Author: संचार पत्र

कोरोनाबाट भारतमा २४ घण्टामा थप १० को मृत्यु, मृतक सङ्ख्या ९७ पुग्यो

कोरोनाबाट भारतमा २४ घण्टामा थप १० को मृत्यु, मृतक सङ्ख्या ९७ पुग्यो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
नयाँ दिल्ली भारतमा कोरोना सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा १० जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । कोरोनाको नयाँ भेरियन्टका कारण एकै दिनमा मृत्यु भएको यो सबैभन्दा धेरै सङ्ख्या हो। जसअनुसार केरलामा ६, दिल्लीमा ३ र महाराष्ट्रमा १ जनाको मृत्यु भएको छ । जनवरीदेखि हालसम्म ९७ बिरामीको कोरोनाका कारण मृत्यु भइसकेको छ । भारतका ३१ राज्य र केन्द्र शासित प्रदेशहरूमा सक्रिय केसहरूको सङ्ख्या अहिले ७ हजार ८३३ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तर, आइतबार कुनै नयाँ केस दर्ता भएको छैन । तर, यसबिचमा हिजो मात्रै १७ बिरामीहरू निको भएका छन्। केरलामा २ हजार ७ वटा केसहरू छन्, जो भारतको अन्य राज्य भन्दा सबैभन्दा उच्न हो, त्यसपछि गुजरातमा १ हजार ४४१ सक्रिय केसहरू र पश्चिम बङ्गालमा ७४७ सक्रिय केसहरू अझै सक्रिय रहेका छन्। ...
विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहने

विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहनेगरी कानुन तर्जुमा गरिने स्पष्ट पारेका छन् । प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा विद्यालय शिक्षाका सम्बन्धमा सरकारको धारणा प्रस्तुत गर्दै उनले विद्यालय शिक्षा केन्द्रमा ल्याउने सरकारको कुनै योजना नरहेको बताए । मन्त्री पन्तले भने, ‘माध्यमिक तहसम्मको शिक्षा पालिका तहको अधिकार क्षेत्रभित्र पर्छ भन्नेमा हामी ढुक्क हुनुपर्छ।शिक्षक संगठनले उठाएका मर्यादासहितका कतिपय पक्षमा पालिका नेतृत्वले ध्यान पुर्‍याउनेछ, एसइई परीक्षा सञ्चालनको अधिकार भने प्रदेशलाई दिन उपयुक्त हुनेछ।’ शिक्षा इकाइलाई तीन तहको समन्वयका साथ काम गर्ने संरचना बनाउन उपयुक्त हुने धारणा व्यक्त गर्दै मन्त्री पन्तले भने, ‘स्थानीय तहमा तत्काल शिक्षक भर्ना र सरुवाको अधिकार चाहिन्छ भन्न...
नेपालले बंगलादेशमा नियमित ४० मेगावाट विद्युत निर्यात सुरु 

नेपालले बंगलादेशमा नियमित ४० मेगावाट विद्युत निर्यात सुरु 

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, समाचार
काठमाडौं नेपालले आजदेखि बंगलादेशमा नियमित रूपमा ४० मेगावाट विद्युत निर्यात गर्न थालेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले शनिबार रातिदेखि नै यो विद्युत निर्यात सुरु भएको जानकारी दिएका छन्। मन्त्री खड्काले आजको दिनलाई ऐतिहासिक उपलब्धि भएको बताएका छन्।गत वर्षबाटै नेपालले बंगलादेशलाई एकदिनका लागि विद्युत निर्यात गरेको थियो, जुन औपचारिकता मात्र थियो। अब भने नियमित रुपमा नेपालबाट तेस्रो मुलुकमा विद्युत निर्यात हुन थालेको छ। नेपालले भारतको ग्रिडमार्फत बंगलादेशलाई विद्युत पठाउन थालेको हो। साथै ऊर्जा मन्त्री खड्काले बिहार राज्यलाई समेत ८० मेगावाट विद्युत निर्यात थालिएको बताए। ...
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने

प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति
काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने निश्चित भएको छ । प्रधानमन्त्री ओलीकाे भारत भ्रमण पछिल्लो भेटघाटले निश्चित भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । भारत भ्रमणमा जाने मिति तय भइनसके पनि तयारी भने थालिएको मन्त्रालयका एक अधिकारीले बताए । परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावास यसकाे तयारीमा जुटेको छ । भ्रमणमा के–के विषयमा छलफल हुने, समझदारी र सम्झौता हुने त्यसको खाका तयार भइरहेको मन्त्रालय स्रोतको भनाइ छ । मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले तयारी धेरै अघिदेखि भएको र पछिल्लो अपडेट के छ त्यो बुझेर मात्र भन्न सकिने बताए । भ्रमणको मिति तय भइसकेपछि सबैलाई यसबारे जानकारी दिइने उनले बताए । प्रधानमन्त्री ओली असार १५ गते स्पेन भ्रमणमा जाँदैछन् । उताबाट फर्केपछि भारत भ्रमण तालिकाबारे छलफल हुने उनको भनाइ थियो । भारतीयसँग ओलीको सम्बन्ध चिसिँदै ग...
लुम्बिनी प्रदेशको बजेट भाेलि प्रदेश सभामा प्रस्तुत हुँदै

लुम्बिनी प्रदेशको बजेट भाेलि प्रदेश सभामा प्रस्तुत हुँदै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
दाङ लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि असार १ गते बजेट प्रस्तुत गर्ने भएको छ । आइतबार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले "राजश्व र व्ययको वार्षिक अनुमान" प्रदेश सभामा प्रस्तुत गर्नुहुने सम्भावीत कार्यसूचीमा समावेश गरिएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार मन्त्री कार्कीले वार्षिक बजेट प्रस्तुत गर्नुका साथै “प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक” पनि सभामा पेश गर्नुहुनेछ । सरकारले यस वर्षको बजेटमा प्रदेशको समृद्धि र विकाससँग जोडिएका मुख्य क्षेत्रहरूलाई प्राथमिकतामा राखेको छ । कृषि, उद्योग, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट केन्द्रित गर्ने सरकारको तयारी छ । मुख्यमन्त्...
अखिलको अध्यक्षमा सुजन कडरिया निर्वाचित, महासचिवमा दीपक धामी

अखिलको अध्यक्षमा सुजन कडरिया निर्वाचित, महासचिवमा दीपक धामी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ नेकपा एमालेनिकट अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित भएका छन्। काठमाडौँको कीर्तिपुरमा अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशनअन्तर्गत बिहीबार सम्पन्न मतदानबाट देशभरिका प्रतिनिधिले कडरियाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। कडरियाले प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतले पछि पारे। कडरियाले ७३२ मत ल्याएर विजयी बन्दा पौडेलले ७२५ मत पाए। यस्तै उपाध्यक्षमा विकास श्रेष्ठ र अञ्जना सिवाकोटी विजयी भएका छन् भने महासचिव दीपक धामी निर्वाचित भएका छन्। उपमहासचिवमा कमल जोशी, सचिव आकाश घर्ती, रचना सापकोटा, गोपाल नेपाल र सबिम बाबु खान विजयी भएका छन्।विभिन्न आयोगका अध्यक्षमा प्रकाश विष्ट, सुमन घिमिरे, जितप्रसाद सिटौला निर्वाचित भएका छन्। १५५१ मतदातामा रहेको अखिलमा १४५० मत खसेको थियो । विद्युतीय म...
तीनकुने घटना: दुर्गा प्रसाईँसहित ७ जनालाई थुनामै राख्न जिल्ला अदालतको आदेश

तीनकुने घटना: दुर्गा प्रसाईँसहित ७ जनालाई थुनामै राख्न जिल्ला अदालतको आदेश

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौँ जिल्ला अदालत काठमाडौँले दुर्गा प्रसाईंलाई थुनामै राखेर मुद्दाको बाँकी कारबाही अघि बढाउन आदेश दिएको छ। न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार मध्यराति गरेको आदेशअनुसार दुर्गा प्रसाईंसहित ७ जना अभियुक्त यस मुद्दाको किनारा नलाग्दासम्म थुनामै बस्नुपर्नेछ। यद्यपि जिल्ला अदालतको आदेश चित्त नबुझे उच्च अदालत जाने कानुनी बाटो भने खुला छ। जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाइएकाहरुमा तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशब बस्नेत र कुमार तामाङ छन्। अन्य ३२ अभियुक्तलाई धरौटीमा छाड्न अदालतले भनेको छ। चैत १५ गतेको राजावादी प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गएको थियो। आन्दोलनकारीले आगो लगाउँदा पत्रकार सुरेश रजकको जलेर ज्यान गएको थियो। निजी तथा सार्वजनिक घर तथा सम्पत्ति तोडफोड, आगजनी र लुटपाट पनि...
प्रतिनिधिसभा अवरोध हटाउन सभामुख र प्रचण्डबीच छलफल

