Tag: sanchar

राष्ट्रपति निर्वाचनस् रास्वपाको बैठक आज बिहान बस्दै

राष्ट्रपति निर्वाचनस् रास्वपाको बैठक आज बिहान बस्दै

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डौं । राष्ट्रपति निर्वाचनका लागि अहिलेसम्म नखुलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज निर्णय लिदैछ ।रबि लामिछाने नेतृत्वको रास्वपा पार्टीले कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने बारेमा निर्णय लिन आज बैठक बोलाएको हो । सो पार्टीका उपसभापति डोलप्रसाद पौडेलका अनुसार बैठक बिहान ८ बजे सो बैठक बस्नेछ । रास्वपा संघीय संसदमा उम्मेदवारको हकमा अहिलेसम्म कुनै पनि निर्णय नलिएको एक मात्र राजनीतिक दल हो ।  आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनवाट नेपाली कांग्रेसका बरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ बिच प्रतिस्पर्धा हुनेछ । ...
अमेरिकामा चार हप्तामा एक लाखभन्दा धेरै बालबालिकालाई कोरोना सङ्क्रमण

अमेरिकामा चार हप्तामा एक लाखभन्दा धेरै बालबालिकालाई कोरोना सङ्क्रमण

ताजा अपडेट, विदेश, विविध
अमेरिकामा पछिल्लो चार हप्तामा एक लाखभन्दा धेरै बालबालिकालाई कोरोना सङ्क्रमण भएको छ । स्वास्थ्य अधिकारीले दिएको जानकारी अनुसार चार हप्तायता एक लाख छ हजार जना बालबालिकालाई कोभिडको सङ्क्रमण भएको हो । पछिल्लो समय कोभिडको सङ्क्रमण दर घटेको तर बालबालिकामा भने सङ्क्रमण भैरहेको अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स र चिल्ड्रेन्स हस्पिटल एसोसिएशनले निकालेको पछिल्लो विज्ञप्तिमा उल्लेख छ । डाक्टरले कोभिडबाट सङ्क्रमित भएकाहरुको उमेर समूहअनुसारको तथ्याङ्क लिनुपर्ने र त्यसैअनुसार खोप तथा सुरक्षाका उपायहरु अपनाउनुपर्ने आवश्यकता रहेकोमा जोड दिएका छन् । अमेरिकामा कोरोना सङ्क्रमण सुरु भएपछि १ करोड ५५ लाखभन्दा धेरै बालबालिकालाई सङ्क्रमण पुष्टि भएको छ। ...
त्रिदेशीय एक दिवसीय क्रिकेट शृङ्खलामा नेपालले आज पपुवा न्युगिनीसँग खेल्दै

त्रिदेशीय एक दिवसीय क्रिकेट शृङ्खलामा नेपालले आज पपुवा न्युगिनीसँग खेल्दै

खेलकुद, ताजा अपडेट, विविध, समाचार
काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । आईसीसी विश्व कप क्रिकेट लिग–२ को यो अन्तिम शृङ्खला हो ।नेपाललाई शीर्ष तीनमा रहँदै आउँदो जुन/जुलाईमा जिम्बाब्वेमा हुने विश्व कप छनोट सोझै खेल्न बाँकी सबै ४ खेल जित्नुपर्ने हुन्छ । शृङ्खलामा घरेलु टोली नेपालसहित यूएई र पपुवा न्युगिनी रहेका छन् । नेपालले यूएई र पपुवा न्युगिनीसँग समान २/२ खेल खेल्नेछ । नेपालले आइतवार यूएईसँग, सोमवार पीएनजीसँग र अन्तिम खेल आउँदो बिहीवार यूएईसँग खेल्नेछ । अन्तिम शृङ्खलाबाट तेस्रो, चौथो र पाँचौँ स्थानमा रहने टोलीको तय हुनेछ । नेपालले यी चार खेल जित्दा ४० अङ्क पुग्नेछ । जुन सोझै विश्व कप छनोट र एकदिवसीय मान्यता कायम राख्न पर्याप्त हुनेछ । यदि नेपाल अङ्कता...
पहाडी क्षेत्रमा आज पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

