काठमाडौं महानगरमा सीप मेला सुरु हुँदै : ३५ सयभन्दा बढीको आवेदन
काठमाडौँ
काठमाडौं महानगरपालिकाले जेठ ७ गतेदेखि सुरु गर्ने सीप मेलामा ३५ सय जनाभन्दा बढीको आवेदन परेको छ । ३० दिनसम्म सञ्चालन हुने विभिन्न १० क्षेत्रका ४२ पेशासँग सम्बन्धित तालिमका लागि आइतबारसम्म ३५ सय ७६ जनाको अनलाइन आवेदन परेको महानगरले जानकारी दिएको छ ।
महानगरले सीप मेलाका लागि ८ वटा पेशासँग सम्बन्धित तालिम थप गरेको छ । यसअघि आइसीटी क्षेत्रमा छानिएका ५ वटा पेशामा थप गरेर १२ वटा बनाइएको छ । थपिएका पेशामा साइबर सेक्युरिटी, मल्टिमिडिया, डट नेट, जाभा, पीएचपी र ग्राफिक्स डिजाइन रहेका छन् ।
यस क्षेत्रमा डिजिटल मार्केटिङ्, ड्रोन, रोवोटिक्स, फाइबर अब्टिक्स टेक्निसियन, बौद्धिक कृतिमता (एआइ) र यसको प्रयोग (एआइ एण्ड इट्स एप्लिकेसन) गरी ५ विधाका तालिम गर्ने तयारी थियो । यस्तै व्युटिसियन (सौन्दर्य) क्षेत्रमा विक्स (नक्कली कपाल बनाउने) पेशा थप भएको छ । यसमा सौ...








