Author: संचार पत्र

नेपाल–भारत खुला सिमाबाट हुने आप्रवासन रोक्न भारतीय गृह मन्त्रालयद्वारा नयाँ नियम जारी

नेपाल–भारत खुला सिमाबाट हुने आप्रवासन रोक्न भारतीय गृह मन्त्रालयद्वारा नयाँ नियम जारी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार
काठमाडौंनेपालकाे सिमाबाट हुने आप्रवासन रोक्न भारतको गृह मन्त्रालयले नयाँ नियम जारी गरेको छ । नेपाल–भारत खुला सीमाका कारण भारतमा हुने आप्रवासनलाई नियन्त्रण गर्न भारतको केन्द्रीय गृह मन्त्रालयले अध्यागमन तथा विदेशी ऐन, २०२५ अन्तर्गत नयाँ नियमहरू जारी गरेको हाे । भारतीय पत्रिका टाइम्स अफ इन्डियामा प्रकाशित समाचारअनुसार सेप्टेम्बर १ देखि लागु भएका यी नियमहरूले ब्युरो अफ इमिग्रेसन (बीओआई)लाई शक्तिशाली बनाएको छ । यसले ठगीको प्रभावकारी अनुसन्धान गर्न, गैरकानुनी आप्रवासीहरूलाई निष्कासन गर्न राज्यका अधिकारीहरूसँग मिलेर काम गर्न र एक केन्द्रीय डेटाबेस कायम राख्नसक्ने समाचारमा उल्लेख छ । यी नयाँ नियमहरूले भारतको नेपालसँग सीमा जोडिएको उत्तर प्रदेश राज्यमा हुने आप्रवासनलाई नियन्त्रण गर्न मद्दत पुग्ने टाइम्स अफ इन्डियाले जनाएको छ । यसले पिलिभित, लखिमपुर खेरी, बहराइच, श्रावस्ती, बलरामपुर, सिद्...
प्रतिनिधि सभाको बैठक बस्दै, मन्त्रीहरुले मौखिक प्रश्नहरुको जवाफ दिने

प्रतिनिधि सभाको बैठक बस्दै, मन्त्रीहरुले मौखिक प्रश्नहरुको जवाफ दिने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौंआज संघीय संसद प्रतिनिधि सभाको छैटौं अधिवेशनको ६१औं बैठक बस्दैछ । आजको बैठक दिउसो १ बजेदेखि शुरु हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ । त्यस्तै आजको बैठकमा सभामुखले 'नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्' भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।त्यसैगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीले 'बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्' भन्ने प्रस्ताव प्रस्तुत प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सैगरी प्रधानमन्त्...
फेसबुकसहित सामाजिक सञ्जाल आएनन् दर्ता हुन, राती १२ बजेपछि बन्द हुन्छ: सरकार

फेसबुकसहित सामाजिक सञ्जाल आएनन् दर्ता हुन, राती १२ बजेपछि बन्द हुन्छ: सरकार

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, शिक्षा, समाचार, समाज
बुटवल सरकारले फेसबुकसहित सामाजिक सञ्जाल दर्ताका लागि सूचना जारी गरेको म्याद आज सकिँदै छ । सरकारले यही भदौ १२ गते सार्वजनिक सूचना जारी गर्दै अहिले नेपालमा चलिरहेका र नेपाल आउने तयारी गरिरहेका सामाजिक सञ्जाललाई अनिवार्य दर्ताका लागि भन्दै सात दिने सूचना निकालेको थियो।सरकारले मन्त्रिपरिषद्‌बाटै निर्णय गरेर सामाजिक सञ्जाललाई दर्ता हुन नआए बन्द गरिदिने चेतावनी दिएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले दिउँसो पौने ४ बजेसम्म कुनै पनि संस्था सूचीकृत हुन नआएको जानकारी दिए।उनका अनुसार राति १२ बजेसम्म उनीहरूका लागि दिएको समय बाँकी छ। ती संस्थाले एउटा इमेल लेखेर जानकारी दिए भने बन्द नहुने नत्र सर्वोच्चको आदेशअनुसार मन्त्रिपरिषद्ले नै निर्णय गरिसकेको कुरा कार्यान्वयनमा जाने उनले बताए ।सरकारले केही समयअघि टेलिग्रामलाई नेपालमा निष्क्रिय गरिसकेको छ। त्योभन्द...
सुनको मुल्य आज २ हजार बढ्यो, तोलाको कति पुग्यो ?

