लिग टु : यूएईविरुद्ध पहिलो जितको खोजीमा नेपाल


२२ फागुन, काठमाडौं । यूएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु शृखंलामा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । लिग टुमा नेपालले अहिलेसम्म यूएईलाई हराउन सकेको छैन ।

यूएईसँग दुबई इन्टरनेशनल मैदानमा उत्रँदा नेपालको लक्ष्य लिग टु मा यूएईलाई पहिलो पटक पराजित गर्नु हुनेछ ।शृखंलाको अघिल्लो खेलमा नेपालले यूएईलाई २०७ रनमा रोके पनि पूरै ओभर ब्याटिङ गर्न नसक्दा ६८ रनले पराजित भएको थियो ।आजको खेलका लागि लिग टु को शीर्ष तीनमा पर्ने सम्भावना कायम राख्नका लागि पनि महत्वपूर्ण छ ।लिग टु को शीर्ष तीनमा रहने टिमले जिम्बावेमा हुने १० टिम सम्मिलित विश्वकप क्वालिफायर खेल्न पाउनेछ । स्कटल्याण्ड र ओमानले शीर्ष दुईमा रहेर विश्वकप छनोटमा स्थान पक्का गरिसकेको छ । तेस्रो हुनका लागि नेपाल र यूएईसहित नामिबिया होडमा छन् ।३६ खेल खेलिसकेको नामिबिया ३९ अंकसहित हाल तेस्रो स्थानमा छ र नेपालले नामिबियालाई पछि पार्न बाँकी रहेका पाँचै खेल जित्नुपर्नेछ ।

यदि नेपालले आज यूएईलाई पराजित गरेमा नेपालको त्यो सम्भावना कायम रहनेछ । पराजित भएमा भने नेपालको शीर्ष तीनको सम्भावना सकिनेछ र शीर्ष पाँचमा रहेर ओडीआई मान्यता जोगाउनेमा ध्यान केन्द्रित हुनेछ । नेपालले बाँकी तीन खेल जिते पनि शीर्ष पाँचमा स्थान पक्का हुनेछ ।यूएईका लागि पनि नामिबालाई पछि पार्दै तेस्रो स्थानमा पुग्न नेपालविरुद्ध खेल जित्नै पर्ने अवस्था छ ।

घरेलु मैदानमा भइरहेको शृखंलाको दुवै खेलमा पपुवा न्युगिनीविरुद्ध पराजित भएपछि यूएईमाथि पनि दबाब बढेको छ ।

यूएई ३१ खेलबाट ३१ अंकसहित पाँचौ स्थानमा छ । समान खेलबाट नेपाल ३० अंकसहित छैटौं स्थानमा छ । ३६ खेल खेलिसकेको अमेरिका ३५ अंकसहित चौथो स्थानमा छ ।शृखंलाको अघिल्लो खेलमा यूएईलाई नेपाललाई हराएर नेपालको लागातार पाँच खेलको जित यात्रालाई समेत ब्रेक लागएको थियो । त्यसैले पनि नेपाल यूएईविरुद्ध जितसहित बदला लिने लक्ष्यमा छ ।

पपुवा न्युगिनीविरुद्ध आइतबार भएको खेलमा जम्मा ९७ रनमा अलआउट हुँदै पाँच विकेटले पराजित भएको यूएई पनि नेपालविरुद्ध पुनरागमन गर्ने लक्ष्यमा हुनेछ ।

नेपालले पछिल्लो पटक गत नोभेम्बरमा नेपालमै भएको ओडीआई सिरिजमा यूएईलाई पराजित गरेको थियो । तीन खेलको ओडीआई शृखंला नेपालले २-१ ले जितेको थियो ।

यूएईविरुद्धको खेलमा कुशल भुर्तेल खेल्ने छैनन् । ग्रोइन इन्जुरीका कारण उनी टिमबाट बाहिरिएका छन् । उनको स्थानको अन्तिम १४ टोलीमा सन्दिप जोरा समावेश छन् । कुशल भुर्तेल नहुँदा आसिफ शेखको ओपनिङ जोडीमा नयाँ खेलाडी आउनेछन् । यसअघि ओपनिङ गरिसकेका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले ओपनिङ गर्न सक्नेछन् । वा प्रशिक्षक मोन्टी देसाइले अर्को विकल्प समेत खोज्न सक्नेछन् ।

यस्तै पहिलो खेलमा उपलब्ध नभएका लेग स्पीनर सन्दीप लामिछानेले त्यसपछिका दुवै खेल खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । यसअघि यूएईविरुद्धको खेल उनले खेलेका थिए ।

उता यूएईका टिममा यू-१९ टिमका कप्तान आयान खान फर्किएका छन् ।

नेपाल-यूएईको हेड टु हेड

खेल : १०

नेपाल विजयी : ४

यूएई विजयी : ६

नेपाल युएई खेलको नतिजा

एसिया कप छनोट २०१८ अगस्ट : यूएई ७८ रनले विजयी

नेपाल टुर टु यूएई २०१९ जनवरी : यूएई ३ विकेटले विजयी

नेपाल टुर टु यूएई २०१९ जनवरी : नेपाल १४५ रनले विजयी

नेपाल टुर टु यूएई २०१९ जनवरी : नेपाल ४ विकेटले विजयी

क्रिकेट विश्वकप लिग टु २०२२ मार्च : यूएई ४८ रनले विजयी

क्रिकेट विश्वकप लिग टु २०२२ मार्च : यूएई ९९ रनले विजयी

यूएई टुर टु नेपाल २०२२ नोभेम्बर : यूएई ८४ रनले विजयी

यूएई टुर टु नेपाल २०२२ नोभेम्बर : नेपाल ३ विकेटले विजयी

यूएई टुर टु नेपाल २०२२ नोभेम्बर : नेपाल ६ विकेटले विजयी

क्रिकेट विश्वकप लिग टु २०२३ मार्च : नेपाल ६८ रनले पराजित

छुटाउनुभयो कि ?

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

बुटवलजनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी नि...
तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

रुपन्देहीरुपन्देहीको तिलोत्तमा नगरपालिका–३ डिङ्गनगर विष्णुपुरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा आएको छ । लामो समयदेखि...
बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

काठमाण्डौ — रसुवाको भोटेकोशीमा गएको १० गते आएको विनाशकारी बाढीका कारण पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय वि...
भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

काठमाडौंभोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्...