कोरोनाबाट भारतमा २४ घण्टामा थप १० को मृत्यु, मृतक सङ्ख्या ९७ पुग्यो


नयाँ दिल्ली

भारतमा कोरोना सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा १० जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

कोरोनाको नयाँ भेरियन्टका कारण एकै दिनमा मृत्यु भएको यो सबैभन्दा धेरै सङ्ख्या हो। जसअनुसार केरलामा ६, दिल्लीमा ३ र महाराष्ट्रमा १ जनाको मृत्यु भएको छ । जनवरीदेखि हालसम्म ९७ बिरामीको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

भारतका ३१ राज्य र केन्द्र शासित प्रदेशहरूमा सक्रिय केसहरूको सङ्ख्या अहिले ७ हजार ८३३ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तर, आइतबार कुनै नयाँ केस दर्ता भएको छैन ।

तर, यसबिचमा हिजो मात्रै १७ बिरामीहरू निको भएका छन्। केरलामा २ हजार ७ वटा केसहरू छन्, जो भारतको अन्य राज्य भन्दा सबैभन्दा उच्न हो, त्यसपछि गुजरातमा १ हजार ४४१ सक्रिय केसहरू र पश्चिम बङ्गालमा ७४७ सक्रिय केसहरू अझै सक्रिय रहेका छन्।

छुटाउनुभयो कि ?

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

काठमाडौंफ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा देखिएका समस्याविरुद्ध शनिबार भएको ...
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौंदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४...
दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दाङलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वडादशैंले नेपालीबीच आपसी सद्भाव, भाइचारा, राष्ट्रिय एकता र सहकार्यको भाव...
लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

काठमाडौंलगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । उनी ललितपुरको सानेपाबाट पक्राउ परेका...