समाज

हिमाल आरोहणका लागि सिजनमा हालसम्म ११ सय ८१ जनालाई अनुमति, एक अर्ब २५ करोड राजश्व संकलन

हिमाल आरोहणका लागि सिजनमा हालसम्म ११ सय ८१ जनालाई अनुमति, एक अर्ब २५ करोड राजश्व संकलन

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँपर्यटन विभागले यस बर्षको वसन्त सिजनमा हुने हिमाल आरोहणका लागि अहिलेसम्म ११ सय ८१ जनालाई अनुमति दिएको छ ।विभागले विभिन्न हिमालमा हुने आरोहणका लागि मे १५ सम्म ११८१ जनालाई अनुमति दिएको जानकारी दिएको छ । मार्च १ देखि मे १५ सम्म २८३ महिला र ८९८ पुरुषलाई अनुमति जारी भएको विभागले जनाएको छ । यस अवधिमा सबैभन्दा धेरै सगरमाथा आरोहण गर्न ४९४ जनाले अनुमति पाएका छन् ।त्यस्तै आरोहण अनुमति लिने सबैभन्दा बढी चीनका १५६ जना, अमेरिकाका १५० जना, भारतका ९७ जना, बेलायतका ७४ जना, जर्मनीको ७२ जना, रसियाका ७० जना रहेको विभागले जनाएको छ । पर्यटन विभागले यस बर्षको वसन्त सिजनमा हुने सगरमाथा आरोहणका लागि अहिलेसम्म ४९४ जनालाई अनुमति दिएको छ । त्यस्तै विभागले सगरमाथा आरोहणका लागि मे १५ सम्म ५१ टिमका १०५ महिला र २८९ पुरुष गरि कुल ४९४ जनालाई अनुमति दिएको जानकारी दिएको छ । यस अवधिमा सबैभन्दा धेरै सगरमाथा आरो...
सय रुपैयाँभन्दा माथिका सामानमाभन्सार लिने सरकारकाे निर्णयमा सर्वोच्चले लगायो रोक

सय रुपैयाँभन्दा माथिका सामानमाभन्सार लिने सरकारकाे निर्णयमा सर्वोच्चले लगायो रोक

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडाैंनेपाल-भारत सीमा नाकाबाट दैनिक उपभोग्य सामानमा उठाउँदै आएको भन्सार शुल्कमा सर्वोच्च अदालतले रोक लगाएको छ। शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले सय रुपैयाँभन्दा माथिका वस्तुमा भन्सार लिने अर्थ मन्त्रालयको निर्णयमा रोक लगाउँदै अन्तरिम आदेश जारी गरेको हो।भारतीय सीमा नाकाबाट सय रुपैयाँभन्दा बढी मूल्यको दैनिक उपभोग्य सामान ल्याउँदा भन्सार शुल्क लगाउने कार्य व्यापार सन्धिका प्रावधानविरुद्ध रहेको दाबी गर्दै अधिवक्ता अमितेश पण्डित, आकाश महतो, सुयोग्य सिंह र प्रशान्त विक्रम शाहलेल रिट दायर गरेका थिए।अधिवक्ता महतोका अनुसार, भन्सार महसुल भन्सार महसुल ऐन २०८१ को दफा १३ को दफा २ बमोजिम आफूहरूको माग अनुसार सर्वोच्चले आदेश दिएको हो । ‘भन्सार महसुल ऐन २०८१ को दफा १३ को दफा २ ले भन्सार छुट दिने कुरा गरेको छ । राजपत्र २०८५ २ १५ मा निकालिएको स...
२२ अर्बले बढ्यो बेरुजु , जेनजी आन्दोलनले १ खर्ब ४७ अर्बको लेखा परिक्षण हुन सकेन

२२ अर्बले बढ्यो बेरुजु , जेनजी आन्दोलनले १ खर्ब ४७ अर्बको लेखा परिक्षण हुन सकेन

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंमहालेखा परीक्षकको कार्यालयले २०८१/८२ आर्थिक वर्षमा सङ्घीय, प्रदेश, स्थानीय तह, संगठित संस्था तथा सङ्घीय कानुनद्वारा स्थापित अन्य संस्था र समितिसमेत गरी ९४ खर्ब ८४ अर्ब ५० करोड बराबरको लेखापरीक्षण सम्पन्न गरेको जनाएको छ ।कार्यालयका अनुसार २०८२ भदौ २३ र २४ गते देशभर भएको आन्दोलन तथा घटनाका कारण १७९ कार्यालय र निकायले लेखा तथा सम्बन्धित स्रेस्ता पेश नगर्दा १ खर्ब ४७ अर्ब ९० करोड बराबरको लेखापरीक्षण हुन नसकेको जानकारी दिएको छ ।लेखापरीक्षणबाट नीतिगत तथा प्रणालीगत सुधार आवश्यक देखिएको उल्लेख गर्दै यस आर्थिक बर्षमा मात्र ८८ अर्ब ९ करोड बेरुजु औँल्याइएको छ । जसमध्ये सङ्घीय सरकारी कार्यालयतर्फ ५३ अर्ब ४९ करोड, प्रदेशतर्फ ५ अर्ब २३ करोड, स्थानीय तहतर्फ १९ अर्ब ५ करोड तथा समिति र अन्य संस्थातर्फ १० अर्ब ३२ करोड बेरुजु कायम भएको छ । गत वर्षसम्मको बेरुजुमध्ये प्रतिवेदन अवधिमा ६६ अर्ब ११...
अब्बल शैक्षिक संस्था बुटवलको ‘दीप बोर्डिङ हाई स्कुल’

अब्बल शैक्षिक संस्था बुटवलको ‘दीप बोर्डिङ हाई स्कुल’

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, फिचर, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलअब्बल शैक्षिक संस्था बुटवलको दीप बोर्डिङ हाई स्कूल २०३७ सालमा स्थापना भएको लुम्बिनी प्रदेशको एक अग्रणी संस्थाका रुपमा स्थापित पुरानो शैक्षिक संस्था हो । आफ्नो झण्डै आधा सताब्दीको यो यात्रामा हजारौ हजार विद्यार्थीलाई दीक्षित मात्र बनाएर उनीहरुलाई भविष्यको उज्यालो शैक्षिक प्रकाश दिन सफल पनि भएको छ । धेरै विद्यार्थीको रोजाइका रुपमा स्थापित भएको विद्यालयले आफ्नो ४५औँ वार्षिकोत्सव समेत मनाई सकेको छ । रुपन्देहीको मुख्य केन्द्रविन्दु बुटवल र बुटवलको मुटु सुख्खानगरमा स्थापना भएको विद्यालय आफैमा मात्र उज्यालो छैन, धेरै अभिभावक र तिनका बालबालिका (विद्यार्थी) हरुको उज्ज्वल भविष्यको मार्गदर्शकका रुपमा स्थापित यस क्षेत्रकै पुरानो शैक्षिक संस्था हो ।यसवर्षमात्र यस विद्यालयको पुर्वप्राथमिक तहदेखि १२ कक्षासम्म दुई हजार छ सयबढी विद्यार्थीहरुले अध्ययन गर्दै आइ रहेका छन् ।अहिले दीपको कक्षा ११ र १२ ...
भारत सरकारले चिनि निर्यातमा पूर्ण राेक लगायाे, चिनी निर्यात ‘निषेधित’ श्रेणीमा

भारत सरकारले चिनि निर्यातमा पूर्ण राेक लगायाे, चिनी निर्यात ‘निषेधित’ श्रेणीमा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौंभारत सरकारले चिनी निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचनाअनुसार कच्चा, सेतो र प्रशोधित चिनीको निर्यात आगामी ३० सेप्टेम्बर २०२६ सम्म वा अर्को आदेश जारी नभएसम्मका लागि निषेध गरिएको हो ।यसअघि ‘प्रतिबन्धित’ श्रेणीमा रहेको चिनी निर्यातलाई अब ‘निषेधित’ श्रेणीमा राखिएको छ । भारत सरकारले आन्तरिक बजारमा चिनीको पर्याप्त आपूर्ति कायम राख्न र मूल्यवृद्धि नियन्त्रण गर्न यस्तो निर्णय गरेको जनाएको छ ।यद्यपि, युरोपेली संघ र अमेरिकातर्फ तोकिएको कोटाअन्तर्गत हुने चिनी निर्यातमा भने यो प्रतिबन्ध लागू नहुने बताइएको छ । साथै, अग्रिम अनुमति योजना अन्तर्गत हुने निर्यात विद्यमान व्यवस्था अनुसार जारी रहने उल्लेख गरिएको छ । सरकारले यो निर्णय तत्काल लागू भएको स्पष्ट पारेको छ । ...
बहिस्कार र नाराबाजीका बिच प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित

बहिस्कार र नाराबाजीका बिच प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँप्रतिनिधिसभा बैठकबाट विपक्षी दलको बहिस्कार, नाराबाजी र विरोधकाबिच सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । नीति तथा कार्यक्रम पारित भएसँगै सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा वैशाख २८ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रधानमन्त्रीका तर्फबाट बुधबार टेबल गरेको वार्षिक नीति तथा कार्यक्रममा बिहीबार छलफलपछि अर्थमन्त्रीले नै जवाफ दिएर पारित भएको हो ।अर्थमन्त्रीले जवाफ दिने क्रममा विपक्षी कांग्रेस एमालेका सांसद उठेर विरोध गरेका थिए भने ४ वटा विपक्षी दल नेकपा एमाले,नेकपा, श्रम संस्कृति र राप्रपाका सांसदले बैठक नै बहिस्कार गरेका थिए । विपक्षी दलहरूले नीति तथा कार्यक्रममाथिको छलफल र उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरे पनि प्रधानमन्त्र...
प्रचण्ड र बाबुरामविरुद्धको रिटमा आज आदेश आउने

