राष्ट्रिय दलको मान्यता पाउन आयोगको नयाँ शर्त, ऐन संशोधनको विषयमा सुझाव माग
काठमाण्डौ – निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन संशोधन मस्यौदामा राष्ट्रिय दलको मान्यता पाउन नयाँ शर्तको प्रस्ताव गरेको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ खसेको सदर मतको कम्तीमा ३ प्रतिशत मत पाएको हुनुपर्ने तथा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ कम्तीमा ७० प्रतिशत सीटमा उम्मेदवारी दिएको हुनुपर्ने आयोगको प्रस्ताव छ ।
त्यस्तै तीन प्रदेशमा कम्तीमा एक/एक सीट प्राप्त गरेको हुनुपर्ने र राष्ट्रको विविधता देखिने गरी समानुपातिक समावेशी भएको हुनुपर्ने आयोगको शर्त छ ।
केन्द्रमा केन्द्रीय समिति, हरेक प्रदेशमा प्रदेश समिति, जिल्लाहरूमा जिल्ला समिति र कम्तीमा ८० प्रतिशत पालिकामा स्थानीय समिति रहेको दल हुनुपर्ने पनि प्रस्ताव गरिएको छ ।
यस्तै प्रदेशस्तरीय मान्यता पाउन प्रदेश सभाको चुनावमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा ३ प्रतिशत भोट ल्याउनुपर्ने, प्रत्यक्षतर्फ कम्तीमा ७० प्रतिशत स...








