Author: संचार पत्र

दुर्घटनामा परेकी बालिकाको उपचार खर्च पार्टीले बेहोर्छ: अध्यक्ष ओली

दुर्घटनामा परेकी बालिकाको उपचार खर्च पार्टीले बेहोर्छ: अध्यक्ष ओली

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमान्डौ नेकपा एमालेको विधान महाधिवेशनमा सहभागी हुन जाँदै गरेका कोसी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर चढेको गाडीले बालिकालाई ठक्कर दिएको घटनाप्रति अध्यक्ष केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।शनिबार बिहान ललितपुर महानगरपालिका–२८ स्थित हरिसिद्धि माध्यमिक विद्यालयअगाडि ११ वर्षीया उषा मगर सुनुवारलाई को १ झ ६९९ नम्बरको गाडीले ठक्कर दिएको थियो। घाइते बालिकाको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ । घटनापछि आक्रोशित स्थानीयले केही समय सडक अवरुद्ध गरेका थिए । बालिका उपचारका लागि लाग्ने सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने गरी अस्पताल पठाइएको अध्यक्ष ओलीले जानकारी दिए ।‘सामान्य रूपमा गाडीले बच्चीलाई छोएको हो, कुनै नियत होइन,’ ओलीले भने, ‘भवितव्य घटना भएको हो, हामी दुःखी छौं र बालिकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्छौं ।’ घटनाका कारण महाधिवेशनको दोस्रो दिनको का...
कैलालीकाे लम्कीमा जुत्ताचप्पलको गोदाममा आगलागी हुँदा ७० लाख बढीको क्षति

कैलालीकाे लम्कीमा जुत्ताचप्पलको गोदाममा आगलागी हुँदा ७० लाख बढीको क्षति

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
कैलाली कैलालीमा जुत्ताचप्पलको गोदाममा आगलागी भएको छ । आगलागीबाट रु ७० लाख बढीको क्षति भएको प्रहरीले जनाएकोे छ । आज बिहान २ः४० बजेको समयमा लम्कीचुहा नगरपालिका–१ लम्कीस्थित टीकापुर रोडमा रहेको कल्पना ट्रेडर्स एण्ड सप्लायर्स एक्कासि आगलागी भएको जनाइएको छ । आगलागी भएलगत्तै लम्कीचुहा नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले बताए । लम्की निवासी कल्पना जैशीले सञ्चालन गर्दै आएको गोदाममा चप्पल र जुत्ता रहेका थिए । आगलागीबाट गोदाममा रहेका सम्पूर्ण सामान जलेर नष्ट भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । गोदाममा कोही बस्ने नभएकाले आगलागी कसरी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ...
एमाले विधान महाधिवेशन : प्रतिवेदनहरुमाथि समुहगत छलफल हुँदै

एमाले विधान महाधिवेशन : प्रतिवेदनहरुमाथि समुहगत छलफल हुँदै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
गोदावरीसत्तारुढ नेकपा एमालेको विधान महाधिवेशनको दोस्रो दिन आज तीनवटा प्रतिवेदन प्रस्तुत हुँदैछन्। ललितपुरको गोदावरीस्थित सनराइज सभा हलमा शुक्रबारदेखि सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशनको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीसहितका नेताले विभिन्न प्रतिवेदन प्रस्तुत गरेका छन्।‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित सुरु भएको एमालेको विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका ३१५ गरी कुल २ हजार ३ सय ४१ जना सहभागी छन्। आज बिहान ८ बजेदेखि सुरु हुने दोस्रो दिनको कार्यक्रममा निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत हुँदैछ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार हिजै यी प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहे पनि समय अभावको कारण प्रस्तुत हुन पाएन।आज तीनवटा प्रतिवेदनको प्रस्तुतीकरण सकिएपछि...
आज इन्द्रजात्रा मनाइँदै

