शिक्षा

रुपन्देहीको रोहिणीमा ट्रकसँग ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु, अन्य एक जनाको शव पानीमा डुबेको अवस्थामा फेला

रुपन्देहीको रोहिणीमा ट्रकसँग ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु, अन्य एक जनाको शव पानीमा डुबेको अवस्थामा फेला

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
रुपन्देहीरुपन्देहीको भैरहवा–परासी सडकखण्डमा सोमबार भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । रोहिणी गाउँपालिका वडा नम्बर ३, परासीझुवामा रोकिरहेको ट्रकमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा सोही वडाका २१ वर्षीय राजु हरिजन र २३ वर्षीय रोहित यादवको मृत्यु भएको रूपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । आज बिहान करिब ६ बजे परासीबाट भैरहवातर्फ आउँदै गर्दा ग ११ प ८६२५ नम्बरको मोटरसाइकल रोकिरहेको एचआर ५५ डब्लु ०३१ नम्बरको भारतीय ट्रकमा ठोकिएको थियो । घटनामा गम्भीर घाइते मोटरसाइकलमा सवार दुबै जनालाई तत्काल भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज पु¥याइए पनि उपचारको क्रममा उनीहरूको मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । प्रहरीले दुर्घटनाग्रस्त ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको र यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । यसै...
एमालेको महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डे भिड्ने, ज्ञवालीलाई उपाध्यक्ष

एमालेको महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डे भिड्ने, ज्ञवालीलाई उपाध्यक्ष

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौँनेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत आज उम्मेदवार दर्ताको कार्यतालिका रहेको छ ।आज साढे १ बजेसम्म उम्मेदवार दर्ता गर्ने समय तोकिएको छ । एमालेको नयाँ नेतृत्वको लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानलनै बनाएर निर्वाचनमा जाने तयारी गरेका छन् ।यसैबीच पार्टीको संगठनमा पकड हुने महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिष्पर्धा हुने भएको छ ।ओली पक्षबाट महासचिवमा पोखरेल दोहोरिएका छन् । ओली पक्षबाट प्रदीप ज्ञवालीले महासचिवमा दाबि गरेपनि ओली आफ्ना विश्वासपात्र मानिएका पोखरेलकै पक्षमा गएका छन् । यसअघि उपमहासचिव रहेका ज्ञवालीभने उपाध्यक्ष हुने भएका छन् । त्यस्तै ईश्वर पोखरेल पक्षले भने महासचिवमा सुरेन्द्र पाण्डेलाई अगाडी सारेको छ । अब पार्टीको हाइप्रोफाइल पद महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिष्पर्धा हुने भएको छ । अहिले केन्द्रीय ...
काँग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काँग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाली कांग्रेसले बोलाएको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ ।काँग्रेसले सोमबार बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।कांग्रेसका नेता एवं पुर्व शिक्षामन्त्री आमोद प्रसाद उपाध्यायको निधनप्रति शोक प्रस्ताव पारित गर्ने लगायतका निर्णय गर्न बैठक बोलाइएको बुझिएको छ । ९२ बर्षिय उपाध्यायको शनिबार राति ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । ...
एमाले महाधिवेशनको तेस्रो दिन निर्वाचन प्रक्रिया शुरु, आज उम्मेदवारी दर्ता हुने

एमाले महाधिवेशनको तेस्रो दिन निर्वाचन प्रक्रिया शुरु, आज उम्मेदवारी दर्ता हुने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेकपा एमालेको ११ औं महाधिवेशनको तेस्रो दिन आज निर्वाचन प्रक्रिया शुरु हुने भएको छ ।केन्द्रीय निर्वाचन आयोगका केन्द्रीय अध्यक्ष डा. विजय सुब्बाले आइतबार साँझ निर्वाचन कार्यतालिका सार्वजनिक गरेसँगै आज मतदाता नामावली, उम्मेदार दर्ता र उम्मेदवारको अन्तिम नामावली सार्बजनिक गर्नेलगायतका कार्यक्रम हुदैछन् ।कार्यतालिका अनुसार सोमबार बिहान मतदाता नामावली उपर दाबि विरोध, छानबिन र निर्णयपछि अन्तम मतदाता नामावली सोमबार बिहान १०: १५ बजे प्रकाशित गरिने उल्लेख छ । त्यसपछि उम्मेदवारी दर्ता आज बिहान साढे १० बजेदेखि साढे १ बजेसम्म हुने भएको छ । आजै उम्मेदवारको दाबी विरोध, छानबिन, नाम फिर्ता सकेर अन्तिम नामावली प्रकाशन साँझ ६ बजे हुने निर्वाचन आयोगले जानकारी दिएको छ ।मतदान पुस १ गते मंगलबार बिहना ११ बजेदेखि साँझ ५ बजेसम्म हुने छ भने मतगणना त्यसपश्चात हुने छ । आयोगले निर्वाचनका सबै कार्यक्रम महाध...
अब चुनावी खर्च बैंक मार्फत गर्नु पर्ने ,खर्चको स्रोत समेत खुलाउनुपर्ने

