समाज

सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त,आजै शपथ

सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त,आजै शपथ

Breaking news 1, पत्रपत्रिका, फिचर, शिक्षा, समाचार, समाज
काठमाडौं पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन् । त्यस्तै, उनको शपथ ग्रहण आजै बेलुका ९ बजे हुने भएको छ ।
शीतलनिवास वार्ता अन्योलग्रस्त बन्दैजाँदा संकटकालको जोखिम

शीतलनिवास वार्ता अन्योलग्रस्त बन्दैजाँदा संकटकालको जोखिम

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंजेनजी आन्दोलनमा संलग्न युवा अगुवाहरुको प्रस्तावमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको नेतृत्व तयार भएको विषय स्पष्ट नै छ । तीन दिनदेखि कार्कीको नाम आए पनि औपचारिक रुपमा मुलुकले नयाँ सरकार पाउने आकार तय भएको छैन । यो बीचमा सघन राजनीतिक परामर्श भइरहेको छ । तर मुलुकले एउटा वैधानिक बाटो कसरी लेला भन्ने निर्क्यौल हुन सकेको छैन ।हिजो राती नै कार्कीलाई सरकारको नेतृत्व दिने गरी रातभर राष्ट्रपति निवासमा छलफल चल्यो । त्यहाँबाट निकास निस्केन ।आज सहमति हुनसक्ने भन्दै आएका सूचनाहरुले अहिले यो ब्रिफिङ तयार पारून्जेलसम्म मूर्त रुप लिएका छैनन् । हामीले छलफल प्रक्रियामा अनौपचारिक र ‌औपचारिक रुपमा संलग्न भएका राजनीतिक दल, राष्ट्रपति, जेनजी युवाहरुका समूहका विभिन्न व्यक्तिसँग कुराकानी गरेका छौं ।ती कुराकानीका क्रममा आएका सूचनाहरु हेर्दा अझै अन्यौलग्रस्त नै देखिन्छ । यो छलफलमा ...
संविधानको रक्षार्थ पत्रकार लगायतको बुटवलमा शान्तिपूर्ण र्‍याली

संविधानको रक्षार्थ पत्रकार लगायतको बुटवलमा शान्तिपूर्ण र्‍याली

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीजेनजीको आन्दोलन पश्चात देशमा विषम परिस्थिति सिर्जना भएको छ। बलिदानीपूर्ण आएको संविधानसमेत पुनर्लेखन गर्ने जस्ता विषयहरू उठेका छन् । संविधान परिमार्जन गर्न सकिन्छ तर पुनर्लेखन जस्ता विषयहरू आउनु हुँदैन भन्ने मागसहित नेपाल पत्रकार महासंघ रूपन्देहीको संयोजकत्वमा अन्य पेशागत सञ्जाल र स्वच्छ छविका नागरिक अगुवाहरूको शुक्रबार बुटवलमा शान्तिपूर्ण मौन र्याली सम्पन्न भएको छ। आन्दोलनमा ठुलो मानवीय सँगै सार्वजनिक संरचना, निजी संरचनाहरूमा अपुर्णनिय क्षति भएको छ। भने सरकार विघटन भई सेना परिचालन गरिएको छ।वक्ताहरुले संविधान जस्तो संवेदनशिल विषयमा गम्भीर हुनुपर्छ, संविधानमा टेकेर अगाडि बढ्नुपर्छ , सही अनुसार अन्तरिम सरकार बनाउने प्रक्रियाहरु अगाडि बढ्नु पर्ने बताएका छन्।यस्तो विषम परिस्थितिमा बलिदानीबाट आएको संविधाननै विघटन हुनुपर्छ भन्ने जस्ता विषयहरु उठेकाले संविधानमा भएका केही विषयहर...
प्रधानमन्त्री बन्न कार्कीको अडान : संसद् विघटन र दमन छानबिन अनिवार्य

