गुल्मीको तम्घासमा महोत्सव सुरु
गुल्मी, तम्घास – कृषि, पर्यटन, उद्योग र व्यापारको प्रवर्द्धन गर्ने उद्देश्यले गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा गुल्मी महोत्सव २०८१ सुरु भएको छ। “गुल्मी जिल्लाको समृद्धिको आधार : कृषि, पर्यटन, उद्योग र व्यापार” भन्ने नाराका साथ गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा सुरु भएको महोत्सव वैशाख १७ गतेसम्म सञ्चालन हुने छ।
महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका सांसद डिल्लीराज भुसालले गरेका हुन्। उद्घाटन अवसरमा सदरमुकाम तम्घासमा विभिन्न संघ–संस्थाहरूले सांस्कृतिक झाँकी र र्याली प्रस्तुत गरेका थिए।
महोत्सवमा गुल्मी जिल्लाको विभिन्न जातीय परिकार, सांस्कृतिक झाँकी, तथा औद्योगिक क्षेत्रबाट उत्पादित सामग्रीहरू प्रदर्शनमा राखिएका छन्। साथै जिल्लामा उत्पादन हुने कृषिजन्य सामग्री, मनोरञ्जनात्मक सामाग्री तथा बिक्री वितरणका लागि तीन सयवटा स्टल राखिएको छ।
महोत्सव अवधिभर लोकप्रिय कलाकार, इन्द्रेणी टिमस...








