समाज

आज प्रजातन्त्र दिवस मनाइदै

आज प्रजातन्त्र दिवस मनाइदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवल आज प्रजातन्त्र दिवस । सरकारले आज सार्वजनिक बिदा दिएको छ । २००७ सालको क्रान्ति सफल भएको सम्झनामा आज प्रजातन्त्र दिवस भव्यताका साथ मनाइँदै छ ।सहिदहरू धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, दशरथ चन्दलगायतको बलिदानीसहित तत्कालीन राजा त्रिभुवन र जनताको आन्दोलनका कारण २००७ सालमा प्रजातन्त्र स्थापना भएको थियो ।नेपालको पहिलो लोकतान्त्रिक आन्दोलनको सम्झनामा आज देशैभरि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले सबै नेपालीहरुमा शुभकामना दिएका छन् । ...
घोषणापत्रमा कुन दलले के भनेका छन्?

घोषणापत्रमा कुन दलले के भनेका छन्?

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवलप्रतिनिधि सभा निर्वाचन २१ फागुनलाई लक्षित गरेर राजनीतिक दलहरुले सार्वजनिक गरेका र सार्वजनिक गर्न बाँकी घोषणापत्रमा भ्रष्टाचार नियन्त्रण, संविधान संशोधन, आर्थिक विकास, रोजगारी र सार्वजनिक सेवाको मुद्दालाई मुख्य प्राथमिकतामा राखेका छन् । अघिल्ला घोषणापत्रहरूको तुलनामा यसपटक गत भदौ २३ र २४ गतेको जेन-जी विद्रोहको छाया घोषणापत्रमा देखिएको छ । युवा पुस्ताको विद्रोही भावना, भ्रष्टाचारविरुद्धको आक्रोश र राजनीतिक स्थायित्वको मागलाई दलहरुले सम्बोधन गर्न खोजेका छन् । आर्थिक सुधार, विकास र रोजगारीलगायतका साझा विषयमा एकरुपता देखिए पनि संविधान संशोधनअन्तर्गत शासकीय मोडल, संघीयताको पुनर्संरचना, भ्रष्टाचार नियन्त्रण जस्ता विषयमा दलगत व्याख्या फरक–परक छन् । उपलव्ध भएका घोषणा पत्रएमालेको घोषणापत्रमा के छ ?-राजनीतिक स्थायित्वका लागि संविधान संशोधन।-भदौ २४ मा भएको आगजनीबाट क्षति भएका संरचनाको ...
बरिष्ठ न्युरो डाक्टर बसन्त पन्तले क्रिमसनमा बिरामी जाँच्ने

बरिष्ठ न्युरो डाक्टर बसन्त पन्तले क्रिमसनमा बिरामी जाँच्ने

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीअन्नपूर्ण न्युरो अस्पतालका संस्थापक तथा बरिष्ठ न्युरो सर्जन डा. बसन्त पन्तले क्रिमसन अस्पतालमा बिरामीहरुको चेक जाँच गर्ने हुनुभएको छ ।नशा तथा मष्तिष्क सम्बन्धी जटिल समस्याका बिरामीको उपचार तथा शल्यक्रियाको लागि नेपालका प्रख्यात न्युरो बिशेषज्ञ डा.पन्तसमेतको टीमले यहि फागुन ७ देखि बिहिवारदेखि ९ गते शनिवारसम्म क्रिमसन अस्पतालमा स्वास्थ्य सेवा उपलब्ध गराउने भएको हो ।क्रिमसन अस्पतालले न्युरो सेवाको लागि अन्नपूर्ण अस्पतालसँग सम्झौता गरेपछि न्युरो बिशेषज्ञ डा.समृद्ध मल्लले मणिग्रामस्थित अस्पतालबाट नियमित चेकजाँच गरिरहनु भएको छ ।यस क्षेत्रका बिरामीको उपचारका लागि काठमाण्डौं धाउनुपर्ने बाध्यता हटाउन अन्नपूर्ण न्युरो अस्पताल काठमाण्डौंमा उपलब्ध गराउने सेवा स्थानीय स्तरमै उपलब्ध हुन सकोस् भनेर सम्झौता गरिएको क्रिमसन अस्पतालका अध्यक्ष दुर्गा प्रसाद पाण्डेयले जानकारी दिनुभयो ।दुर्घटना वा...
सार्वजनिक बिदाका दिनमा पनि राहदानी विभाग खुला रहने

