आठ महिनामा १७ अर्ब ३९ करोड रुपैयाँको १४ हजार विद्युतीय गाडी आयात


काठमाण्डौ – चालु आर्थिक वर्षको आठ महिनामा १७ अर्ब ३९ करोड २१ लाख रुपैयाँको १४ हजार ३०७ थान विद्युतीय गाडी (ईभी) आयात भएका छन् ।

गएको आर्थिक वर्षको यसै अवधिमा नेपालमा १६ अर्ब ४९ करोड ५८ लाख ८५ हजार रुपैयाँको १३ हजार ७ थान विद्युतीय गाडी आयात भएको थियो ।

विद्युतीय गाडी आयातबाट फागुनसम्म १० अर्ब ४७ करोड ७३ लाख ३८ हजार रुपैयाँ कर  सङ्कलन भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार नेपालमा चीन र भारतका साथै अमेरिका, जर्मनी, कोरिया, इन्डोनेसियाबाट विद्युतीय गाडी आयात भएका छन् ।

आठ महिनासम्ममा सबैभन्दा बढी चीनबाट १३ अर्ब ७० करोड ३५ लाख ८४ हजार रुपैयाँको ११ हजार ५५० थान तथा भारतबाट ३ अर्ब ४५ करोड ४५ लाख ६३ हजार रुपैयाँको विद्युतीय गाडी आयात भएको छ ।

यस्तै इन्डोनेसियाबाट १८ लाख ७७ हजार रुपैयाँको १ थान, कोरियाबाट १६ करोड ८६ लाख ९० हजार रुपैयाँको ३ थान, जर्मनीबाट १९ करोड ३ लाख ५६ हजार रुपैयाँको २४ थान, अमेरिकाबाट २ करोड १४ लाख रुपैयाँको ५ थान विद्युतीय गाडी आयात भएको छ ।

छुटाउनुभयो कि ?

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

काठमाडौंस्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाका अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गरा...
टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

काठमाडौँअमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले उड्न सक्ने दाबी गरिएको नयाँ रोडस्टर कार सार्वजनिक गरेको छ । कम्पनीका...
भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...