प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने


काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने निश्चित भएको छ ।

प्रधानमन्त्री ओलीकाे भारत भ्रमण पछिल्लो भेटघाटले निश्चित भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । भारत भ्रमणमा जाने मिति तय भइनसके पनि तयारी भने थालिएको मन्त्रालयका एक अधिकारीले बताए ।

परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावास यसकाे तयारीमा जुटेको छ । भ्रमणमा के–के विषयमा छलफल हुने, समझदारी र सम्झौता हुने त्यसको खाका तयार भइरहेको मन्त्रालय स्रोतको भनाइ छ । मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले तयारी धेरै अघिदेखि भएको र पछिल्लो अपडेट के छ त्यो बुझेर मात्र भन्न सकिने बताए । भ्रमणको मिति तय भइसकेपछि सबैलाई यसबारे जानकारी दिइने उनले बताए ।

प्रधानमन्त्री ओली असार १५ गते स्पेन भ्रमणमा जाँदैछन् । उताबाट फर्केपछि भारत भ्रमण तालिकाबारे छलफल हुने उनको भनाइ थियो ।

भारतीयसँग ओलीको सम्बन्ध चिसिँदै गएको देखिएको छ । ओलीले भारत भ्रमणमा जाने इच्छा देखाए पनि भारतबाट निम्तो भने आएको थिए । तर पछिल्लो समय, खासगरी पहलगाम घटनापछि सम्बन्धमा सुधार राजनीतिक वृत्तमा चर्चा हुने गरेको छ ।

त्यसो त ओली र भारतीय प्रधानमन्त्री मोदीबिच दुई पटक भेटघाटसमेत भइसकेको छ । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका गएका वेला असोज ७ गते र थाइल्याण्डमा भएको बिम्स्टेक बैठकमा दुई देशका प्रधानमन्त्रीबिच भेटघाट भएको थियो ।

अमेरिकामा भएको भेट त्यति महत्वपूर्ण नभए पनि थाइल्याण्डमा भने महत्त्वपूर्ण भेट भएको मानिएको छ, जहाँ दुवै देशका प्रधानमन्त्रीले एक्लाएक्लै भेट गरेका थिए ।

छुटाउनुभयो कि ?

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौंदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४...
दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दाङलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वडादशैंले नेपालीबीच आपसी सद्भाव, भाइचारा, राष्ट्रिय एकता र सहकार्यको भाव...
लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

काठमाडौंलगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । उनी ललितपुरको सानेपाबाट पक्राउ परेका...
बडादशैं: आज आठौँ दिन महागौरी देवीको पूजा आराधना गरिँदै

बडादशैं: आज आठौँ दिन महागौरी देवीको पूजा आराधना गरिँदै

बुटवलबडादसैँ तथा नवरात्रको आठौँ दिन आज नवदुर्गामध्येकी महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । आश्विन शुक्ल अष्टमीका ...