सार्वजनिक बिदाका दिनमा पनि राहदानी विभाग खुला रहने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ । विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि सार्वजनिक बिदा भएपनि राहदानी वितरणलगायतका कामका लागि विभाग खुला रहने जनाएको छ ।सरकारले आज ग्याल्पो ल्होछार र भोलि बिहीबार प्रजातन्त्र दिवसको उपलक्ष्यमा सार्वजनिक बिदा दिएको छ । दुवै दिन विहान १० बजेदेखि दिउँसो १ बजेसम्म विभाग खुला रहनेछ । विभागले आज राहदानी वितरण सेवा प्रदान गर्ने जनाएको छ । यस्तै बिहीबार भने राहदानीका लागि आवेदन फारम सङ्कलन हुने जनाएको छ । अत्यावश्यक सेवा भएकाले सार्वजनिक बिदाको दिन पनि कार्यालय खुला रहने विभागले स्पष्ट पारेको छ । ...
काँग्रेसले जनकपुरधाममा आज ‘प्रतिज्ञा सभा’ गर्दै

काँग्रेसले जनकपुरधाममा आज ‘प्रतिज्ञा सभा’ गर्दै

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौंनेपाली कांग्रेसले आज मधेश प्रदेशको जनकपुरधाममा 'प्रतिज्ञा सभा' गर्ने भएको छ । कांग्रेसले आज मधेश सभा जनकपुरधाममा प्रतिज्ञा सभा आयोजना गर्न लागेको हो ।कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार काँग्रेसले यसै सभाबाट फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलो घोषणा पत्रको रुपमा 'प्रतिज्ञापत्र' सार्वजनिक गर्ने समेत कार्यक्रम रहेको छ ।यस सभाका लागि मधेश प्रदेशका सबै ३२ निर्वाचन क्षेत्रबाट लाखौँ सहभागीहरू हुने काँग्रेसका नेता कार्यकर्ता सहभागी हुने बताइएको छ । उक्त सभामा कांग्रेस केन्द्रीय सभापति गगन थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् भने उपसभापति विश्वप्रकाश शर्मासहितका केन्द्रका पदाधिकारीहरूको समेत उपस्थिति रहने छन् । कांग्रेसले सातै प्रदेशका मुख्य सहरहरूमा सभा गरी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टीको प्रचार प्रसार गर्ने बताएको छ । ...
ग्याल्पो ल्होसारले राष्ट्रिय एकता र सांस्कृतिक पर्यटनलाई बल पु¥याउँछ :मुख्यमन्त्री आचार्य

ग्याल्पो ल्होसारले राष्ट्रिय एकता र सांस्कृतिक पर्यटनलाई बल पु¥याउँछ :मुख्यमन्त्री आचार्य

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
दाङलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ग्याल्पो ल्होसारले नेपाली समाजबीच सद्भाव, एकता र सकारात्मक सोच अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।ग्याल्पो ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र उन्नतिको कामना गर्नुभएको हो । उहाँले यस्ता पर्वहरूले समाजमा आपसी सम्मान, सहिष्णुता र सहकार्यको भावना विस्तार गर्ने उल्लेख गर्नुभयो ।मुख्यमन्त्री आचार्यले ग्याल्पो ल्होसार बौद्ध धर्मावलम्बीहरूको प्रमुख चाड भएको बताउँदै यो पर्व सांस्कृतिक सद्भावका कारण अन्य समुदायले पनि आत्मीयतापूर्वक मनाउने गरेको उल्लेख गर्नुभयो । यसले नेपालको विविधताबीचको एकतालाई व्यवहारमा उतार्ने काम गरेको उहाँको भनाइ छ ।नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक विशेषताले सम्...
आज ग्याल्पो ल्होछार पर्व: विशेष कार्यक्रम गरी मनाइँदै

आज ग्याल्पो ल्होछार पर्व: विशेष कार्यक्रम गरी मनाइँदै

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंआज ग्याल्पो ल्होछार पर्व मनाइँदैछ । शेर्पा र उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले नयाँ वर्षको रुपमा विभिन्न कार्यक्रम आयोजना गरी ग्याल्पो ल्होछार मनाउँदैछ । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होछार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । यसअनुसार बाँदर वर्ष पूरा भई चरा वर्ष लाग्ने शेर्पा संस्कृतिविद् बताउँछन् ।ल्होछार पर्वका अवसरमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से सबैजना मिलीजुली खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा छ ।शेर्पा संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ, बालक जुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मिक...
राससको ६५औं बार्षिकोत्सवमा लुम्विनीले आयोजना गर्यो निर्वाचन आचारसंहिता र सञ्चार विषयक अन्तर्क्रिया: निर्वाचन सफल बनाउन सरोकारवाला लाग्नुपर्नेमा जोड

राससको ६५औं बार्षिकोत्सवमा लुम्विनीले आयोजना गर्यो निर्वाचन आचारसंहिता र सञ्चार विषयक अन्तर्क्रिया: निर्वाचन सफल बनाउन सरोकारवाला लाग्नुपर्नेमा जोड

