कांग्रेस सभापति देउवा र माओवादी उपमहासचिव शर्माबीच भेटवार्ता


काठमाडौँ

माओवादी उपमहासचिव जनार्दन शर्माले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटवार्ता गरेका छन् । मध्यपहाडी राजमार्ग अभियानमा डडेलधुरा पुगेका अध्यक्ष पुष्पकमल दाहालले देउवासँग टेलिफोन वार्ता गरेलगत्तै शर्मा देउवा निवास बुढानीलकण्ठ पुगेका थिए ।

शर्माले देउवासँग ‘समसामयिक राजनीतिक’ विषयमा कुरा भएको बताए । ‘समसामयिक राजनीतिक विषयमा कुराकानी भयो,’ नयाँ गठबन्धनको केही चर्चा भएको हो ? भन्ने प्रश्नमा उनले भने, देउवाजीसँग समसामयिक राजनीतिक कुराकानी भएको हो । अरु त्यस्तो केही छैन ।’

गत आम निर्वाचनलगत्तै एमाले-माओवादी गठबन्धन सरकार बनेको दुई महिनापछि २०८० फागुनमा कांग्रेस–माओवादी गठबन्धन सरकार बनेको थियो । त्यो गठबन्धनका एक सुत्राधारमध्ये एक शर्मा थिए । कतिपयले उनको देउवासँगको भेटलाई अर्थपूर्ण रुपमा लिएका छन् ।

दुई नेताबीच भएको टेलिफोन संवादमा देउवाले गृह जिल्लामा पुगेको स्वागत भन्दै राजनीतिक अभियानको सफलताको कामना गरेका थिए । दाहालले काठमाडौंको हालखबरबारे जानकारी लिएका थिए ।

‘सरकार बनाउने, ढाल्नेतिर ध्यान छैन । सरकार गलत दिशातिर हिँडेको छ । हामीले सुरु गरेको सुशासनका कामहरु भत्काउनतिर लागेको छ । उल्टो बाटो हिँडेको छ । चिन्तित छौं । सरकार ढाल्ने खेलमा छैनौं,’ दाहालले भने, ‘देउवाजीसँग सम्पर्क भयो । मेरो जिल्लामा स्वागत छ भन्नु भएको छ ।’

छुटाउनुभयो कि ?

नकारात्मकता चिन्ने र सकारात्मकता ल्याउने उपाय

नकारात्मकता चिन्ने र सकारात्मकता ल्याउने उपाय

श्रीराम ज्ञवालीनकारात्मकतालाई चिन्नु र जीवनमा सकारात्मकता भित्राउनु एक सुखी, सन्तुष्ट र सफल जीवनको मुख्य आधार हो। हाम्रा विचा...
चक्रवातको प्रभावले वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

चक्रवातको प्रभावले वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

बुटवलबङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भा...
लुम्बिनीमा लिला गिरी मुख्यमन्त्री बन्ने

लुम्बिनीमा लिला गिरी मुख्यमन्त्री बन्ने

बुटवललुम्बिनी प्रदेशमा सरकार फेरबदलको तयारी सुरु भएको छ ।नेकपा एमालेभित्र वर्तमान मुख्यमन्त्री चेतनारायण आचार्यलाई हटाएर पूर्...
भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायममा ७९ अर्बको क्षति : आयोग

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायममा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार,व्यवसाय,प्रतिष्ठानतर्फ रु ७९ अर्ब १७ करोड बराबरको क्षति भएको छ । राष्ट्र...