देशमै बस्दा पछुताउन नपरोस्
टिकाराम न्याैपाने
हामी सानै थियौँ। गाउँका प्रायजसो मानिसहरू गाउँमै बस्दथे। आम्दानीको स्रोतको रूपमा गाईभैँसी पाल्ने, खेती किसानी गर्ने र केही व्यक्तिहरू रोजगारीको सिलसिलामा भारत जाने त कसैले व्यापार गर्ने चलन थियो। समयको परिवर्तनसँगै केही परिवारका मानिसहरू समथर घरबारी, मिलेका घरगोठ र बिहान साँझ दुई छाक खानलाई अभाव नहुने अवस्थामा पनि आफ्नो जायजेथा बिक्री गरेर तराईका विभिन्न ठाउँहरू जस्तै नौकट्टी, नयाँमिल, मणिग्राम, मुर्गिया सैनामैना र पश्चिममा बर्दियासम्म बसाइँसराइँको सुरुवात भयो। त्यतिखेर आर्थिक हिसाबले सम्पन्न मानिसहरू गाउँ छोडेर तराईमा बसाइँ सर्नु खासै राम्रो मानिँदैन थियो। त्यसैले गाउँ छोडेर तराई झरेकाहरूलाई बौलायो सम्म भन्दथे।
समयको परिवर्तनसँगै तराई अथवा मधेस झर्ने क्रम बढ्दै गयो। आज गाउँहरू बस्तीविहीन भइसकेका छन्। हिजो गाउँको जग्गाजमिन बेचबिखन गरेर तराई झरेकाहरूलाई बहुलाय...








