कांग्रेस सभापति देउवा र माओवादी उपमहासचिव शर्माबीच भेटवार्ता


काठमाडौँ

माओवादी उपमहासचिव जनार्दन शर्माले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटवार्ता गरेका छन् । मध्यपहाडी राजमार्ग अभियानमा डडेलधुरा पुगेका अध्यक्ष पुष्पकमल दाहालले देउवासँग टेलिफोन वार्ता गरेलगत्तै शर्मा देउवा निवास बुढानीलकण्ठ पुगेका थिए ।

शर्माले देउवासँग ‘समसामयिक राजनीतिक’ विषयमा कुरा भएको बताए । ‘समसामयिक राजनीतिक विषयमा कुराकानी भयो,’ नयाँ गठबन्धनको केही चर्चा भएको हो ? भन्ने प्रश्नमा उनले भने, देउवाजीसँग समसामयिक राजनीतिक कुराकानी भएको हो । अरु त्यस्तो केही छैन ।’

गत आम निर्वाचनलगत्तै एमाले-माओवादी गठबन्धन सरकार बनेको दुई महिनापछि २०८० फागुनमा कांग्रेस–माओवादी गठबन्धन सरकार बनेको थियो । त्यो गठबन्धनका एक सुत्राधारमध्ये एक शर्मा थिए । कतिपयले उनको देउवासँगको भेटलाई अर्थपूर्ण रुपमा लिएका छन् ।

दुई नेताबीच भएको टेलिफोन संवादमा देउवाले गृह जिल्लामा पुगेको स्वागत भन्दै राजनीतिक अभियानको सफलताको कामना गरेका थिए । दाहालले काठमाडौंको हालखबरबारे जानकारी लिएका थिए ।

‘सरकार बनाउने, ढाल्नेतिर ध्यान छैन । सरकार गलत दिशातिर हिँडेको छ । हामीले सुरु गरेको सुशासनका कामहरु भत्काउनतिर लागेको छ । उल्टो बाटो हिँडेको छ । चिन्तित छौं । सरकार ढाल्ने खेलमा छैनौं,’ दाहालले भने, ‘देउवाजीसँग सम्पर्क भयो । मेरो जिल्लामा स्वागत छ भन्नु भएको छ ।’

छुटाउनुभयो कि ?

तिलोत्तमाको सुलभ फार्मेसी विवादमा: रोक्ने कि चलाउने ?

तिलोत्तमाको सुलभ फार्मेसी विवादमा: रोक्ने कि चलाउने ?

रुपन्देहीनागरिकलाई सहुलियत दरमा औषधि उपलब्ध गराउने उद्देश्यले रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सञ्चालनमा ल्याएको सुलभ फार्मे...
मुस्ताङमा ५.३ म्याग्निच्युडको भूकम्प: के कति क्षति पुग्यो ?

मुस्ताङमा ५.३ म्याग्निच्युडको भूकम्प: के कति क्षति पुग्यो ?

काठमाडौँमंगलबार राति गएको भूकम्पका कारण मुस्ताङको लोमन्थाङमा केही घर भत्किएका छन् । लोमन्थाङ गाउँपालिका अध्यक्ष टसी न्हर्वु ग...
आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौंसङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले न...
देशमा फेरि गोली चलाउने कसैले हिम्मत गर्न सक्दैन: गृहमन्त्री

देशमा फेरि गोली चलाउने कसैले हिम्मत गर्न सक्दैन: गृहमन्त्री

काठमाडौँगृहमन्त्री सुधन गुरुङले पार्टी सभापति रवि लामिछानेले आफूमाथि गरेको विश्वासलाई निरन्तर कायम राख्ने बताएका छन् । जेन...