Author: संचार पत्र

पूर्वमन्त्री टोपबहादुर रायमाझीको मुद्दामा १८ गते पेसी

पूर्वमन्त्री टोपबहादुर रायमाझीको मुद्दामा १८ गते पेसी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौँ नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्षदेखि पुर्पक्षका लागि थुनामा रहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको मुद्दामा जाहेरीवाला र साक्षीको वकपत्र ९बयान० सकिएपछि यही साउन १८ गतेका लागि पेसी तोकिएको छ ।     पूर्वउपप्रधानमन्त्री एवं अर्घाखाँचीबाट निर्वाचित भई हाल निलम्बित सांसद रायमाझीसहित अन्य विरुद्धको सो मुद्दामा जाहेरी र साक्षीको इन्कारी वकपत्रसँगै कागज गर्नेहरूको पनि बयान सकिएकाले यही साउन १८ गतेका लागि पेसी तोकिएको काठमाडौँ अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।     ‘ठगी लिखत कीर्ते र राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसुर’ को उक्त मुद्दाको साक्षी वकपत्र प्रस्तुत गर्दै प्रेमराज पन्थीले तत्कालीन अवस्थामा जिल्ला प्रहरी कार्यालय टेकुमा जाहेरीपत्रमा हस्ताक्षर मात्र गरेको र अन्य व्यहोरा आफ्नो नभएको उल्लेख गरे ।      कानुन...
कपिलवस्तुमा अनाथ बालबालिकालाई खाद्यान्न बितरण

कपिलवस्तुमा अनाथ बालबालिकालाई खाद्यान्न बितरण

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
कपिलवस्तु, साउन ७— शहीद मनोज-भुपेन्द्र-सुरेन्द्र स्मृति दिवस २०८२ को अवसरमा कपिलवस्तुको तौलिहवामा रहेको बालमन्दिरका ३० जना अनाथ बालबालिकालाई लक्षित गर्दै खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति कपिलवस्तुको आयोजनामा बुधबार भएको कार्यक्रममा केन्द्रिय सदस्य तथा कपिलवस्तु इञ्चार्ज प्रकाश गौतम प्रमुख अतिथि रहनुभएको थियो भने अध्यक्षता जिल्ला अध्यक्ष केशवराज मरासिनीले गर्नुभएको थियो। विशेष अतिथिको रूपमा बालमन्दिरका अध्यक्ष गोपालमणि ज्ञवाली, पेशागत महासंघ कपिलवस्तु अध्यक्ष बाबुराम शर्मा, राष्ट्र सेवक सहकारीका अध्यक्ष सन्तोष थापा, पूर्व अध्यक्ष तथा सल्लाहकार संयोजक रामचन्द्र अर्याल, र कर्मचारी श्यामसुन्दर चौधरीको जोडिले आर्थिक सहयोग गर्नु भएको कार्यक्रमको संचालन संगठनका सचिव दिपक पाण्डेले गर्नुभएको थियो। मन्तव्य राख्ने क्रममा प्रमुख...
पुष्पलालले स्थापना गरेकाे नेपालकाे कम्युनिस्ट आन्दोलन अन्तर्राष्ट्रिय कम्युनिस्ट लागि पाठशाला : उपाध्यक्ष पाैडेल

पुष्पलालले स्थापना गरेकाे नेपालकाे कम्युनिस्ट आन्दोलन अन्तर्राष्ट्रिय कम्युनिस्ट लागि पाठशाला : उपाध्यक्ष पाैडेल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवल नेकपा एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पाैडलले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठकाे कम्युनिस्ट विचारधारा र आन्दाेलन नेपाल मात्र नभएर विश्वभरका कम्युनिस्टहरूका लागि आधार रहेकाे वताए । ४७ औं पुस्पलाल स्मृति दिवसकाे अवसरमा बुधबार बुटवलमा आयोजित बिचार गाेष्ठिलाई सम्बाेधन गर्दै अर्थमन्त्री पाैडेलले मार्क्सवादबाट बाहेक समाज रूपान्तरण हुन सक्दैन भन्ने मान्यताका साथ पुष्पलालले कम्युनिस्ट पार्टी निर्माण गरेको उल्लेख गरे । अहिले वहस चलिरहेको विषयलाई सम्वाेधन गर्दै उनले पुर्व राष्ट्रपति विद्यादेवि भण्डारीकाे पार्टी सदस्यता नविकरण नहुने बताएका छन् । पार्टी सदस्यता कायम रहेकाकाे मात्रै सदस्यता नविकरण हुने भन्दै उपाध्यक्ष पाैडेलले राष्ट्रपति हुनुअघि पुर्व राष्ट्रपति भण्डारीले पार्टी सदस्यता त्यागेकाेले नविकरण गर्न नमिल्ने स्पष्ट पारे । पुर्व रा...
आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । यस्तै, सभामुख देवराज घिमिरेले ‘राष्ट्रियसभामा उत्पति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने छन् । त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । ...
नेपाल प्रहरीका ११ डीएसपी एसपीमा बढुवा

नेपाल प्रहरीका ११ डीएसपी एसपीमा बढुवा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौ बढुवा सिफारिस समितिको बैठकले नेपाल प्रहरीका ११ जना डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको छ। बढुवा सिफारिस हुनेमा अनिलकुमार खड्का, महेश थापा, दिपेन्द्र पंजियार थारू, महेन्द्र नेपाल, रूपक खड्का, प्रेम सागर केसी, डिलबहादुर मल्ल, केशब भट्टराई, भुवनेश्वर प्रसाद साह, सुनिल मल्ल र दिपक खड्का छन्। ...
पूर्वानुमान कहिलेकाहीँ नमिल्न पनि सक्छ, तर मौसमी सूचनालाई गम्भीर रुपमा लिनुपर्छ

पूर्वानुमान कहिलेकाहीँ नमिल्न पनि सक्छ, तर मौसमी सूचनालाई गम्भीर रुपमा लिनुपर्छ

Breaking news 1, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
पानी पर्छ कि पर्दैन भन्ने कुरा माथिल्लो वायुमण्डलमा भइरहेका गतिविधिका आधारमा पूर्वानुमान गरिन्छ । तर त्यहाँको अवस्था कहिलेकाहीँ स्पष्ट नहुने भएकाले पूर्वानुमान कहिले मिल्छ कहिले नमिल्न सक्छ । त्यही वायुमण्डलीय गतिविधिको अध्ययनले कतिपय ठाउँको मौसम सटिक रूपमा अनुमान गर्न सकिन्छ भने कतिपय ठाउँमा त्यही आधार अपूरो हुन सक्छ । अहिलेको अवस्थासमेत त्यही हो । सटेलाइटबाट प्राप्त विभिन्न सूचनाका आधारमा मौसम पूर्वानुमान गरिन्छ । पूर्वानुमानमा थुप्रै सङ्केत (सूचक) प्रयोग गरिन्छ, जसमध्ये एउटा बादलको अवस्था पनि हो । बादल देखिएपछि त्यहाँ पानी पर्न सक्छ भन्ने अनुमान गरिन्छ । तर बादल देखिए पनि त्यो ठाउँमा वर्षा नहुन पनि सक्छ । त्यसैले पूर्वानुमान अनुमानमै आधारित हुने हुँदा कहिलेकाहीँ फरक पर्न सक्छ । मौसम पूर्वानुमान प्रणालीलाई कम विश्वसनीय भन्न मिल्दैन । तर जलवायु परिवर्तनका कारण मौसममा छिटो पर...
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न

देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न

Breaking news 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
बुटवल – यस वर्ष देशभर करिब ७२ प्रतिशत रोपाइँ सकिएको छ । गएको वर्षको यही अवधिको तुलनामा रोपाइँ १२ प्रतिशतले कम हो ।देशभर करिब १० लाख हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।देशभर करिब १४ लाख हेक्टर जमिनमा रोपाइँ हुने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९७ प्रतिशत रोपाइँ भएको छ भने कर्णाली र लुम्बिनी प्रदेशमा ८८ प्रतिशत रोपाइँ सकिएको छ ।मन्त्रालयका अनुसार मनसुनले साथ दिएमा साउनको अन्तिम हप्तासम्म ९८ प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ । धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र उपयुक्त मानिन्छ । यो क्षेत्रबाट धानको उत्पादकत्वमा वृद्धि भई कुल उत्पादनको ७० प्रतिशत योगदान छ । पहाडी क्षेत्रमा ३० प्रतिशत उत्पादन हुने गरेको मन्त्रालयको तथ्याङ्क छ । मौसमको प्रतिकूलता, दैवी प्रक...
‘डार्क फाइल’ लाई अडियो उपलब्ध गराउने राजकुमार तिमल्सिना पक्राउ