प्रचण्ड र बाबुरामविरुद्धको रिटमा आज आदेश आउने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंतत्कालीन नेकपा माओवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'र पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधसम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतले निर्णय सुनाउने भएको छ।मुद्दाको सुनुवाइका लागि कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्तिसिंह थापाको पूर्ण इजलासमा पेशी तोकिएको छ । यसअघि गत माघ २८ गते सोही इजलासमा निर्णय सुनाउन पेशी तोकिएको थियो। तर,निर्णय सुनाउने मिति आजका लागि सारिएको थियो ।माओवादीका पूर्वलडाकु लेनिन विष्टले माओवादी जनयुद्धकालमा बाल सैन्यको रूपमा भर्ती गरी अयोग्य लडाकुको बिल्ला भिराई शिविरबाट निकालेर युद्ध अपराध गरेको जिकिर गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । विष्टले सशस्त्र द्वन्द्वको समयमा आफूहरूलाई बाल सेना बनाएर प्रवेश गराएको र पछि बेवास्ता गरेको भन्दै मुद्दा दायर गरेका थिए । रिटमा माओवादीका ...
प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि छलफल: प्रधानमन्त्रीको जवाफपछि पारित गर्ने कार्यसूची

प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि छलफल: प्रधानमन्त्रीको जवाफपछि पारित गर्ने कार्यसूची

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंआज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक बस्ने भएको हो ।आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफलको कार्यसूची रहेको छ । यसअघि बुधबार विपक्षी दलहरुले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै संसदमा अवरोध गरेपछि छलफल हुन सकेको थिएन ।आज राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते सोमबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आ.व. २०८३/०८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची रहेको छ । त्यस्तै आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्रहरूको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले उल्लेख गरेको छ । त्यस्तै आजको बैठकमा नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने र सभामुखले नीति तथा कार्यक्रमल...
एसइईमा ४ जिपिए सहित ३ सय २१ विद्यार्थी उतिर्ण हुन सफल बुटवलको न्यु होराइजन माविले भन्यो ‘चेकजाँच सुधार गर्न आवश्यक छ’

एसइईमा ४ जिपिए सहित ३ सय २१ विद्यार्थी उतिर्ण हुन सफल बुटवलको न्यु होराइजन माविले भन्यो ‘चेकजाँच सुधार गर्न आवश्यक छ’

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलको न्यु होराइजन माध्यमिक विद्यालयको २०८२को एसइईमा ४जना विद्यार्थी ४जिपिए सहित ३सय २१ जना विद्यार्थी उतिर्ण हुन सफल भएका छन्। अन्वेषा भुसाल, अपेक्षा गौतम, दिक्षा पाण्डे र संकल्प ज्ञवालीले ४ जिपिए ल्याएका हुन्।प्रायः नेपालमै प्रथम स्थान हासिल गर्न सफल यस विद्यालयले ८२ को नतिजामा निरिक्षण प्रक्रियामा कमजोरी रहेका कारण आफ्नो परिणाम कमजोर देखिएको हुन सक्ने धारणा राखेको छ।विद्यालयका कोर्डिनेटर शिक्षक प्रकाश गौतमले निरिक्षक र प्रशिक्षार्थी दुवैलाई नजिकबाट चिनेजानेका निरिक्षण केन्द्रमा निरिक्षण गर्ने व्यवस्था मिलाइएकोले पनी स्वस्थ निरिक्षण नभएको हुन सक्ने धारणा व्यक्त गरेका हुन्। स्थापित शैक्षिक धरोहरऐतिहासिक तथा व्यापारिक दृष्टिले सुपरिचित बुटवल नगरीमा वि.सं. २०४६ साल पुस महिनामा एउटा यस्तो शैक्षिक अभियानको सुरुवात भयो, जसले यस क्षेत्रको शिक्षाको परिभाषा नै बदलिदियो । “गुणात्...
ट्राफिक कार्यालय बुटवलले सार्वजनिक गर्यो, आन्दोलन र निर्बाचनका वावजुत पनि प्रगतिको विवरण

ट्राफिक कार्यालय बुटवलले सार्वजनिक गर्यो, आन्दोलन र निर्बाचनका वावजुत पनि प्रगतिको विवरण

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले आर्थिक वर्ष २०८२ साउन देखि ८३कोवैशाख सम्मका कामको विवरण सार्वजनिक गरेको छ।बुधबार बुटवलमा पत्रकार भेटघाट कार्यक्रम मार्फत कार्यविवरण सार्वजनिक गरिएको हो।कार्यक्रममा वोल्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक मित्र बन्धु शर्माले भदौ २३ र २४ गतेको जेन्जी आन्दोलन, निर्वाचन लगायतका काममा केन्द्रित हुनु परेकोले चाहेजति काम गर्न नसकेको बताउँदै लुम्बनी प्रदेशभर चालुआ.व. २०८२/०८३ वैसाख सम्ममा स्वरूप परिवर्तन गरी ठुलो आवाज निकाली संचालन गरेका ५ सय ७२ वटा मोटरसाइकल हरुलाई नियन्त्रणमा लिई थप कारवाहीको लगी यातायात व्यवस्था कार्यालय पठाई ४७ लाख ५८ हजार राजस्व संकलन गरेकोजानकारी दिएका छन्। चालुआ.व. २०८२।०८३ को हालसम्ममा ओभरलोड रहेका २४हजार २ सय ६६ वटा सवारी साधनह...