प्रतिनिधिसभा अवरोध हटाउन सभामुख र प्रचण्डबीच छलफल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ प्रतिनिधि सभाको अवरोध हटाउन सभामुख देवराज घिमिरे र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल जारी छ।छलफलमा उपसभामुख इन्दिरा रानामगर र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे पनि सहभागी छन्। विपक्षी दलहरू गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणमा छानबिन गर्नुपर्ने अडानमा रहेकाले संसद् अवरुद्ध गरिरहेका छन्। उनीहरूले जेठ १३ गतेदेखि सदन अवरुद्ध पार्दै आएका छन्। जेठ १५ मा बजेट पेस गर्ने भनिए पनि विपक्षी दलहरूले सबै बैठकमा विरोध जनाउँदै आएका छन्। सत्तापक्ष भने गृहमन्त्रीमाथि छानबिन हुन नसक्ने दोहोर्‍याउँदै आएको छ। ...
भारतकाे अहमदाबाद विमान दुर्घटनामा ५२ जना बेलायती नागरिक रहेको पुष्टि

भारतकाे अहमदाबाद विमान दुर्घटनामा ५२ जना बेलायती नागरिक रहेको पुष्टि

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार
काठमाडौं भारतको गुजरात राज्यस्थित अहमदाबाद विमानस्थलबाट उडेको एयर इण्डियाको एक अन्तर्राष्ट्रिय उडान केही समयमै दुर्घटनामा परेको छ। दुर्घटनाग्रस्त विमानमा २४२ जना यात्रु सवार थिए, जसमा चालक दलका सदस्यहरू पनि थिए। भारतीय सञ्चारमाध्यमहरूका अनुसार जहाजमा ५२ जना बेलायती नागरिक थिए, साथै ६ जना पोर्चुगलका र १ जना क्यानडाली नागरिक पनि सवार रहेको पुष्टि भएको छ। भारतीय समयअनुसार दिउँसो १ बजेर ३८ मिनेटमा उडेको बोइङ ७८७-८ ड्रीमलाइनर विमान दुई मिनेटमै भुईंमा खसिएको बताइएको छ। जहाज लन्डनका लागि उडेको थियो। दुर्घटनाको यकिन कारण भने हालसम्म सार्वजनिक गरिएको छैन, तर दृश्यहरूले विमानस्थल क्षेत्र वरिपरि बाक्लो कालो धुवाँ देखिएको जनाइएको छ। दुर्घटनापछि तुरुन्तै सातवटा दमकलसहित आपतकालीन सेवा टोली घटनास्थलमा पुगेको छ। प्रारम्भिक विवरण अनुसार उद्धार कार्य तीव्र रूपमा अघि बढाइएको छ भने यात्रुहरूको ...
दुम्कीबासको डाइभर्सन बाढीले बगायो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

दुम्कीबासको डाइभर्सन बाढीले बगायो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार
नवलपरासी पूर्वको दुम्किवासमा बाढीले ‘डाइभर्सन’ बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । आज बिहान आएको बाढीले विनयी खोलामा बनाइएको डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए । डाइभर्सन गरिएको स्थान बाढीले बगाएपछि साना तथा यात्रुवाहक सवारीलाई होङ्सी सिमेन्ट उद्योगको गेट हुँदै सर्दीतर्फको बाटोबाट सञ्चालन गरिएको छ । गत पुसमा भारततर्फबाट आउने ओभरलोड गाडी गुड्दा अधिक भारका कारण पुल भाँचिएको थियो । पुल भत्किने जोखिम बढेपछि अधिक भारवहन भएका गाडी डाईभर्सनबाट गुड्ने गरेका थिए । यसैबीच, बुटवल–नारायणगढ सडक विस्तार आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार नयाँ बनाइएको पुल दोस्रो सातादेखि सञ्चालन गर्ने योजना छ । ...