दुर्घटनामा परेकी बालिकाको उपचार खर्च पार्टीले बेहोर्छ: अध्यक्ष ओली


काठमान्डौ

नेकपा एमालेको विधान महाधिवेशनमा सहभागी हुन जाँदै गरेका कोसी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर चढेको गाडीले बालिकालाई ठक्कर दिएको घटनाप्रति अध्यक्ष केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।
शनिबार बिहान ललितपुर महानगरपालिका–२८ स्थित हरिसिद्धि माध्यमिक विद्यालयअगाडि ११ वर्षीया उषा मगर सुनुवारलाई को १ झ ६९९ नम्बरको गाडीले ठक्कर दिएको थियो। घाइते बालिकाको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ ।

घटनापछि आक्रोशित स्थानीयले केही समय सडक अवरुद्ध गरेका थिए । बालिका उपचारका लागि लाग्ने सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने गरी अस्पताल पठाइएको अध्यक्ष ओलीले जानकारी दिए ।
‘सामान्य रूपमा गाडीले बच्चीलाई छोएको हो, कुनै नियत होइन,’ ओलीले भने, ‘भवितव्य घटना भएको हो, हामी दुःखी छौं र बालिकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्छौं ।’

घटनाका कारण महाधिवेशनको दोस्रो दिनको कार्यक्रम निर्धारित समयभन्दा एक घण्टा ढिलो सुरु भएको थियो ।

छुटाउनुभयो कि ?

विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...
बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।  अझै दुई हजार ४९८ जन...
शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...