Advertisement

लिग टु : यूएईविरुद्ध पहिलो जितको खोजीमा नेपाल


२२ फागुन, काठमाडौं । यूएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु शृखंलामा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । लिग टुमा नेपालले अहिलेसम्म यूएईलाई हराउन सकेको छैन ।

यूएईसँग दुबई इन्टरनेशनल मैदानमा उत्रँदा नेपालको लक्ष्य लिग टु मा यूएईलाई पहिलो पटक पराजित गर्नु हुनेछ ।शृखंलाको अघिल्लो खेलमा नेपालले यूएईलाई २०७ रनमा रोके पनि पूरै ओभर ब्याटिङ गर्न नसक्दा ६८ रनले पराजित भएको थियो ।आजको खेलका लागि लिग टु को शीर्ष तीनमा पर्ने सम्भावना कायम राख्नका लागि पनि महत्वपूर्ण छ ।लिग टु को शीर्ष तीनमा रहने टिमले जिम्बावेमा हुने १० टिम सम्मिलित विश्वकप क्वालिफायर खेल्न पाउनेछ । स्कटल्याण्ड र ओमानले शीर्ष दुईमा रहेर विश्वकप छनोटमा स्थान पक्का गरिसकेको छ । तेस्रो हुनका लागि नेपाल र यूएईसहित नामिबिया होडमा छन् ।३६ खेल खेलिसकेको नामिबिया ३९ अंकसहित हाल तेस्रो स्थानमा छ र नेपालले नामिबियालाई पछि पार्न बाँकी रहेका पाँचै खेल जित्नुपर्नेछ ।

यदि नेपालले आज यूएईलाई पराजित गरेमा नेपालको त्यो सम्भावना कायम रहनेछ । पराजित भएमा भने नेपालको शीर्ष तीनको सम्भावना सकिनेछ र शीर्ष पाँचमा रहेर ओडीआई मान्यता जोगाउनेमा ध्यान केन्द्रित हुनेछ । नेपालले बाँकी तीन खेल जिते पनि शीर्ष पाँचमा स्थान पक्का हुनेछ ।यूएईका लागि पनि नामिबालाई पछि पार्दै तेस्रो स्थानमा पुग्न नेपालविरुद्ध खेल जित्नै पर्ने अवस्था छ ।

घरेलु मैदानमा भइरहेको शृखंलाको दुवै खेलमा पपुवा न्युगिनीविरुद्ध पराजित भएपछि यूएईमाथि पनि दबाब बढेको छ ।

यूएई ३१ खेलबाट ३१ अंकसहित पाँचौ स्थानमा छ । समान खेलबाट नेपाल ३० अंकसहित छैटौं स्थानमा छ । ३६ खेल खेलिसकेको अमेरिका ३५ अंकसहित चौथो स्थानमा छ ।शृखंलाको अघिल्लो खेलमा यूएईलाई नेपाललाई हराएर नेपालको लागातार पाँच खेलको जित यात्रालाई समेत ब्रेक लागएको थियो । त्यसैले पनि नेपाल यूएईविरुद्ध जितसहित बदला लिने लक्ष्यमा छ ।

पपुवा न्युगिनीविरुद्ध आइतबार भएको खेलमा जम्मा ९७ रनमा अलआउट हुँदै पाँच विकेटले पराजित भएको यूएई पनि नेपालविरुद्ध पुनरागमन गर्ने लक्ष्यमा हुनेछ ।

नेपालले पछिल्लो पटक गत नोभेम्बरमा नेपालमै भएको ओडीआई सिरिजमा यूएईलाई पराजित गरेको थियो । तीन खेलको ओडीआई शृखंला नेपालले २-१ ले जितेको थियो ।

यूएईविरुद्धको खेलमा कुशल भुर्तेल खेल्ने छैनन् । ग्रोइन इन्जुरीका कारण उनी टिमबाट बाहिरिएका छन् । उनको स्थानको अन्तिम १४ टोलीमा सन्दिप जोरा समावेश छन् । कुशल भुर्तेल नहुँदा आसिफ शेखको ओपनिङ जोडीमा नयाँ खेलाडी आउनेछन् । यसअघि ओपनिङ गरिसकेका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले ओपनिङ गर्न सक्नेछन् । वा प्रशिक्षक मोन्टी देसाइले अर्को विकल्प समेत खोज्न सक्नेछन् ।

यस्तै पहिलो खेलमा उपलब्ध नभएका लेग स्पीनर सन्दीप लामिछानेले त्यसपछिका दुवै खेल खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । यसअघि यूएईविरुद्धको खेल उनले खेलेका थिए ।

उता यूएईका टिममा यू-१९ टिमका कप्तान आयान खान फर्किएका छन् ।

नेपाल-यूएईको हेड टु हेड

खेल : १०

नेपाल विजयी : ४

यूएई विजयी : ६

नेपाल युएई खेलको नतिजा

एसिया कप छनोट २०१८ अगस्ट : यूएई ७८ रनले विजयी

नेपाल टुर टु यूएई २०१९ जनवरी : यूएई ३ विकेटले विजयी

नेपाल टुर टु यूएई २०१९ जनवरी : नेपाल १४५ रनले विजयी

नेपाल टुर टु यूएई २०१९ जनवरी : नेपाल ४ विकेटले विजयी

क्रिकेट विश्वकप लिग टु २०२२ मार्च : यूएई ४८ रनले विजयी

क्रिकेट विश्वकप लिग टु २०२२ मार्च : यूएई ९९ रनले विजयी

यूएई टुर टु नेपाल २०२२ नोभेम्बर : यूएई ८४ रनले विजयी

यूएई टुर टु नेपाल २०२२ नोभेम्बर : नेपाल ३ विकेटले विजयी

यूएई टुर टु नेपाल २०२२ नोभेम्बर : नेपाल ६ विकेटले विजयी

क्रिकेट विश्वकप लिग टु २०२३ मार्च : नेपाल ६८ रनले पराजित

छुटाउनुभयो कि ?

१ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली कार्यकक्षबाटै पक्राउ

१ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली कार्यकक्षबाटै पक्राउ

११ पुस, काठमाडौं । पोखराको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा सहकारी रजिस्ट्...

एनएसएलमा आज धनगढी र बुटवल लुम्बिनी भिड्दै

१४ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज धनगढी एफसी र एफसी बुटवल लुम्बिनीबीच खेल हुँदैछ । यो...

एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान : झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म यात्रा हुँदै

काठमाण्डाै - नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान आज शुरु हुँदैछ । ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि ...
सुदूरपश्चिमका केही ठाउँमा हल्का वर्षा : दिउँसो लुम्बिनी आसपासका क्षेत्रमा हावाहुरीको सम्भावना

सुदूरपश्चिमका केही ठाउँमा हल्का वर्षा : दिउँसो लुम्बिनी आसपासका क्षेत्रमा हावाहुरीको सम्भावना

काठमाण्डाै - सुदूरपश्चिम प्रदेशलगायत कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशको मौसम अहिले आंशिकदेखि सामान्य बदली रहेको छ ।...