अब चुनावी खर्च बैंक मार्फत गर्नु पर्ने ,खर्चको स्रोत समेत खुलाउनुपर्ने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनिर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय सुझावका लागि सार्वजनिक गरेको निर्वाचन आचारसंहिता–२०८२ मा केही नयाँ व्यवस्था थप गरेको छ। खर्च वा आम्दानी सबै बैंक तथा वित्तीय संस्थामार्फत गर्नुपर्ने, सबै बिल तथा भरपाई राख्नुपर्नेलगायतका नयाँ व्यवस्था थप गरेको हो । निर्वाचनमा हुने खर्चको स्रोतको पारदर्शिता कायम गर्न यस्तो व्यवस्था गर्न लागिएको आयोगले जनाएको छ। आयोगले निर्वाचन खर्चसम्बन्धी आचरण शीर्षकमा राजनीतिक दल तथा उम्मेदवारले मनोनयनपत्र दर्ता निर्वाचनमा आफूले खर्च गर्ने अनुमानित रकम र सो को स्रोत समेत खुलाउनुपर्ने उल्लेख गरेको छ। उम्मेदवारले खर्च गर्दा बैंक तथा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट गर्नुपर्नेछ। यस्तै निर्वाचन खर्चसम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर...
पुर्व शिक्षामन्त्री एवं कांग्रेस नेता आमोद प्रसाद उपाध्यायको निधन

पुर्व शिक्षामन्त्री एवं कांग्रेस नेता आमोद प्रसाद उपाध्यायको निधन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौँनेपाली कांग्रेसका नेता एवं पुर्व शिक्षामन्त्री आमोद प्रसाद उपाध्यायको निधन भएको छ । ९२ बर्षिय उपाध्यायको गएराती काठमाडौंको ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उपाध्याय प्रतिनिधि सभा, राष्ट्रिय सभाको सांसद हुनुका साथै संबिधान सभाको समेत सदस्य रहेका थिए । उनी २०५८ सालमा शेरबहादुर देउवाको मन्त्रिपरिषदमा शिक्षामन्त्री बनेका थिए । २०५९ असोज १८ गते राजा ज्ञानेन्द्रले शाही कदम उठाएपछि उनी पदमुक्त भएका थिए । उपाध्यायको अन्तिम दाहासंस्कार धार्मिक परम्परा सोमबार पशुपती आर्यघाटमा हुने परिवार निकटले जानकारी दिएका छन् । ...
गुल्मी थोर्गा रुपन्देही सम्पर्क समाजको अध्यक्षमा षडानन्द

गुल्मी थोर्गा रुपन्देही सम्पर्क समाजको अध्यक्षमा षडानन्द

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
रुपन्देही गुल्मी थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन भएको छ । समाजको शनिबार तिलोत्तमा शंकरनगरमा भएको एघाराैँ साधारणसभा तथा चौथो अबिधेशनले आगामी ३ बर्षका लागि षडानन्द पोखरेलको अध्यक्षतामा २१ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो । समाजको उपाध्यक्षमा अर्जुनप्रसाद पोखरेल सचिबमा लक्ष्मण गौतम,कोषाध्यक्षमा बिदुर ज्ञवाली, सहसचिबमा प्रेमप्रसाद पोखरेल,सह कोषाध्यक्षमा कृष्ण ज्ञवाली सर्वसम्मत चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा मदन ज्ञवाली, चक्रबन्धु ज्ञवाली,यादब ज्ञवाली,गंगा ज्ञवाली,कपिल ज्ञवाली,प्रकाश पन्थ,भिम ज्ञवाली,केशव ज्ञवाली,पिताम्बर ज्ञवाली,हरि गौतम,दुर्गा ज्ञवाली,महेश ज्ञवाली,पिताम्बर ज्ञवाली,शुसिल ज्ञवाली,प्रदिप ज्ञवाली,पिताम्बर ज्ञवाली सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका सदस्य बेदराज ज्ञवालीले बताए। उद्घाटन सत्रमा बोल्दै बक्ताहरुले समाजले गुल्मी थोर्गा र र...
निर्वाचनको लागि ८१ दिन बाँकीः राजनीतिक दलको चुनाव केन्द्रित गतिविधि बढ्यो

