छाडा चौपायाले कुल्चीदा बुटवलमा एक महिलाको ज्यान गयो


सडकमा रहेका छाडा चौपायाले कुल्चीदा बुटवलमा एक महिलाले ज्यान गुमाएकी छन् । गुल्मीको रेसुङ्गा नगरपालिका–४ अर्खले घर भै हाल बुटवल गोलपार्कमा खाजा पसल संचालन गदै आएकी ४५ वर्षीया सीता पाण्डेको सडकमा रहेका साँढे छाडा चौपायाले कुल्चेर ज्यान गएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डीतले जानकारी दिए ।यही साउन २० गते सडकमा जुधिरहेका २ वटा साँढेले बाटो हिँडीरहेकी सीतालाई कुल्चीएको हो । घटनापछि गम्भीर घाइते भएकी उनलाई उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको थियो । उपचारकै क्रममा साउन २४ गते उनको मृत्यु भएको थियो । सीता बुटवल गोलपार्कमा सामान्य खाजा पसल सञ्चालन गर्दै आएकी थिइन् । बुटवलको सडकमा रहेका छाडा चौपायाले ट्राफिक व्यवस्थापनमा समेत समस्या हुने गरेको छ ।

छुटाउनुभयो कि ?

पुराना दलहरूसँग ३५ वर्षको हिसाब माग्दै नहिँड्न कार्यकर्तालाई रविको आग्रह

पुराना दलहरूसँग ३५ वर्षको हिसाब माग्दै नहिँड्न कार्यकर्तालाई रविको आग्रह

काठमाण्डौ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरुसँग ३५ वर्षको हिसाब माग्दै नहिँ...
विद्युत् निर्यातबाट एक वर्षमै २९ अर्ब ३२ करोड ४७ लाख आम्दानी

विद्युत् निर्यातबाट एक वर्षमै २९ अर्ब ३२ करोड ४७ लाख आम्दानी

काठमाडौँ२०७८ देखि बिजुली निर्यात थालेको नेपालले राम्रो आम्दानी गर्न थालेको छ । त्यसअघिका वर्षमा आयात मात्र गर्दै आएको नेपालले...
दुई महिनाभित्र विद्यार्थी संगठन खारेज गरिने

दुई महिनाभित्र विद्यार्थी संगठन खारेज गरिने

बुटवलसरकारले दुई महिनाभित्र विद्यार्थी संगठन खारेज गर्ने भएको छ। शुक्रबार पहिलो मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको शासकीय सुधा...
‘३५ वर्षको हिसाब संयन्त्र खोज्दै गर्छन् , हामी आगामी ३५ वर्षको योजना बनाऔँ’ : रवि लामिछाने

‘३५ वर्षको हिसाब संयन्त्र खोज्दै गर्छन् , हामी आगामी ३५ वर्षको योजना बनाऔँ’ : रवि लामिछाने

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको अबको प्राथमिकता विगतका राजनीतिक दलको आलोचना होइ...