‘डार्क फाइल’ लाई अडियो उपलब्ध गराउने राजकुमार तिमल्सिना पक्राउ

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँ सिधाकुरा डटकमको ‘डार्क फाइल’ कार्यक्रमलाई फेक अडियो उपलब्ध गराएको अभियोगमा सजाय तोकिएका राजकुमार तिमल्सिना पक्राउ परेका छन् । उनी इटहरीबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए । सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी र पत्रकारलाई लाञ्छना लगाउने गरी तयार गरिएको सो अडियो ‘फेक’ भएको पुष्टि भएको थियो । उनलाई सर्वोच्च अदालतले दोषी ठहर गर्दै गत असोजमा ६ महिना सजाय तोकेको थियो । उनी त्यसयता फरार रहेका थिए । अदालतले दुई पत्रकारलाई सर्तसहित ३ महिनाको कैद सजाय सुनाएको थियो भने तिमल्सिनालाई सर्त विना ६ महिना सुनाइएको थियो। ...
आगामी निर्वाचनमा एमालेलाई बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैन : ओली

आगामी निर्वाचनमा एमालेलाई बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैन : ओली

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी (२०८४) सालको निर्वाचनमा एमालेलाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने बताएका छन् ।  पार्टी कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटी बैठकलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन् ।  ‘पार्टीमा एकताबद्ध र एक ढिक्का भएर अघि बढ्ने हो । एकताबद्ध भएर अघि बढ्दा २०८४ मा हामीलाई बहुमत ल्याउन कसैले रोक्दैन, छेक्न सक्दैन’, बैठकमा ओलीको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘हामीले देखेकै हो सुनेकै हो केपी ओली बिनाको एमाले, एमाले विनाको नेपाल बनाउँछौ भनेकै थिए तर अहिले पनि सरकारको नेतृत्व गरेका छौ । १३ महिना भइसक्यो सरकारको नेतृत्व गरेको ।’ ...
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ पी अन्तर्गत रिजन १४ का जोनहरुमा प्रि-जोन मिटिङ सम्पन्न

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ पी अन्तर्गत रिजन १४ का जोनहरुमा प्रि-जोन मिटिङ सम्पन्न

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ पी अन्तर्गत रिजन१४ का सबै जोन ३०, ३१ र ३२का डिस्ट्रिक्ट गभर्नरको एडभाइजरी कमिटी मिटिङ प्रि-जोन मिटिङ सम्पन्न गरेको छ। जोन ३० का लागि ८२ असार ३० गते, जोन ३० को प्रि-जोन मिटिङ जोन चेयरपर्सन लायन रितु गुरुङको अध्यक्षतामा दियालो फुड ल्याण्ड, कलिका नगरमा सम्पन्न गरेकाे छ। मिटिङमा एरिया ४ चिफ कोर्डिनेटर लायन प्रबिना घिमिरे तथा रिजन चेयरपर्सन लायन ओम थापाको उपस्थितिमा जोन अन्तर्गतका क्लबहरू एलसीबी मणिउजेश, एलसीबी सिद्धार्थ, एलसी रुपन्देही, एलसी रुपन्देही तुल्सी का अध्यक्ष, उपाध्यक्ष, सचिव ,कोषाध्यक्ष सहभागी भएका थिए। डिस्ट्रिक्टबाट उपलब्ध गराइएका विविध एजेन्डामा छलफल गरी बैठक सम्पन्न गरेकाे छ। जोन ३१ का लागि ८२ श्रावण ३ गते, जोन ३१ को प्रि-जोन मिटिङ जोन चेयरपर्सन लायन नारायण तिवारीको अध्यक्षतामा अल्फा क्याफे, होराइजन चोकमा ...