दुर्घटनामा परेकी बालिकाको उपचार खर्च पार्टीले बेहोर्छ: अध्यक्ष ओली


काठमान्डौ

नेकपा एमालेको विधान महाधिवेशनमा सहभागी हुन जाँदै गरेका कोसी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर चढेको गाडीले बालिकालाई ठक्कर दिएको घटनाप्रति अध्यक्ष केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।
शनिबार बिहान ललितपुर महानगरपालिका–२८ स्थित हरिसिद्धि माध्यमिक विद्यालयअगाडि ११ वर्षीया उषा मगर सुनुवारलाई को १ झ ६९९ नम्बरको गाडीले ठक्कर दिएको थियो। घाइते बालिकाको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ ।

घटनापछि आक्रोशित स्थानीयले केही समय सडक अवरुद्ध गरेका थिए । बालिका उपचारका लागि लाग्ने सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने गरी अस्पताल पठाइएको अध्यक्ष ओलीले जानकारी दिए ।
‘सामान्य रूपमा गाडीले बच्चीलाई छोएको हो, कुनै नियत होइन,’ ओलीले भने, ‘भवितव्य घटना भएको हो, हामी दुःखी छौं र बालिकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्छौं ।’

घटनाका कारण महाधिवेशनको दोस्रो दिनको कार्यक्रम निर्धारित समयभन्दा एक घण्टा ढिलो सुरु भएको थियो ।

छुटाउनुभयो कि ?

आईसीसी क्रिकेट विश्वकप: बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का

आईसीसी क्रिकेट विश्वकप: बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का

बुटवलबलिङमा शानदार पुनरागमन गर्दै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ को अन्तिम खेलमा ओमानलाई पराजित गर्दै लिग २ मा छैटौं स्...
दसैँ–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्वासी

दसैँ–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्वासी

काठमाडौंकाठमाडौंको थापाथलीको सुकुम्वासी बस्तीबाट विस्थापित हरिमाया जिम्बा गत वैशाख १२ यता होल्डिङ सेन्टरमा छिन् । अस्थायी बास...
बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बुटवलनेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्...
देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

बुटवलहाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको मौसम पूर्व...