प्रधानमन्त्री बन्न कार्कीको अडान : संसद् विघटन र दमन छानबिन अनिवार्य

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँपूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफूलाई प्रधानमन्त्री बनाउनुअघि दुई प्रमुख सर्त पूरा गर्नुपर्ने अडान राखेकी छन्।उनले जेनजी आन्दोलनमा भएको दमनबारे छानबिन र संसद् विघटनलाई अनिवार्य सर्तका रूपमा प्रस्तुत गरेकी हुन्। यी सर्त पूरा नभए प्रधानमन्त्रीको जिम्मेवारी लिन नसकिने उनको स्पष्ट अडान रहेको छ।गएराति शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलसँग लामो छलफल भए पनि सर्तमा सहमति नजुटेपछि कार्की बैठकस्थल छोडेर बाहिरिएकी थिइन्। कार्कीले अब शीतलनिवासमा वार्ताका नाममा बोलाउनै नहुने भन्दै आन्दोलनरत पक्षलाई सहमतिमा ल्याएर मात्रै जिम्मेवारी सम्हाल्ने तयारी रहेको स्पष्ट गरेकी छन्। उनका नजिकका स्रोतका अनुसार, पुराना दलहरूले संसद् कायम राखेर चुनाव गराउन नसक्ने बहाना बनाउने र अन्तरिम सरकारलाई असफल पार्ने सम्भावना भएकाले यस्तो परिस्थितिमा आफू प्रधानमन्त्री बन्...
सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने सहमति

सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने सहमति

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँशीतल निवासमा भएको छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति बनेको छ।बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शितल निवासमा भएको बैठकमा सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको हाे । यसअघि जेन-जी समूहकाेतर्फबाट पनि कार्कीको नाम सिफारिस गरिएको थियो। छलफलमा राष्ट्रपति पौडेल, प्रधानसेनापति अशाेकराज सिग्देल , सुशीला कार्की, कानुनविद् ओमप्रकाश अर्याल लगायत सहभागी रहेका छन्।वार्तामा संसद् विघटनको विषयमा मतभेद देखिए पनि संविधानअनुसार कसरी अघि बढ्ने भन्नेबारेमा चर्चा भएको बुझिएको छ। ...
आन्दोलनमा भएका संरचना क्षतिको छैन यकिन जानकारी

आन्दोलनमा भएका संरचना क्षतिको छैन यकिन जानकारी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
बुटवलजेनजी आन्दोलनको क्रममा देशभर भएका संरचनाको क्षतिबारे अझै सम्म यकिन विवरण आएको छैन ।आन्दोलनको क्रममा संसद भवन, सिंहदरवार ,अन्तर्राष्ट्रिय विमानस्थल, पार्टी कार्यालय, अदालत, ,ट्राफिक कार्यालय, भन्सार कार्यालय, राजस्व कार्यालय, नेपाल विद्युत् प्राधिकरण, नगर पालिकाका प्रमुख, उप प्रमुख , मन्त्री ,सांसद व्यवसायीक प्रतिष्ठान लगायतको घरमा आगजनी गरि ध्वस्त बनाई दिएका छन् ।तर आन्दोलनको क्रममा देशभरि लुटपाट, आगजनी, तोडफोड भएको कार्यालय एवम् अन्य भौतिक संरचनाहरूको न विवरण सङ्कलन गरिएको छ न त उनीहरूको के कति रकम बराबरको क्षति भयो भन्ने अनुमान नै लगाउन सकिएको छ । ...
सेनाको सुरक्षामा रहेका शीर्ष नेताहरूमाथि अघोषित नजरबन्द

सेनाको सुरक्षामा रहेका शीर्ष नेताहरूमाथि अघोषित नजरबन्द

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं नेपाली सेनाको सुरक्षामा रहेका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीसहित निवर्तमान मन्त्रिमण्डलका सदस्य र शीर्ष नेताहरू अघोषित नजरबन्दमा परेका छन् । उनीहरूको मोबाइल फोन स्वीच अफ गर्न लगाइएको बाहिरबाटै उनीहरूको सम्पर्कमा रहेका दलका नेताहरूको भनाइ छ । दिउँसोसम्म सम्पर्कमा रहेका नेताहरूसँग एकाएक सम्पर्क विच्छेद भएको उनीहरूले बताएका छन् । अन्योल बढिरहेको बेला शान्ति सुरक्षा कायम गर्न र थप स्थिति बिग्रिन नदिन सेनाले मध्यरातसम्म बोल्ड कदम चाल्ने अनुमान गरिएको छ ।तोडफोड तथा हिंसात्मक गतिविधि बढेपछि सेनाले कामचलाउ प्रधानमन्त्री ओली, मन्त्रीहरू, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधव नेपाललगायतका शीर्ष नेताहरूलाई सुरक्षाका लागि आफ्नो नियन्त्रणमा राखेको थियो । आजदेखि दलका कार्यकर्ता सडकमा आउन थालेपछि थप सुरक्षा चुनौती बढ्न नदिन भन्दै सेनाले उनीहरूलाई कार्य...
संविधान रक्षार्थ आन्दोलन सुरु गर्ने खबरसँगै सेनाद्वारा सुरक्षा व्यवस्था मजबुत