सुनको मुल्य आज २ हजार बढ्यो, तोलाको कति पुग्यो ?

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाली बजारमा आज सुनको मुल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको २ हजारले बढेर तोलाको २ लाख ७ हजार ९ सयमा कारोबार भइरहेको छ ।यसअघि मंगलबार सुनको मुल्य तोलाको २ लाख ५ हजार ९ सयमा कारोबार भएको थियो । यो सुनको मुल्यले हरेक दिन नयाँ किर्तिमान बनाइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले घटेर २४८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको २४८५ मा कारोबार भएको थियो । ...
नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि अन्तिम सुनुवाइ सुरु

नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि अन्तिम सुनुवाइ सुरु

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने योजना अन्तर्गत दायर मुद्दामा आजदेखि अन्तिम सुनुवाइ सुरु हुने भएको छ । जिल्ला अदालत काठमाडौँमा करिब दुई वर्षदेखि विचाराधीन रहँदै आएको उक्त मुद्दा बुधबारदेखि अन्तिम बहसका लागि पेशी तोकिएको हो । पछिल्लो समय साक्षी बयान र बकपत्र प्रक्रिया पूरा भएपछि यो मुद्दालाई नियमित साप्ताहिक पेशी सूचीमा राखिएको हो ।यस प्रकरणमा तत्कालीन जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले प्रारम्भिक प्रमाणका आधारमा पक्राउ परेकाहरूमाथि कसुर देखिँदै पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । पछिल्लो चरणमा केही अभियुक्त उच्च अदालतबाट धरौटी र तारेखमा छुटेका छन् भने बाँकी अहिले पनि थुनामै रहेका छन् । यस प्रकरणमा अघिल्ला दुई वर्ष २०८०र ८१ मा मुद्दाले प्राथमिकतै पाएन । वैशाखयता मात्रै शरणार्थी प्रकरणको मुद्दामा १० पटक साप...
अमेरिकाबाट ३७ नेपाली चार्टर विमानमार्फत बुधबार काठमाडौं ल्याइँदै

अमेरिकाबाट ३७ नेपाली चार्टर विमानमार्फत बुधबार काठमाडौं ल्याइँदै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौं अमेरिकामा रहेका ३७ नेपाली रिपोर्टमा परेका छन्। अमेरिकाले निष्कासन गरेका यी सबै नेपालीलाई बुधबार चार्टर विमानबाट काठमाडौं ल्याउने भएको हो।अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार चार्टर विमानबाट उनीहरुलाई नेपाल पठाउने सूचना आएको हो। अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो कार्यकाल राष्ट्रपति बनेपछि दुई सय बढी नेपाली डिपोर्टमा परिसकेका छन्। अध्यागमनले डिपोर्ट भएका नागरिकको विवरण सर्वजनिक नगरे पनि यसरी स्वदेश फर्किएका नेपाली विभिन्न २८ जिल्लाका छन्।बुधबार अमेरिकाले ‘उडान नम्बर एन८२८एएक्स’ जहाजबाट अवैध रुपमा बसोबास गरेका ३७ नेपाली नेपाल पठाउन लागेको हो। ट्रम्प प्रशासनले कागजबिहीन आप्रवासीलाई सुरुमा स्वदेश फर्किन अनुरोध गरेको थियो। अनुरोध स्वीकार नगर्नेलाई खोजीखोजी डिपोर्ट गर्दै आएको छ। ...
प्रधानमन्त्री ओली चीन भ्रमण सकेर आज स्वदेश फर्किदै

