सेनाको सुरक्षामा रहेका शीर्ष नेताहरूमाथि अघोषित नजरबन्द


काठमाडौं

नेपाली सेनाको सुरक्षामा रहेका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीसहित निवर्तमान मन्त्रिमण्डलका सदस्य र शीर्ष नेताहरू अघोषित नजरबन्दमा परेका छन् ।

उनीहरूको मोबाइल फोन स्वीच अफ गर्न लगाइएको बाहिरबाटै उनीहरूको सम्पर्कमा रहेका दलका नेताहरूको भनाइ छ । दिउँसोसम्म सम्पर्कमा रहेका नेताहरूसँग एकाएक सम्पर्क विच्छेद भएको उनीहरूले बताएका छन् ।

अन्योल बढिरहेको बेला शान्ति सुरक्षा कायम गर्न र थप स्थिति बिग्रिन नदिन सेनाले मध्यरातसम्म बोल्ड कदम चाल्ने अनुमान गरिएको छ ।
तोडफोड तथा हिंसात्मक गतिविधि बढेपछि सेनाले कामचलाउ प्रधानमन्त्री ओली, मन्त्रीहरू, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधव नेपाललगायतका शीर्ष नेताहरूलाई सुरक्षाका लागि आफ्नो नियन्त्रणमा राखेको थियो ।

आजदेखि दलका कार्यकर्ता सडकमा आउन थालेपछि थप सुरक्षा चुनौती बढ्न नदिन भन्दै सेनाले उनीहरूलाई कार्यकर्ताबाट सम्पर्क विच्छेद गराइएको स्रोतले बतायो ।

पाँचखालस्थित संयुक्त राष्ट्र संघ तालिम केन्द्र युनिफिल्डका टोलीसहित काठमाडौं उपत्यकामा सेनाको संख्या बढाइएको छ । आजै साँझदेखि काठमाडौंमा व्यक्तिमाथि सुरक्षा जाँचसहित व्यक्ति हिँडडुलमा समेत कडाइ गरिएको छ ।

सैनिक स्रोतका अनुसार आज रातिको कर्फ्यूलाई कडा गर्न सैनिक मुख्यालयले उपत्यका पृतना र सैनिक प्रहरीलाई आदेश दिएको छ । आवतजावत गर्न पाइने भनिएका अत्यावश्यक सेवाका नाममा अनुचित मानिसको घुसपैठ हुने सम्भावनालाई गम्भीरताका साथ लिन भनिएको छ ।

देशको वर्तमान संकटपूर्ण अवस्थालाई मध्यनजर गर्दै प्रधानसेनापतिले मित्रराष्ट्र चीनको पूर्व निर्धारित भ्रमण कार्यक्रम रद्द गरेकाे सैनिक मुख्यालय स्रोतले जनाएको छ ।

छुटाउनुभयो कि ?

बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

बुटवलजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल को...