संविधान रक्षार्थ आन्दोलन सुरु गर्ने खबरसँगै सेनाद्वारा सुरक्षा व्यवस्था मजबुत

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौं काठमाडौंमा आन्दोलन गर्ने समाचार बाहिरिएसँगै नेपाली सेनाले सुरक्षा व्यवस्था मजबुत बनाएको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अहिले सेनाले सुरक्षा व्यवस्था मजबुत बनाएको हो । काठमाडौंको माइतीघर, कालीमाटी, नक्शाल, कमलपोखरी, सुन्धारा लगायतका स्थानहरूमा सेनाले गस्ती गरिरहेको छ । साथै सवारी साधनमा हिँड्नेहरूलाई चेकजाँच गरिरहेको छ । उनीहरूलाई सोधपुछ गरेर मात्रै आवश्यक कामका लागि जान दिएको छ भने अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन आग्रह गरेको छ ।संविधानको रक्षार्थ वर्तमान संविधान पक्षधरहरूले आन्दोलन गर्ने समाचारहरू बाहिरिएसँगै सडकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलहरू खटिएका छन् । ...
देशको राजनीतिक निकास संविधानसम्मत् र लोकतान्त्रिक विधिबाट खोजिनुपर्छ

देशको राजनीतिक निकास संविधानसम्मत् र लोकतान्त्रिक विधिबाट खोजिनुपर्छ

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
प्रिय कमरेडहरु, मुलुकमा उत्पन्न असामान्य परिस्थितिबारे यहाँहरु अवगत नै हुनुहुन्छ। भ्रष्टाचारको विरोध लगायत विभिन्न माग राखेर सञ्चालित जेन–जेड पुस्ताको प्रदर्शनका क्रममा प्रहरीको गोली प्रहारबाट भएको १९ जना युवाहरुको दुःखद निधन र ४ सय भन्दा बढी घाइते भएको घटनाले सिङ्गो मुलुक मर्माहत बनेको छ। मारिनु हुने सबैप्रति हामी पुनः श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ। सन्तान वियोगका पीडामा रहनुभएका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। घटनाको निष्पक्ष छानबिन हुनुपर्छ र दोषीमाथि कानुनबमोजिम कार्बाही हुनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ।त्यस पीडाको घाउ ओभाउन नपाउँदै हिँजो देशैभरि भएका आगजनी, तोडफोड, हिँसा र लुटपाटका घटनाले मुलुक पुनः स्तब्ध भएको छ। सङ्घीय संसद भवन, राष्ट्रपति भवन, ऐतिहासिक सिँहदरबार, सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, प्रहरी कार्य...
बाबुराम भट्टराईले भने– जेनजीका साथीहरू, क्रान्ति प्रतिक्रान्तिमा बदलिँदै छ

बाबुराम भट्टराईले भने– जेनजीका साथीहरू, क्रान्ति प्रतिक्रान्तिमा बदलिँदै छ

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जेनजी युवाहरूको क्रान्ति प्रतिक्रान्तिमा परिणत हुन लागेको बताएका छन्। उनले यसअघि जेनजीको आन्दोलनलाई समर्थन गर्ने क्रममा भेडाको खोल ओढेर आउने ब्वाँसाहरूसँग सतर्क रहन गरेको आग्रह स्मरण गरेका छन्। भट्टराईले जेन-जीको आन्दोलनमा त्यस्ता व्यक्तिहरू पसेको हुन सक्ने शंका व्यक्त गरेका छन्। भट्टराईले संसद, सिंहदरबार, अदालत र दलका नेताहरूको निवास आदि छानीछानी आगो लगाउने काम जेनजीले गरेको विश्वास नरहेको उल्लेख गरेका छन्। 'लोकतन्त्रका प्रमुख आधार, स्तम्भहरू छानीछानी आगो लगाउनेहरू को होलान्? तिनको उद्देश्य के होला,' भट्टराईले फेसबुकमा लेखेका छन्, 'त्यसैले आत्मसमीक्षा गर्नुहोस्! अब त्यो आगो निभाउने काममा लाग्नुहोस्!' भट्टराईले ब्वाँसाहरूलाई चिन्ने प्रयास गर्न सुझाव दिएका छन्। उनले फ्रान्सेली क्रान्तिको इतिहास पढ्न पनि सुझाव दिएका छन्।'एक दशकदेखि लोक...