आज इन्द्रजात्रा मनाइँदै

Breaking news 1, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, समाचार, समाज
काठमाडौंवर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । सत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजागरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । यसअघि तान्त्रिक विधिद्वारा पूजागरी भक्तपुरको चितपोल जङ्गलमा छोडिएक...
चिन कन्भिन्स छ, अब लिपुलेकको समाधान भारतसँग खोज्छौँ- प्रधानमन्त्री ओली

चिन कन्भिन्स छ, अब लिपुलेकको समाधान भारतसँग खोज्छौँ- प्रधानमन्त्री ओली

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
ललितपुर नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकको सीमा नाका बारे भारतसँगै वार्ता गरेर समाधान गर्ने राष्ट्रियताप्रतिको अडानलाई अघि सारेका छन् । दोस्रो विधान महाधिवेशनको उद्घाटन स्वागत भाषणमा अध्यक्ष ओलीले लिपुलेक सीमामा भारतसँग चीनले व्यापारिक सम्झौता गरेकाले राष्ट्रपति सी जिपिङ्गसँग असहमति प्रकट गरेको बताए।शाङ्घाई सहयोग सङ्गठनको शिखर सम्मेलनमा सहभागी हुने क्रममा अध्यक्ष ओली र चीनका राष्ट्रपति सीबीच दुई पक्ष भेटवार्तामा भारतसँग चीनले गरेको व्यापारिक सम्झौताप्रति असहमति जनाएको उनले बताए। अध्यक्ष ओलीले महाधिवेशन स्वागत भाषणमा भने, ‘लिपुलेक बारेमा राष्ट्रपति सीसँग दुई पक्षबिच भएको भेटर्वातामा लिपुलेक सम्बन्धमा भारत र चीनले गरेको व्यापारिक सम्झौताको प्रष्टरुपमा असहमति छ भनेँ । त्यसको अडियो, भिडियो सबैमा छ ।’ आसन्न भारत भ्रमणप्रति लक्षित गर्दै अध्यक्ष ओल...
सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट दायर

सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट दायर

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्चमा दायर गरेको रिट हाल दर्ता प्रक्रियामा रहेको छ ।सरकारले बिहीबार रातिदेखि फेसबुक, युट्युब, वाट्सएप, इन्स्टाग्रामसहित २६ वटा सामाजिक सञ्जाल नेपालमा नचल्ने गरी निर्देशन दिएको थियो । सरकारको निर्देशनअनुसार इन्टरनेट प्रदायक कम्पनीहरूले ती एपहरू आंशिक रूपमा मात्र सञ्चालन हुने अवस्थामा पारेका छन् । रिटमा त्रिपाठीले नागरिकको आवाज बन्द गर्ने उद्देश्यले सरकारले यस्तो निर्णय गरेको दाबी गर्दै, प्रतिबन्ध तत्काल खारेज गरी सामाजिक सञ्जाल पूर्ववत सञ्चालनमा ल्याउन माग गरेका छन् । ...
पुरस्कारबाट बृद्धाश्रममा सहयोग

पुरस्कारबाट बृद्धाश्रममा सहयोग

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
विनोद खनाल, बुटवलबुटवल -६ चन्द्रनगरमा रहेको स्वास्थ्य सहनशील आमा समुहले बिहिबार बुटवल तल्लो फुलबारीमा अवस्थित श्री सिद्धबाबा दुर्गाभवानी शिबकुमारी बृद्धाश्रममा राहत सहयोग प्रदान गरेको छ ।बुटवल उपमहानगरपालिका ६ नंबर वडा कार्यालय, मुक्ति एफ्एम र अन्नपुर्ण माबिले आयोजना गरेको बुटवल उपमहानगर स्तरीय तिज गीत प्रतियोगितामा प्रथम भएको सो टिमले प्राप्त पुरस्कारलाई सामाजिक उत्तरदायित्व अन्तरगत बृद्धाश्रममा सहयोग गरेको हो ।तिजी कार्यक्रम अन्तर्गत भाद्र ४ गते सम्पन्न कार्यक्रममा १३ वटा प्रतियोगि मध्येबाट प्रथम गरेको सो समुहले जितेको पुरस्कार भोजभतेर गरेर खर्च गर्नुको सट्टा राहत बितरण गरि सामाजिक सेवाको काम गरेको समुहकी अध्यक्ष सानू शर्मा भण्डारीले बताईन ।बजेता समुहका टिम सहभागी सो समुहले बृद्दाश्रममा फलफुल खाद्यान लगायतका सामाग्री बितरण गरेको थियो ।तीज संस्कृति भड्किलो बनिरहेकोमा चिन्ता ब्यक्त गर...
देशभर माैषम सामान्य बदली, गण्डकीका केही भूभागमा वर्षाको सम्भावना

