समाज

ओली र लेखकमाथिको अनुसन्धान २६ गतेभित्र गरिसक्न सर्वोच्चको आदेश

ओली र लेखकमाथिको अनुसन्धान २६ गतेभित्र गरिसक्न सर्वोच्चको आदेश

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंसर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि २६ गते भित्र अनुसन्धान गरिसक्न आदेश दिएको छ । न्यायाधीशहरु विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले ओली र लेखकलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो । तर सर्वोच्चले २६ चैत (बिहीबार) भित्र अनुसन्धान टुङ्गिन नसके उनीहरूलाई थुनामुक्त गर्नू भनेको छ । सर्वोच्चले भनेको छ, ` ओली र लेखकलाई फौजदारी कार्यविधी सहिताको प्रक्रिया पूरा गरि हिरासतमुक्त गरि थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरि जे जो गर्नू गराउनु ।´ भदौ २३ को जेनजी आन्दोलनमा १९ जनाको ज्यान जानेगरी बल प्रयोग भएको र त्यसलाई रोक्न प्रयास नभएको आरोपमा १४ चैतमा ओली र लेखक पक्राउ परेका थिए । प्रहरीले ज्यान मुद्दाको कसुरमा उनीहरूलाई जिल्ला अदालत काठमाडौंको अनुमतिमा थुनामा राख्दै आएको छ । ...
लुम्बिनी प्रदेश सभा बैठकः सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी प्रदेश सभा बैठकः सरकारप्रति प्रश्न र सुझाव

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
दाङलुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत छैठौं बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक राजनीति, सुशासन, विकास र सेवा प्रवाहका विषयमा प्रश्न र सुझाव प्रस्तुत गरेका छन् ।प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले संविधान कार्यान्वयन, सुशासन र जनअपेक्षा पूरा गर्न प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो । दुई तिहाइ जनादेश प्राप्त सरकारले जनताको विश्वास जोगाउन ठोस काम गर्नुपर्ने उहाँको भनाइ थियो । कृषिमा मल, बीउबिजन र राहत प्याकेज नआएकोप्रति प्रश्न उठाउँदै उहाँले सरकारलाई स्पष्ट जवाफ दिन आग्रह गर्नुभयो ।प्रदेश सभा सदस्य वीरबहादुर रानाले नयाँ सरकार गठनप्रति बधाई दिँदै पुराना दलहरूले केही नगरेको भन्ने भाष्य गलत भएको बताउनुभयो । २०४६ सालपछि विकासको आधार तयार भएको उल्लेख गर्दै उहाँले संघीयताको मर्मअनुसार काम हुन नसकेको गुनासो गर्नुभयो । प्रदेशलाई बलियो बनाउन स्वाभिमानमा आधारित शासन आवश्यक रहेको उहाँक...
राष्ट्रियसभा बैठक : इन्धन असहजता र बढ्दो महँगीका विषयमा ध्यानाकर्षण

राष्ट्रियसभा बैठक : इन्धन असहजता र बढ्दो महँगीका विषयमा ध्यानाकर्षण

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले इन्धनको असहजता र बढ्दो महँगीका विषयमा ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा बोल्दै सदस्यहरूले पुँजी बजारमा लगातार गिरावट आएको, सवारी दुर्घटना, पश्चिम एसियमा रहेका नेपाली कामदार, बढ्दो महँगी, बढ्दो साइबर अपराध, इन्धनको मूल्यवृद्धिका लागि मुद्रास्फिति बढेको, सरकारी कार्यालय र शिक्षण संस्थामा दुई दिन कार्यालय बिदा दिइनुले पार्ने प्रभावबारे धारणा राखेका छन् । उनीहरूले बजारको मूल्यवृद्धिको प्रभावकारी नियन्त्रण गर्न सरकारलाई आग्रह गरे । सो समयमा कृष्णबहादुर रोकाया, घनश्याम रिजाल, पदमबहादुर परियार, मनरुपा शर्मा, रुक्मिणी कोइराला, रेणु चन्द, विष्णुकुमारी सापकोटा, विष्णुबहादुर विश्वकर्मा, श्रीकृष्णप्रसाद अधिकारी, सावित्री पन्तले धारणा राखेका थिए । ...
अर्थमन्त्री वाग्लेको एकसाता : राजस्व वृद्धि र निजी क्षेत्रको मनोबल बढाउन केन्द्रित, मूल्यवृद्धिमा मौन

अर्थमन्त्री वाग्लेको एकसाता : राजस्व वृद्धि र निजी क्षेत्रको मनोबल बढाउन केन्द्रित, मूल्यवृद्धिमा मौन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंअर्थमन्त्रीको कार्यभार सम्हालेको पहिलो सातामै डा.स्वर्णिम वाग्लेले निकै आक्रामक र परिणाममुखी कार्यशैली प्रस्तुत गरेका छन् ।गत शुक्रबार पदभार ग्रहण गरेकै दिनदेखि उनले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन राजस्व चुहावट नियन्त्रण, नीतिगत सुधार र निजी क्षेत्रको विश्वास जित्ने कार्यलाई प्राथमिकतामा राखेका छन् । निजी क्षेत्रलाई भरोसा : ‘१५ कानुन खारेज र गरिखानेको देश’ कार्यभार सम्हालेको पहिलो दिनमै अर्थमन्त्री वाग्लेले निजी क्षेत्रप्रति उदार र सहयोगी बन्ने सन्देश दिँदै १५ वटा पूराना कानुन खारेज गर्ने साहसिक निर्णय गर्न पुगे । नेपाल उद्योग परिसंघसँगको भेटमा उनले ‘हामी उदार अर्थतन्त्रलाई प्रोत्साहन गर्छौँ, तर त्यसको अर्थ छाडापन होइन, नियमनकारी भूमिका पनि सशक्त रहन्छ ।’ भन्दै निजी क्षेत्रलाई भरोसा दिलाउने काम गरेका थिए । त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँगको भेटमा उनले ...
विद्यालयहरूलाई नियमविपरीत भर्ना र शुल्क असुल नगर्न शिक्षा मन्त्रालयको निर्देशन

विद्यालयहरूलाई नियमविपरीत भर्ना र शुल्क असुल नगर्न शिक्षा मन्त्रालयको निर्देशन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालयहरूलाई नियमविपरीत भर्ना र शुल्क असुल नगर्न कडा निर्देशन दिएको छ।मन्त्रालयका अनुसार केही विद्यालयहरूले शिक्षा नियमावली, २०५९ (संशोधन सहित) तथा सर्वोच्च अदालतको आदेश उल्लङ्घन गर्दै नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै विद्यार्थी भर्ना गर्ने र अत्यधिक शुल्क असुल्ने गरेको तथ्य फेला परेको भन्दै यसप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ ।विद्यालय सञ्चालन जस्तो जिम्मेवार क्षेत्रमा यस्ता गैरकानुनी कार्य अशोभनीय मात्र नभई दण्डनीय हुने मन्त्रालयले स्पष्ट पर्दै कानुनी व्यवस्था र अदालतको आदेशअनुसार शैक्षिक सत्र सुरु भएपछि मात्रै भर्ना गर्न तथा तोकिएको मापदण्डबाहेक अन्य शुल्क नलिन निर्देशन दिइएको छ। मन्त्रालयले स्थानीय तहहरूलाई समेत निर्देशन दिँदै कानुनविपरीत असुल गरिएको भर्ना शुल्क अभिभावकलाई फिर्ता गराउन आवश्यक प्रक्रिया अघि बढ...
लुम्बिनी प्रदेश सभा बैठकमा वन ऐन संशोधन विधेयक पेश हुँदै

लुम्बिनी प्रदेश सभा बैठकमा वन ऐन संशोधन विधेयक पेश हुँदै

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
दाङलुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत आज छैठौं बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने तय गरिएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ । यसैगरी बैठकमा वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले ‘प्रदेश वन ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए । ...
साताको दुई दिन सरकारी बिदा दिने सरकारको निर्णय

