Tag: sancharpatra

प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
२६ भदौ, काठमाडौं । प्रधानन्यायाधीश सिफारिसको एजेण्डाबारे छलफल गर्न बुधबार बेलुकी संवैधानिक परिषदको बैठक तय भएको छ ।संवैधानिक परिषद्को सचिवालयले अपराह्न ५ बजेको बैठकका लागि सबै सदस्यहरुलाई खबर गरेको हो । आगामी १९ असोजदेखि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेरहदले अवकाश हुँदैछन् ।प्रधानन्यायाधीश अवकाश हुनुभन्दा एक महिनाअघि नयाँ प्रधानन्यायाधीशको सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैको तयारी स्वरुप न्यायपरिषद् सचिवालयले सर्वोच्च अदालतमा तीन वर्ष काम गरिसकेका आठ जना न्यायाधीशहरुको सूची संवैधानिक परिषद्को सचिवालयमा पठाएको थियो ।न्यायाधीश प्रकाशमान सिंह राउत सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश छन् । अहिलेसम्म संवैधानिक परिषद्ले सर्वोच्च अदालतव बरिष्ठतम् न्यायाधीशलाई नै प्रधानन्यायाधीशमा सिफारिस गरिरहेको छ । ...
शान्ति प्रक्रिया मौलिक छ, त्यसैले सफल भएको छ : प्रधानमन्त्री ओली

शान्ति प्रक्रिया मौलिक छ, त्यसैले सफल भएको छ : प्रधानमन्त्री ओली

Breaking news 2, ताजा अपडेट, राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शान्ति प्रक्रिया मौलिक भएको र त्यही कारण पनि यो सफल भएको टिप्पणी गरेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै ओलीले भने, ‘हाम्रो शान्ति प्रक्रिया होमग्रोन हो। हामीले आफ्नै हिसाबले अगाडि बढाएका हौं। यो मौलिक छ। त्यही कारणले होला यो सफल छ।’प्रधानमन्त्रीले दुनियाँका लागि पनि नेपालको शान्ति प्रक्रिया नमुना भएको जिकिर गरे। ‘दुनियाँका लागि एउटा नमुनाका रुपमा शान्ति प्रक्रिया, द्वन्द्वलाई व्यवस्थापन गर्ने प्रक्रियालाई अगाडि बढाएका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘१८ वर्ष बितिसकेको छ। यो वर्षमा हामीले द्वन्द्व व्यवस्थापनका सन्दर्भमा थुप्रै उपलब्धी हासिल गरेका छौं।’  ...
बडिगाड पहिरोको असर : ५० परिवार विस्थापित

बडिगाड पहिरोको असर : ५० परिवार विस्थापित

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
२७ साउन, बागलुङ । बाढी पहिरोका कारण बागलुङको बडिगाडमा ५० परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन् ।बडिगाडमा केही समयअघि गएको पहिरोमा परी ११ जनाको मृत्यु भएको छ भने एक जना अझै सम्पर्कविहीन छन् । विस्थापित परिवारको अहिले बिचल्ली भएको छ । पहिरोका कारण खानेपानी, विद्युत् आपूर्ति हुनसकेको छैन ।बालबालिका र वृद्धवृद्धालाई बढी समस्या परेको छ । स्थानीय भीमबहादुर बुढाले गाउँका धेरै घर पहिरोको जोखिममा रहेको हुँदा बस्ती छाडेर अन्तै जानुपरेको दुखेसो पोखे । आफ्नो घर वरपरका बस्ती पहिरोको जोखिममा रहेका उनले बताए ।विस्थापित परिवारलाई विद्यालय तथा सार्वजनिकस्थलमा व्यवस्थापन गरिरहेको बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले जानकारी दिए । गाउँपालिकाले प्रारम्भिक चरणको राहत वितरण गरिरहेको...
छाडा चौपायाले कुल्चीदा बुटवलमा एक महिलाको ज्यान गयो

छाडा चौपायाले कुल्चीदा बुटवलमा एक महिलाको ज्यान गयो

Breaking news 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
सडकमा रहेका छाडा चौपायाले कुल्चीदा बुटवलमा एक महिलाले ज्यान गुमाएकी छन् । गुल्मीको रेसुङ्गा नगरपालिका–४ अर्खले घर भै हाल बुटवल गोलपार्कमा खाजा पसल संचालन गदै आएकी ४५ वर्षीया सीता पाण्डेको सडकमा रहेका साँढे छाडा चौपायाले कुल्चेर ज्यान गएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डीतले जानकारी दिए ।यही साउन २० गते सडकमा जुधिरहेका २ वटा साँढेले बाटो हिँडीरहेकी सीतालाई कुल्चीएको हो । घटनापछि गम्भीर घाइते भएकी उनलाई उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको थियो । उपचारकै क्रममा साउन २४ गते उनको मृत्यु भएको थियो । सीता बुटवल गोलपार्कमा सामान्य खाजा पसल सञ्चालन गर्दै आएकी थिइन् । बुटवलको सडकमा रहेका छाडा चौपायाले ट्राफिक व्यवस्थापनमा समेत समस्या हुने गरेको छ । ...
गुल्मीमा पहिरो पुरिएर ४ जनाको मृत्यु, २ घाइते

गुल्मीमा पहिरो पुरिएर ४ जनाको मृत्यु, २ घाइते

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, सम्पादकिय, स्थानीय
२२ साउन, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर–१ बिसौनामा पहिरोले दुई घर पुरिंदा चार जनाको मृत्यु भएको छ ।पहिरोमा पुरिएर दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । प्रहरी निरीक्षक रामकुमार केसीले बताए । पहिरोमा पुरिएर ४८ वर्षका गोरे विक, ६७ वर्षका हुकुम विक, साढे दुई वर्षकी रियन्सा विक र ६६ वर्षकी मसुरी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए ।पहिरोमा पुरिएका मुना विक र बिष्णु विकलाई स्थानीयले उद्धार गरेर उपचारका लागि स्वास्थ्य चौकीमा पठाएका छन् । मंगलबार बिहान घर माथिबाट खसेको लेदो सहितको पहिरोले बिष्णु विक र हुकुम विकको घर पुरिएको थियो । रातिदेखि गुल्मीमा वर्षात् भइरहेको छ । भोलि सम्म बर्षा भैरहने हुदां सचेत रहन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ...
झरीले काठमाडौं जलमग्न, सवारी आवागमन प्रभावित

झरीले काठमाडौं जलमग्न, सवारी आवागमन प्रभावित

Breaking news 1, जीवनशैली, ताजा अपडेट, विविध, समाचार, स्थानीय
२२ साउन, काठमाडौं । निरन्तरको वर्षाले काठमाडौंका विभिन्न क्षेत्र जलमग्न भएका छन् । सडकमा पानी जम्दा पैदलयात्रुहरु समस्यामा परेका छन् । सवारी साधनको पनि लामो लाइन लागेको छ । उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार माइतीघर, लैनचौर, पुतलीसडक, स्वयम्भु, कोटेश्वर, केशरमहल लगायतका मुख्य सडक र सहायक सडकहरु जलमग्न भएकाले सवारी आवागमन प्रभावित भएको छ ।काठमाडौंको बनस्थली चोकबाट खरिबोटतर्फ जाने सडकमा पनि भेल बगेर आवागमन प्रभावित भएको छ । सो क्षेत्रमा पर्ने मिलिजुली टोल डुबानमान परेको छ । स्वयम्भुको सानो भर्‍याङ र ठूलो भर्‍याङ क्षेत्र पनि प्रभावित भएको छ ।रामशाहपथस्थित सर्वोच्च अदालतको मुख्य गेट अगाडि नै पानी जमेको छ । बबरमहलको वन कार्यालय परिसर पनि जलमग्न छ । वन कार्यालयका केही कर्मचारीहरु हातमा जुत्ता बोकेर कार्यालय पुगेका छन् ।काठमाडौंमा ढल निकासको उचित प्रबन्ध नहुँदा सडकहरु जलमग्न हुने ...
२८ जेठयता प्राकृतिक विपद्‌बाट १५४ जनाको मृत्यु

२८ जेठयता प्राकृतिक विपद्‌बाट १५४ जनाको मृत्यु

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
२१ साउन, काठमाडौं । नेपालमा मनसुन सुरु भएको दिन, २८ जेठयता बाढी, पहिरो लगायतका प्राकृतिक विपद्‌मा परेर १५४ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयको तथ्यांक अनुसार सोमबारसम्म विपद्‌मा परी ४७ जना व्यक्ति बेपत्ता छन् भने १८६ जना घाइते भएका छन् । यो अवधिमा प्राकृतिक विपद्‌मा परेका १०८ जनाको उद्दार गरिएको मन्त्रालयले जनाएको छ । पहिरो, बाढी लगायत विपद्‌बाट ४ हजार २३८ घरपरिवार विस्थापित भएका छन् । बाढीका कारण सोमबारसम्म ३८४ घर डुबानमा परेका छन् । २६१ वटा घर, ९५ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । विपद्‌बाट २८ जेठयता ७४३ पशु चौपायको मृत्यु भएको छ । ...
अन्तरास्ट्रिय समेलन केन्द्र संचालनमा आएन ,अर्बौको      संरचना प्रयोग बिहिन ।।

अन्तरास्ट्रिय समेलन केन्द्र संचालनमा आएन ,अर्बौको संरचना प्रयोग बिहिन ।।

Breaking news 2, ताजा अपडेट, फिचर, लेख रचना, विविध, समाचार, स्थानीय
श्रीराम ज्ञवाली २१ साउन, बुटबलबुटवलमा निर्माण भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुर्णरुपमा सञ्चालनमा आउन सकेको छैन ।सम्मेलन केन्द्रको उद्घाटन भएको २ वर्ष बितिसक्दा पनि सञ्चालनसम्बन्धी आवश्यक कानुन नबन्दा अझै सञ्चालनमा आउन नसकेको हो । बुटवल उपमहानगरपालिका–१० स्थित बुटवल मण्डपमा निर्माण भएको अत्याधुनिक सुविधा सम्पन्न सम्मेलन केन्द्रको २०७९ भदौ ११ गते पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए। उद्घाटन भएको यति लामो समय बितिसक्दा पनि सञ्चालनसम्बन्धी आवश्यक कार्यविधि तयार नभएकाले सञ्चालनमा ल्याउन नसकिएको बुटवल सभा हल तथा प्रदर्शनी केन्द्र निर्माण आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए । उनले सम्मेलन केन्द्रको सञ्चालन समिति गठन गर्ने र समितिले सम्मेलन केन्द्र सञ्चालनका लागि निजी क्षेत्रलाई लिजमा दिन सक्ने गरी कार्यविधि स्वीकृतिका लागि सहरी विकास मन्त्रालयमा...
मन्त्रिपरिषद्‌ले पायो पूर्णता, तीन राज्यमन्त्री नियुक्त

मन्त्रिपरिषद्‌ले पायो पूर्णता, तीन राज्यमन्त्री नियुक्त

Breaking news 3, ताजा अपडेट, विविध, समाचार, स्थानीय
१८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । उनले कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट एक राज्यमन्त्री नियुक्त गरेका हुन् ।कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ र नाउपाबाट अरुण चौधरी राज्यमन्त्री नियुक्त भएका हुन् । अरुणलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, रुपालाई वन तथा वातावरण र पूर्णबहादुरलाई ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्री बनाइएको छ । ...
एकैदिन झन्डै २२ अर्ब रुपैयाँको कारोबार हुँदा बन्यो नयाँ रेकर्ड, नेप्से ६४ अङ्कले बढ्यो

एकैदिन झन्डै २२ अर्ब रुपैयाँको कारोबार हुँदा बन्यो नयाँ रेकर्ड, नेप्से ६४ अङ्कले बढ्यो

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डाै – शेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ । आज एकैदिन २१ अर्ब ९१ करोड ११ लाख रुपैयाँ बराबरको शेयर कारोबार हुँदा ऐतिहासिक रेकर्ड कायम भएको हो । यसअघि २०७८ साल साउन ३१ गते २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज हिमालयन रिइन्सुरेन्स कम्पनीको मात्रै ८४ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । कारोबार रकमले रेकर्ड बनाएको दिन शेयर बजार परिसूचक नेप्से ६४ दशमलव २५ अङ्कले बढेर दुई हजार सात सय ६० दशमलव ९० विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा बीमा, फाइनान्स, होटल, विकास बैंक, उत्पादन, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज १० वटा कम्पनीका शेयर १० प्रतिशतले बढेको छ । यस्तै ११ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । समग्रमा बजार बढेको दिन सिभिल बैंक डिबेन्चर २०८८ को शेयर भने झन्डै आठ प्रतिशतल...