देशभर माैषम सामान्य बदली, गण्डकीका केही भूभागमा वर्षाको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको जनाएको छ ।हाल सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमामा साधारणतया बदली रही, बाँकी भू-भागमा आंशिक बदली रहेको जनाएको छ भने बागमती प्रदेशको थोरै स्थानहरु तथा कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मध्यम बर्षा भैरहेको छ ।आज दिउँसो देशभर साधारणतया बदली रहनेछ भने लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भु-भागका केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाले आगामी २४ घण्टा गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्तै पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरको छ । ...
मानव बेचबिखनविरुद्ध राष्ट्रिय दिवस मनाईदै

मानव बेचबिखनविरुद्ध राष्ट्रिय दिवस मनाईदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
बुटवल यस वर्षको नारा ‘तीनै तहका सरकार मिली गरौ हातेमालो, मानव बेचबिखनको हटाओं दुष्चक्रको जालो’ रहेको छ । यो मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवसको १९औं संस्करण हो ।हरेक प्रकारको मानव वेचविखन अझ विशेष गरी बालबालिका र किशोरीहरूको बढ्दो बेचबिखन न्यूनीकरण गर्दै लैजान सरकारले विभिन्न चेतनामूलक कार्यक्रम संचालन गरिरहेको छ । आजको दिनले बिभिन्न कार्यक्रम, र्याली र सभाहरु मार्फत मानव वेचविखन रहित नेपालको पैरवी गर्दछ । मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ र नियमावली २०६४ बनेको छ । तर, उक्त ऐन तथा नियमावलीको उचित कार्यान्वयन नुहँदा महिला बेचबिखन विरुद्धको काम पूर्ण रुपमा सफल हुन सकेको छैन् ।यो नाराले संघीय, प्रदेश र स्थानीय – तीनै तहका सरकार मिलेर काम गर्नुपर्छ र संयुक्त प्रयास र हातेमालोबाट मात्र मानव बेचबिखनको दुष्चक्र अन्त्य गरेर सुरक्षित, न्यायपूर्ण र मर्यादित समाज बनाउन सकिन्छ । ...
रास्वपा र राप्रपाद्वारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार

रास्वपा र राप्रपाद्वारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमान्डौँ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का सांसदहरुले आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै दुई दलका सांसदहरुले निरन्तर संसद बहिष्कार गरेका हुन् ।आज पनि संसद बैठक सुरु हुनेबितिकै दुई दलका सांसदहरुले आफ्ना मागको सुनुवाई नभएको भन्दै उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद अशोक चौधरीलाई बोल्न समय दिए । सांसद चौधरीले भिजिट भिसा प्रकरणमा आफ्ना मागको सुनुवाई नभएको भन्दै आन्दोलन जारी रहेको जानकारी दिए । उनले बेथिति बिरुद्ध बोल्नेलाई जेल हाल्ने काम भएको भन्दै आपत्ति जनाएका छन । त्यस्तै राप्रपा सांसद धवलशमशेर राणाले चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) प्रस्तावमा नेपाल सहमत भएको भन्ने विषयमा प्रधानमन्त्रीले जवाफ दि...