पहाडी क्षेत्रमा आज पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

ताजा अपडेट, माैसम, विविध, समाचार
काठमाण्डाै - आज पनि पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान गरिएको छ।हिजो काठमाण्डौसहित केही पहाडी क्षेत्रमा हल्का पानी परेको थियो । हिजो देशका धेरै ठाउँको मौसम बदली भएको थियो । हिजो भन्दा आज मौसम खुल्ने अनुमान गरिएको छ ।मौसमविद् मञ्जु बासीका अनुसार काठमाण्डौ उपत्यकासहित केही ठाउँमा आज घाम लाग्ने सम्भावना छ । तर, सुदूरपश्चिमसहित केही पहाडी क्षेत्रको मौसम भने आंशिकदेखि सामान्य बदली भइ एक/दुई ठाउँमा हल्का पानी पर्नेछ । यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा आज पनि हल्का हिमपातको अनुमान छ । नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव परेको छ । ...
तेस्रो राष्ट्रपति चुन्न आज मतदान, बेलुका ७ बजेभित्रै परिणाम

तेस्रो राष्ट्रपति चुन्न आज मतदान, बेलुका ७ बजेभित्रै परिणाम

Breaking news 1, ताजा अपडेट, समाचार
२५ फागुन, काठमाडौं । नेपालको तेस्रो राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ ।निर्वाचन आयोगले संसद भवन नयाँबानेश्वरमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् । निर्वाचन सकिएलगत्तै संसद भवन भित्रैको एक हलमा मतगणना सुरु गर्ने र आजै बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए । संघीय सांसद (प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य) र प्रदेश सभा सदस्यहरुले निर्वाचनमा भाग लिनेछन् । संघीय सांसदहरुका लागि रातो र प्रदेश सभा सदस्यहरुका लागि हरियो रंगको मतपत्र बनाइएको छ । मतपत्रमा उम्मेदवारहरुको नामसहित फोटो पनि राखिएको छ । मतदाताले आफूलाई मन परेको उम्मेदवारको नाम र फोटो भएको क...
लिग टु : यूएईविरुद्ध पहिलो जितको खोजीमा नेपाल

लिग टु : यूएईविरुद्ध पहिलो जितको खोजीमा नेपाल

Breaking news 2, खेलकुद, ताजा अपडेट, मनोरञ्जन
२२ फागुन, काठमाडौं । यूएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु शृखंलामा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । लिग टुमा नेपालले अहिलेसम्म यूएईलाई हराउन सकेको छैन । यूएईसँग दुबई इन्टरनेशनल मैदानमा उत्रँदा नेपालको लक्ष्य लिग टु मा यूएईलाई पहिलो पटक पराजित गर्नु हुनेछ ।शृखंलाको अघिल्लो खेलमा नेपालले यूएईलाई २०७ रनमा रोके पनि पूरै ओभर ब्याटिङ गर्न नसक्दा ६८ रनले पराजित भएको थियो ।आजको खेलका लागि लिग टु को शीर्ष तीनमा पर्ने सम्भावना कायम राख्नका लागि पनि महत्वपूर्ण छ ।लिग टु को शीर्ष तीनमा रहने टिमले जिम्बावेमा हुने १० टिम सम्मिलित विश्वकप क्वालिफायर खेल्न पाउनेछ । स्कटल्याण्ड र ओमानले शीर्ष दुईमा रहेर विश्वकप छनोटमा स्थान पक्का गरिसकेको छ । तेस्रो हुनका लागि नेपाल र यूएईसहित नामिबिया होडमा छन् ।३६ खेल खेलिसकेको नामिबिया ३९ अंकसहित हाल तेस्रो स्थानमा छ र नेपालले नामिबियालाई पछि पार्न ...
आज रंगहरुको पर्व होली मनाइँदै, पहाडी जिल्लामा सार्वजनिक विदा