साताको दुई दिन सरकारी बिदा दिने सरकारको निर्णय

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँसरकारले सातामा दुई दिन सरकारी बिदा दिने निर्णय गरेको छ ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको हो। यो बिदा सरकारी कार्यालय र शैक्षिक संस्थाको हकमा लागू हुनेछ ।
७ हजारभन्दा बढी ‘अनलाइन’ सट्टेबाजी ‘एप’ र ‘वेबसाइट’ बन्द

७ हजारभन्दा बढी ‘अनलाइन’ सट्टेबाजी ‘एप’ र ‘वेबसाइट’ बन्द

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ‘अनलाइन’ सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी ‘एप्लिकेसन (एप)’ र ‘वेबसाइट’ (युआरएल) बन्द भएका छन् । सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनका क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले ‘इन्टरनेट’ सेवा प्रदायकसँगको समन्वयमा वेबसाइट र एप बन्द गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइटहरू पहिचान गरी बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिइएको हो । ‘हालसम्म सात हजारभन्दा बढी यस्ता युआरएल र एप बन्द भएका छन् । अनलाइन सट्टेबाजीबारे पछिल्लो एक सातामा प्राधिकरणलाई टेलिफोन, इमेल, म्यासेजलगायत विभिन्न माध्यमबाट ५० भन्दा बढी गुनासा प्राप्त भएका छन्, ती सबैलाई सम्बोधन गर्दै कारबाही अघि बढाइएको छ’ उनले भने । मन्त्रिपरिषद्को यही चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्ब...
विदेश पठाउने भन्दै करिब ७४ लाख ठगी गर्ने ४ जना पक्राउ

विदेश पठाउने भन्दै करिब ७४ लाख ठगी गर्ने ४ जना पक्राउ

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँकाठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा सल्यान कालिमाटी गाउँपालिका-७ का ५२ वर्षीय कर्णबहादुर राउत, जिल्ला तनहुँ भानु नगरपालिका-१२ का ४२ वर्षीय आनन्द थापा, नवलपरासी (पूर्व) कावासोती नगरपालिका-३ की ३९ वर्षीया राधिका पाठक पौडेल तथा मोरङ सुन्दर हरैचा नगरपालिका-३ का ४७ वर्षीय तिलक परियार रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए । उनले भने, ‘पक्राउ परेकामध्ये राउतले फिनल्यान्ड पठाउने भन्दै ५७ लाख, थापाले माल्टा पठाउने भन्दै चार लाख ५० हजार, पौडेलले फिनल्यान्ड पठाउने भन्दै चार लाख २० हजार तथा परियारले सर्विया पठाउने भन्दै आठ लाख लिई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।’ पक्राउ परेका चारै जनालाई ...
बुटवलमा प्रहरीको ‘अपरेशन साइलेन्ट स्ट्रिट’: करिब दुई दर्जन मोटरसाइकल नियन्त्रणमा

बुटवलमा प्रहरीको ‘अपरेशन साइलेन्ट स्ट्रिट’: करिब दुई दर्जन मोटरसाइकल नियन्त्रणमा

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलमा शनिबार राती प्रहरीले चलाएको 'अपरेसन साइलेन्ट स्ट्रिट' अभियानबाट करिब २ दर्जन मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ । इलाका प्रहरी कार्यालय बुटवलले शनिबार राती कालिका पथ क्षेत्रमा यो अभियान सञ्चालन गरेको हो ।विशेष गरी रातको समयमा चर्को स्वरमा आवाज निकाल्ने मोटर साइकल, स्वरूप परिवर्तन गरिएका तथा मादक पदार्थ सेवन गरी सवारी चलाउनेहरूलाई कारबाही गर्ने उद्देश्यसहित अपरेसन सञ्चालन गरिएको प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी गराए । बजार क्षेत्रमा शान्ति भङ्ग हुने गरी चर्को स्वरमा मोटर साइकल हुइँकाउँदा जनजीवन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम बढेकाले यो अभियान सञ्चालन गरिएको उनले बताए ।प्रहरीले शनिबार राती ९ बजेदेखि सञ्चालन गरिएको अभियानमा २ घण्टामै करिब २ दर्जन मोटरसाइकल नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिइएका मोटरसाइकल धनीलाई कानुनी प्रक्रिया अनुसार कडा कारबाही...