भारतकाे अहमदाबाद विमान दुर्घटनामा ५२ जना बेलायती नागरिक रहेको पुष्टि


काठमाडौं

भारतको गुजरात राज्यस्थित अहमदाबाद विमानस्थलबाट उडेको एयर इण्डियाको एक अन्तर्राष्ट्रिय उडान केही समयमै दुर्घटनामा परेको छ। दुर्घटनाग्रस्त विमानमा २४२ जना यात्रु सवार थिए, जसमा चालक दलका सदस्यहरू पनि थिए। भारतीय सञ्चारमाध्यमहरूका अनुसार जहाजमा ५२ जना बेलायती नागरिक थिए, साथै ६ जना पोर्चुगलका र १ जना क्यानडाली नागरिक पनि सवार रहेको पुष्टि भएको छ।

भारतीय समयअनुसार दिउँसो १ बजेर ३८ मिनेटमा उडेको बोइङ ७८७-८ ड्रीमलाइनर विमान दुई मिनेटमै भुईंमा खसिएको बताइएको छ। जहाज लन्डनका लागि उडेको थियो। दुर्घटनाको यकिन कारण भने हालसम्म सार्वजनिक गरिएको छैन, तर दृश्यहरूले विमानस्थल क्षेत्र वरिपरि बाक्लो कालो धुवाँ देखिएको जनाइएको छ।

दुर्घटनापछि तुरुन्तै सातवटा दमकलसहित आपतकालीन सेवा टोली घटनास्थलमा पुगेको छ। प्रारम्भिक विवरण अनुसार उद्धार कार्य तीव्र रूपमा अघि बढाइएको छ भने यात्रुहरूको अवस्थाबारे आधिकारिक विवरण आउन बाँकी छ। भारतीय प्रशासनले अनुसन्धान अघि बढाइसकेको छ।

छुटाउनुभयो कि ?

दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दाङलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वडादशैंले नेपालीबीच आपसी सद्भाव, भाइचारा, राष्ट्रिय एकता र सहकार्यको भाव...
लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

काठमाडौंलगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । उनी ललितपुरको सानेपाबाट पक्राउ परेका...
बडादशैं: आज आठौँ दिन महागौरी देवीको पूजा आराधना गरिँदै

बडादशैं: आज आठौँ दिन महागौरी देवीको पूजा आराधना गरिँदै

बुटवलबडादसैँ तथा नवरात्रको आठौँ दिन आज नवदुर्गामध्येकी महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । आश्विन शुक्ल अष्टमीका ...
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

काठमाडौंस्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाका अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गरा...