एकैदिन झन्डै २२ अर्ब रुपैयाँको कारोबार हुँदा बन्यो नयाँ रेकर्ड, नेप्से ६४ अङ्कले बढ्यो


काठमाण्डाै – शेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ । आज एकैदिन २१ अर्ब ९१ करोड ११ लाख रुपैयाँ बराबरको शेयर कारोबार हुँदा ऐतिहासिक रेकर्ड कायम भएको हो ।

यसअघि २०७८ साल साउन ३१ गते २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज हिमालयन रिइन्सुरेन्स कम्पनीको मात्रै ८४ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

कारोबार रकमले रेकर्ड बनाएको दिन शेयर बजार परिसूचक नेप्से ६४ दशमलव २५ अङ्कले बढेर दुई हजार सात सय ६० दशमलव ९० विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा बीमा, फाइनान्स, होटल, विकास बैंक, उत्पादन, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज १० वटा कम्पनीका शेयर १० प्रतिशतले बढेको छ । यस्तै ११ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । समग्रमा बजार बढेको दिन सिभिल बैंक डिबेन्चर २०८८ को शेयर भने झन्डै आठ प्रतिशतले घटेको छ ।

छुटाउनुभयो कि ?

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

बुटवलरुपन्देहीमा आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत अघिल्लो असोज महिनामा १३२ वटा अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये ज्यानसम्ब...
युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

काठमाडौंयुक्रेनमा चार वर्षभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने नयाँ कूटनीतिक प्रयासस्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुट...
प्रधानमन्त्री शाहको शुभकामना: सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

प्रधानमन्त्री शाहको शुभकामना: सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

काठमाडौंप्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीको शुभकामना दिँदै देशविदेशमा रहेका सबैमा सुख, शान्ति समृद्धि र उत्तरोत्तर प्रग...
आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

बुटवलबडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृ...