लुम्बिनी प्रदेशको बजेट भाेलि प्रदेश सभामा प्रस्तुत हुँदै


दाङ

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि असार १ गते बजेट प्रस्तुत गर्ने भएको छ ।

आइतबार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले “राजश्व र व्ययको वार्षिक अनुमान” प्रदेश सभामा प्रस्तुत गर्नुहुने सम्भावीत कार्यसूचीमा समावेश गरिएको छ ।

प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार मन्त्री कार्कीले वार्षिक बजेट प्रस्तुत गर्नुका साथै “प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक” पनि सभामा पेश गर्नुहुनेछ ।

सरकारले यस वर्षको बजेटमा प्रदेशको समृद्धि र विकाससँग जोडिएका मुख्य क्षेत्रहरूलाई प्राथमिकतामा राखेको छ ।

कृषि, उद्योग, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट केन्द्रित गर्ने सरकारको तयारी छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रमको जगमा उभिएर बजेट ल्याइने उल्लेख गर्नुहुँदै यस बजेटले समग्र लुम्बिनी प्रदेशको समृद्धि र विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नु भएको छ ।

प्रदेश सरकारको नीति तथा कार्यक्रमको निरन्तरतामा आधारित यो बजेटले प्रदेशवासीको जीवनस्तर उकास्ने विश्वास सरकार लिएको छ । लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक बर्षमा ३८ अर्ब ९७ कराेडकाे बजेट ल्याएको छ । याे आकारकाे तुलनामा आगामी बर्षकाे बजेट घटाएर ल्याउने तयारी सरकारले गरेकाे छ ।

छुटाउनुभयो कि ?

दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दाङलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वडादशैंले नेपालीबीच आपसी सद्भाव, भाइचारा, राष्ट्रिय एकता र सहकार्यको भाव...
लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

काठमाडौंलगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । उनी ललितपुरको सानेपाबाट पक्राउ परेका...
बडादशैं: आज आठौँ दिन महागौरी देवीको पूजा आराधना गरिँदै

बडादशैं: आज आठौँ दिन महागौरी देवीको पूजा आराधना गरिँदै

बुटवलबडादसैँ तथा नवरात्रको आठौँ दिन आज नवदुर्गामध्येकी महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । आश्विन शुक्ल अष्टमीका ...
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

काठमाडौंस्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाका अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गरा...