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलराष्ट्रिय समाचार समिति (रासस)को ६५औं बार्षिकोत्सवको अवसरमा रासस लुम्विनी प्रदेशले आयोजना गरेको" निर्वाचन आचारसंहिता र सञ्चार" विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।मंगलबार सम्पन्न कार्यक्रममा वोल्दै वक्ताहरुले निर्वाचन सफल बनाउन सरोकारवाला सवैको उत्तिकै जवाफ देहिता र सहयोग आवश्यक रहेको धारणा राखेका छन्।राससका लुम्बिनी प्रदेश प्रमुख भरत केसीको अध्यक्षतामा सम्पन्न अन्तर्क्रिया कार्यक्रममा वोल्दै रुपन्देही निर्वाचन क्षेत्र नं २का निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले फागुन २१मा हुने आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा हरेक नागरिकले आ-आफ्नो स्थानबाट जिम्मेवार, जवाफ देहिता र सहयोग गर्नु पर्ने वताएका छन्।उनले माघ २ गते रुपन्देही निर्वाचन क्षेत्र नं २मा निर्वाचन कार्यालय स्थापना भए पश्चात निर्वाचन सफल बनाउन सुरक्षित,विश्वासनिय र भयरहित रुपमा निर्वाचन सम्पन्न गर्न लागेको वताए।निर्...
रुपन्देही उद्योग संघमा इन्जिनियरिङ्ग तथा ग्रिल वस्तुगत समिति गठन: संयोजकमा राज कुमार श्रेष्ठ

रुपन्देही उद्योग संघमा इन्जिनियरिङ्ग तथा ग्रिल वस्तुगत समिति गठन: संयोजकमा राज कुमार श्रेष्ठ

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देही उद्योग संघमा आवद्ध इन्जिनियरिङ्ग तथा ग्रिल उद्योगीहरुको भेलाले मंगलबार इन्जिनियरिङ्ग तथा ग्रिल वस्तुगत समिति गठन गरेको छ । संघका प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक हरि बहादुर खत्रीको अध्यक्षता एवं संघका पदाधिकारी तथा कार्य समिति सदस्यहरुको उपस्थितीमा भेला सम्पन्न भएको होे । इन्जिनियरिङ्ग तथा ग्रिल उद्योगीहरुको भेलाबाट ईश्वरराज मेटल इण्डष्ट्रिजका संचालक राज कुमार श्रेष्ठको संयोजकत्वमा ७. सदस्यीय इन्जिनियरिङ्ग वस्तुगत समिति गठन गरिएको छ । गठित समितिको सहसंयोजकमा श्री शिवशक्ति ग्रिल उद्योगका महेन्द्र सुवेदी, सचिवमा न्यू पुनम ग्रिल उद्योगका धुब्रमणि ज्ञवाली, सदस्यहरुमा सुवेदी ग्रिल उद्योगका रमेश सुवेदी, स्वर्गद्धारी ग्रिल उद्योगका कमल रोक्का क्षेत्री , श्रृजना ग्रिल उद्योगका अमृत सुवेदी र भगवती मेटलका नारायण नेपाल रहेका छन्।भेलाले समितिको सल्लाहकारहरुमा संघका प्रथम उपाध्य...
राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु साझा दायित्व हो : राष्ट्रपति रामचन्द्र पौडेल

राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु साझा दायित्व हो : राष्ट्रपति रामचन्द्र पौडेल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धिमा शेर्पा समुदायको उल्लेखनीय भूमिका रहेको बताएका छन् । नेपाल शेर्पा सङ्घद्वारा २१५३औँ ग्याल्पो लोसार (नयाँ वर्ष) का अवसरमा आज शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् ।“नेपालको पर्यटन, पर्वतारोहणका क्षेत्रमा ख्याति कमाएका शेर्पा समुदाय इमान्दार, परिश्रमी र प्रकृतिप्रेमी जातिकारुपमा परिचित छन्, शताब्दीयौँदेखि नेपालको हिमाली क्षेत्रबाट फैलिएका यो जाति आज विश्वभर फैलिएर आफ्नो समुदायको मात्र नभएर नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्नु खुशीको विषय हो”, राष्ट्रपति पौडेलले भने। हिमाल, पहाड र तराईको अनुपम भौगोलिक संस्कृति रहेको नेपालका विभिन्न जातजातिमध्ये आफ्नै विशिष्ट परम्परा, संस्कृति, सभ्यता र पहिचान रहेको शेर्पा समुदाय नेपालको आदिवासी समुदाय भएको उल...