आज रंगहरुको पर्व होली मनाइँदै, पहाडी जिल्लामा सार्वजनिक विदा

Breaking news 1, जीवनशैली, ताजा अपडेट, मनोरञ्जन, समाज, स्थानीय
२२ फागुन, काठमाडौं । रंगहरुको पर्व होली आज पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा छ । होलीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना सन्देश दिंदै मर्यादित ढंगले होली म...
डुंगा दुर्घटनामा गम्भीर घाइते भएकी वृद्धाको मृत्यु

डुंगा दुर्घटनामा गम्भीर घाइते भएकी वृद्धाको मृत्यु

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
२० फागुन, कास्की। फेवातालमा डुंगा दुर्घटना हुँदा गम्भीर घाइते भएकी याममाया गिरीको उपचारका क्रममा मृत्यु भएको छ ।शनिबार दिउँसो एक्कासि हावाहुरी चल्दा गिरीसहित ६ जना सवार तालमा पल्टिएको थियो ।अचेत अवस्थामा उद्धार गरिएकी गिरीको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवण विकले जानकारी दिए । ...
सत्ता गठबन्धनलाई भोट क्रसको डर

सत्ता गठबन्धनलाई भोट क्रसको डर

ताजा अपडेट, समाचार, सम्पादकिय, स्थानीय
१९ फागुन, काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रपतिका आफ्ना उम्मेदवार रामचन्द्र पौडेललाई जिताउन शुक्रबार सातै प्रदेशमा सांसदहरुसँग अभिमुखीकरण कार्यक्रम गरेको छ ।सबै प्रदेश राजधानीमा भएको ७ दलका प्रदेशसभा सदस्यहरुको अभिमुखीकरण कार्यक्रम बागमती प्रदेशका सांसदहरुका लागि भने काठमाडौंको बानेश्वरमा राखिएको थियो ।कार्यक्रममा नेताहरुले पौडेलले राष्ट्रपति जित्ने निश्चित रहेको बताएका छन् । तर सँगै, उनीहरुमा एउटा चिन्ता पनि देखिन्थ्यो । त्यो चिन्ता अनौपचारिक सम्वादमा मात्र होइन मञ्चबाट समेत नेताहरुले प्रकट गरे ।‘एमालेका उम्मेदवार जनतातिको उम्मेदवार, त्यसो हुनाले जनजातिहरुले जनजातिलाई नै भोट हाल्नुपर्छ भन्ने टाइपको तपाई हामीलाई पनि भ्रम सिर्जना गर्ने टाइपका कुरा आएका छन्’, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले मञ्चबाटै भनेका थिए । उनले एमालेले आफ्ना उम्मेदवार सुवास नेम्वाङलाई जनजाति भनेर मत ...
प्रचण्ड विरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

प्रचण्ड विरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

Breaking news 1, ताजा अपडेट
१९ फागुन, काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा पेश भएको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ ।अदालत प्रशासनले रिट निवेदन दर्ता नगर्ने निर्णय गरे पनि उक्त निर्णय बदर गर्दै सर्वोच्चले रिट निवेदन दर्ता गर्न आफ्नो प्रशासनलाई आदेश दिएको हो ।१ माघ २०७६ मा माघीका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजारको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए ।अधिवक्ता ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी लगायतले यही विषयलाई लिएर प्रचण्डमाथि फौजदारी अभियोगमा छानबिन र कारवाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका थिए । सर्वोच्च अदालत प्रशासनले राजनीतिक प्रकृतिको अभिव्यक्तिमा टेकेर पेश भएको निवेदन दर्ता हुन नसक्ने भन्दै दरपीठ (दर्ता नहुने) आदेश गरेको थियो । दरपीठ आदेश विरुद्ध निवेदकहरु सर्वोच्च अदालतमा अर्को न...