी योजना र सीमित स्रोत हुँदा योजना पुरा नहुने समस्या देखिएकाले आउने नीति तथा कार्यक्रम र बजेटमा ,स्रोतका आधारमा प्राथमिकता हेरेर बजेट विनियोजन गरिने बताए। उनले लुम्बिनी प्रदेश सरकारद्वारा भए गरेका काम र योजना, काम नभएर निराशा भएको मात्र नभई भए गरेका काम र योजना आम जनता माझ नपुगेका कारणले पनि निराशा देखिएको धारणा राखे। उनले भौतिक पूर्वाधार ,शिक्षा ,स्वास्थ्य ,रोजगार साथै कृषि क्षेत्रमा प्रदेशले राम्रो काम गरेको बताए।

उनले सरकारको योजना जनतालाई उत्पादनसँग जोड्ने र उत्पादनबाट मात्र समृद्धि हासिल हुने हुनाले प्रदेश सरकारले परिस्कृत नीति तथा कार्यक्रम ल्याउने बताए। आफूले नेतृत्व सम्हाले पश्चात भौतिक पूर्वाधारको क्षेत्रमा सडक पूर्वाधार ,सार्वजनिक सेवा प्रदायक भवन ,पक्की पुल ,झोलुङ्गे पुल ,सडक कालोपत्रे जस्ता कामहरू धेरै भएको बताए। उनले संघ प्रदेश र स्थानीय स्तरका योजनाहरूमा आम नागरिकले सत्यतथ्य जानकारी पाउने हिसाबले प्रदेश, जिल्ला समन्वय समिति र स्थानीय सरकारको समन्वयमा अनुगमन र जानकारी गर्ने योजना रहेको धारणा राखे।

प्रेस चौतारी रुपन्देहीका अध्यक्ष भगवती पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै नेकपा एमाले रूपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरे, पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डे ,प्रेस चौतारी नेपाल केन्द्रीय सचिव प्रदिप आचार्य ,प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश इन्चार्ज मोहन चापागाईं ,एमाले केन्द्रीय सल्लाहकार डाक्टर बालकृष्ण चापागाईं ,सञ्चार समन्वय परिषद् लुम्बिनी प्रदेशका अध्यक्ष मिलन गाहा, प्रेस चौतारी नेपाल केन्द्रीय सदस्यहरु अमृत गिरी ,लक्ष्मण पौडेल ,गणेश ज्ञवाली ,सल्लाहकार कुलमणि ज्ञवाली ,लुम्बिनी प्रदेश टेलिभिजन प्रसारक संघका सचिव नवराज भुसाल,पत्रकार महासंघ रूपन्देहिका उपाध्यक्ष विश्वास ढकाल ,नेकपा एमाले रूपन्देही जिल्ला उपाध्यक्ष हितराजपन्थी,सचिव चित्रबहादुर केसी ,पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष विश्वास ढकाल कोषाध्यक्ष नरेश केसी, प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाल ,प्रेस सेन्टर रुपन्देहीका अध्यक्ष विष्णु पोखरेल , समाजवादी प्रेस संगठन रूपन्देहीका अध्यक्ष विनोद परियार ,पत्रकारहरू बीपी गौतम ,लक्ष्मण पोखरेल ,अर्जुन-दृष्टि ,रिया क्षेत्री ,प्रेस चौतारी जिल्ला उपाध्यक्ष छायाँ पन्थ ,सचिव विष्णु घिमिरे लगायतले बोल्दै प्रदेशप्रति आम जनतामा देखिएको निराशाको सम्बोधन हुने गरी नीति तथा कार्यक्रम र वजेटका कार्ययोजनाहरु आउनुपर्ने धारणा राखेका थिए ।

छुटाउनुभयो कि ?

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

काठमाडौंस्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाका अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गरा...
टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

काठमाडौँअमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले उड्न सक्ने दाबी गरिएको नयाँ रोडस्टर कार सार्वजनिक गरेको छ । कम्पनीका...
भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...