प्रधानमन्त्री ओली चीन भ्रमण सकेर आज स्वदेश फर्किदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदैछन् । चीनको तियानजिनमा शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओली आज स्वदेश फर्किने कार्यक्रम रहेको छ ।चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले (एससीओ) को शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए भने कैयौं महत्वपूर्ण भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जीङपीङ र उपराष्टपति हान चङसँग द्विपक्षीय भेटवार्ता गरेका छन् भने रुसका राष्ट्रपति भ्लादमिर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोङलौन सिसौलिथ, कम्बोडियाका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, भियतनामका प्रधानमन्त्री फाम मिन चिङ भेटवार्ता गरेका थिए ।प्रधानमन्त्री ओलीको भ्रमण दलमा उनकी धर्मपत्नी राधिका शाक्यसहित पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर...
अर्घाखाँचीमा श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ

अर्घाखाँचीमा श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल अर्घाखाँचीमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार प्युठानको नौ बहिनी गाउँपालिका वडा नं. १ स्याउलीबाङ घर भई विगत ८ वर्षदेखि अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं ४ पातले पोखरामा बस्दै आएका ३६ वर्षीय किरण गुरूङलाई प्रहरीले श्रीमतीको हत्या अभियोगमा पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार गुरूङले आफ्नै श्रीमती ३४ वर्षीय सुमित्रा कुमाल गुरूङको हत्या गरी घरभित्रै गाडेर घटना लुकाउने प्रयास गरेका थिए। घटना विवरण अनुसार गत भदौ १२ गते मध्याह्न १२ बजेतिर दुई जनाबीच भएको विवाद बढ्दै गएपछि किरणले श्रीमती सुमित्राको हत्या गरेका थिए। बाँसको लाठी र हँसियाको पछाडिको भागले शरीरको विभिन्न भागमा हानेर सुमित्राको हत्या गरेपछि उनले कम्बलमा पोको पारेर आफ्नै...
डा. लेखजंगले पहिलो श्रीमतीसँगको डिभोर्स गरेको कागज गरे सार्वजनिक

डा. लेखजंगले पहिलो श्रीमतीसँगको डिभोर्स गरेको कागज गरे सार्वजनिक

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
रुपन्देही रुपन्देही क्षेत्रनम्बर ३ मा हुन लागेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापाले पहिलो श्रीमतीसँग डिभोर्स भइसकेको कागजात सार्वजनिक गरेका छन् ।डा. थापाले २०७९ माघ १५ गते जिल्ला अदालत रुपन्देहीमा न्यायाधीश उमेश कोइरालाको इजलाशमा सम्बन्ध विच्छेद गरी मिलापत्र गरेको कागज सार्वजनिक गरेका हुन् ।डा. थापा रास्वपाबाट ९ जना आकांक्षीमध्येबाट उम्मेदवार बनेपछि उनीबारे बहुविवाहको समाचारहरु सार्वजनिक भएका थिए ।अदालती कागजात फेसबुकमार्फत् सार्वजनिक गर्दै थापाले लेखेका छन्, ‘परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो त्यति नै सत्य मेरो एकजना श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो । र, त्योभन्दा ठूलो सत्य सम्बन्धविच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो, जसको म बाबा पनि हो ।’पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीले डा. थापाको बहु...
देशभरको मौसम बदली रहने, केही भूभागमा वर्षाको सम्भावना

देशभरको मौसम बदली रहने, केही भूभागमा वर्षाको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँमौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ ।हाल लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ भने सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र कोशी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो देशभर साधारणतया बदली रहनेछ भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाले आगामी २४ घण्टा बाग्मती प्रदेशको पहाड र सुदुरपश्चिम प्रदेशको तराइका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरू...