अखिलको अध्यक्षमा सुजन कडरिया निर्वाचित, महासचिवमा दीपक धामी


काठमाडौँ

नेकपा एमालेनिकट अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित भएका छन्।

काठमाडौँको कीर्तिपुरमा अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशनअन्तर्गत बिहीबार सम्पन्न मतदानबाट देशभरिका प्रतिनिधिले कडरियाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

कडरियाले प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतले पछि पारे। कडरियाले ७३२ मत ल्याएर विजयी बन्दा पौडेलले ७२५ मत पाए।

यस्तै उपाध्यक्षमा विकास श्रेष्ठ र अञ्जना सिवाकोटी विजयी भएका छन् भने महासचिव दीपक धामी निर्वाचित भएका छन्।

उपमहासचिवमा कमल जोशी, सचिव आकाश घर्ती, रचना सापकोटा, गोपाल नेपाल र सबिम बाबु खान विजयी भएका छन्।विभिन्न आयोगका अध्यक्षमा प्रकाश विष्ट, सुमन घिमिरे, जितप्रसाद सिटौला निर्वाचित भएका छन्। १५५१ मतदातामा रहेको अखिलमा १४५० मत खसेको थियो । विद्युतीय मेसिनमार्फत मतदान भएको थियो। अध्यक्षमा कडरिया र पौडेलबीच कडा प्रतिस्पर्धा भएको थियो ।

छुटाउनुभयो कि ?

दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दाङलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वडादशैंले नेपालीबीच आपसी सद्भाव, भाइचारा, राष्ट्रिय एकता र सहकार्यको भाव...
लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

काठमाडौंलगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । उनी ललितपुरको सानेपाबाट पक्राउ परेका...
बडादशैं: आज आठौँ दिन महागौरी देवीको पूजा आराधना गरिँदै

बडादशैं: आज आठौँ दिन महागौरी देवीको पूजा आराधना गरिँदै

बुटवलबडादसैँ तथा नवरात्रको आठौँ दिन आज नवदुर्गामध्येकी महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । आश्विन शुक्ल अष्टमीका ...
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

काठमाडौंस्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाका अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गरा...