निर्वाचनको लागि ८१ दिन बाँकीः राजनीतिक दलको चुनाव केन्द्रित गतिविधि बढ्यो

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी छ। निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको छ। आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको दल दर्ताको प्रक्रिया सकाइसकेको छ। सरकारले पनि निर्वाचनका लागि आवश्यक तयारी तथा सहजीकरण गरिसकेको छ। राजनीतिक दलहरूले पनि निर्वाचनका गतिविधि अगाडि बढाएका छन्। मुलुक क्रमशः निर्वाचनको माहोलमा अगाडि बढिरहेको आभास भएको छ। देशव्यापी रूपमा राजनीतिक गतिविधि बढ्न थालेको छ। प्रमुख राजनीतिक दलदेखि नयाँ राजनीतिक दलले पनि देशव्यापी रूपमा निर्वाचन केन्द्रित अभियान सुरु गरिसकेका छन्। नेपाली कांग्रेसले देशव्यापी रूपमा उम्मेदवार छनोट गरी केन्द्रमा पठाउन थालिसकेको छ। सो दलले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको उम्मेदवार छनोट गरिरहेको छ। प्रतिनिधिसभा सदस्यको उम्मेदवारसँगै राष्ट्रियसभाको उम्मेदवारसमेत कांग्रेसले छनोट गरिरहेको छ। उम्मेदवार छनो...
एमाले महाधिवेशन : आजदेखि भृकुटीमण्डपमा बन्दसत्र

एमाले महाधिवेशन : आजदेखि भृकुटीमण्डपमा बन्दसत्र

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौनेकपा एमालेको ११औँ महाधिवेशनको दोस्रो दिन आजदेखि बन्दसत्र शुरु हुने भएको छ ।काठमाडौँको भृकुटीमण्डपमा एमालेको बन्दसत्र संचालन हुने कार्यक्रम रहेको छ । बन्दसत्रमा देशभरबाट चुनिएर आएका महाधिवेशन प्रतिनिधिहरुले मात्र भाग लिने छन् । एमालेको यस महाधिवेशनमा कुल २ हजार २६८ प्रतिनिधि सहभागी रहेका छन्, जसमा १०८ प्रतिनिधि मनोनित सचिवालयले मनोनित गरेको छ ।बन्दसत्र संचालनक लागि सबै पदाधिकारीको अध्यक्ष मण्डल गठन गरिएको छ । त्यस्तै बन्दसत्रबाट पारित गर्ने प्रस्तावको संयोजन गर्न उपमहासचिव प्रदिव ज्ञवालीको संयोजकत्वमा कमिटी बनाइएको छ भने बन्दसत्रको माइन्यूटिङ गर्नका लागि उपमहासचिव पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा कमिटी गठन गरिएको छ ।नेतृत्व चयनमा प्रतिष्पर्धा:सोमबारसम्म संचालन हुने यस महाधिवेशनले १५ पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटीको चयन गर्ने छ । एमालेको विधानले एक अध्यक्ष, ३ उपध्याक...
कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१ शिर्षकमा आन्तरिक खेल सकिए

कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१ शिर्षकमा आन्तरिक खेल सकिए

Breaking news 3, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
बुटवलकालिका मानवज्ञान मावि बुटवल १० को ६५ औ बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित कक्षा ११ र १२ का सम्पूर्ण खेल सकिएका छन् । विभिन्न २१ वटा खेल शिर्षकमा प्रतियोगी आयोजना गरिएको थियो थियो । जस मा छात्र छात्रा भलिव देखि लिएर कबड्डी प्रतियोगीता, एथेटिक्सका विभिन्न खेलहरु समावेश गरिएको खेलकुद समितिका सदस्य शिक्षक हिरामन प्रधानले जानकारी दिए ।जस अन्र्तगत कबड्डी ाछत्र तर्फ ११ व्यवस्थापन संकाय सेक्टर १ का विद्यार्थी समुह प्रथम भएका छन्, यस्तै द्धितिय शिक्षा समुह सेक्टर १ भएको छ । कबड्डी छात्रा तर्फ व्यवस्थापन नेपाली मिडियम समुह र द्धितिय सुजाता बुढाथोकीको समुह भएको छ ।यस्तै भलिवल तर्फ व्यवस्थापन समुह सेक्टर १, द्धितिय व्यवस्थापन सहुक सेक्टर २ कक्षा १२ को समुह भएको हो । यस्तै छात्रा भलिवल तर्फ कक्षा ११ शिक्षा समुह र द्धितिय व्यवस्थापन समुह सेक्टर १ भएको छ१०० मिटिर दौड मा ११ विज्ञान ए...