अखिलको अध्यक्षमा सुजन कडरिया निर्वाचित, महासचिवमा दीपक धामी


काठमाडौँ

नेकपा एमालेनिकट अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित भएका छन्।

काठमाडौँको कीर्तिपुरमा अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशनअन्तर्गत बिहीबार सम्पन्न मतदानबाट देशभरिका प्रतिनिधिले कडरियाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

कडरियाले प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतले पछि पारे। कडरियाले ७३२ मत ल्याएर विजयी बन्दा पौडेलले ७२५ मत पाए।

यस्तै उपाध्यक्षमा विकास श्रेष्ठ र अञ्जना सिवाकोटी विजयी भएका छन् भने महासचिव दीपक धामी निर्वाचित भएका छन्।

उपमहासचिवमा कमल जोशी, सचिव आकाश घर्ती, रचना सापकोटा, गोपाल नेपाल र सबिम बाबु खान विजयी भएका छन्।विभिन्न आयोगका अध्यक्षमा प्रकाश विष्ट, सुमन घिमिरे, जितप्रसाद सिटौला निर्वाचित भएका छन्। १५५१ मतदातामा रहेको अखिलमा १४५० मत खसेको थियो । विद्युतीय मेसिनमार्फत मतदान भएको थियो। अध्यक्षमा कडरिया र पौडेलबीच कडा प्रतिस्पर्धा भएको थियो ।

छुटाउनुभयो कि ?

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डको नाखोन राचासिमा प्रान्तमा काम गर्दै गरेको क्रेन गुड्दै गरेको रेलमाथि खस्दा कम्तीमा २२ ज्यान गएको छ भने ७९ जना घ...
नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...