शिक्षा

क्रिमसन अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न

क्रिमसन अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देही`रक्तदान जीवनदान’ भन्ने नाराका साथ क्रिमसन कलेज अफ टेक्नोलोजी क्रिमसन अस्पताल मणिग्रामले मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।पछिल्लो समयमा जिल्लाभर रगतको अभाव चर्किएको हुँदा नेपाल रेडक्रस सोसाईटीको अनुरोधमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।अस्पताल परिसरमा आयोजना गरिएको कार्यक्रममा अस्पतालका चिकित्सक, कर्मचारी, नर्स, विद्यार्थी तथा बिरामीका कुरुवासमेत सक्रिय रुपमा रक्तदानमा सरिक हुनुभएको थियो ।६१ जना रक्तदाताले रक्तदान गर्नुभएको कार्यक्रम संयोजक तथा अस्पतालका नर्सिङ्ग इन्जार्च सरिता अर्यालले जानकारी दिनुभएको छ ।रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी बुटवल रक्त संचार केन्द्रबाट निरन्जन राजभण्डारी, प्रीति रानामगर र निशान थापाको टोलीले सहजीकरण गरेको थियो । बुटवल क्षेत्रमा मात्रै दैनिक १२० पोइन्ट रगत माग रहेको र माग अनुसार रगत उपलब्ध गराउन निकै समस्या देखिएको नेपाल...
मधेस प्रदेश : मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्धको रिट सर्वोच्चमा दर्ता, कात्तिक २६ गते पेसी

मधेस प्रदेश : मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्धको रिट सर्वोच्चमा दर्ता, कात्तिक २६ गते पेसी

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँमधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध मधेस प्रदेशका ७४ जना सांसदहरूले दायर गरेको रिट दर्ता भएको छ ।मधेस प्रदेशका ७४ सांसदले दायर गरेको रिट मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको हो ।संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध आफूहरूले सर्वोच्चमा रिट दायर गरिएको मधेस प्रदेशको कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले बताए ।उक्त रिटका पेसी कात्तिक २६ गतेका लागि तोकिएको छ । ...
एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै

एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेकपा (एमाले) ले आज देशभरका सबै ७५३ वटै स्थानीय तहमा जनपरिचालन कार्यक्रम अन्तर्गत भव्य जनप्रदर्शन गर्दैछ । प्रतिगामी षड्यन्त्रका विरुद्ध देशव्यापी जनपरिचालन गर्ने निर्णय अनुसार पार्टीले वडा, पालिका, जिल्ला र राष्ट्रिय तहमा चरणबद्ध रूपमा कार्यक्रम सञ्चालन गर्दै आएको हो । पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार मंसिर २२ गतेसम्म देशभरका ६ हजार ७ सय ४३ वटै वडामा वडा भेलाहरू सम्पन्न भइसकेका छन् । ती भेलामा भदौ २४ पछि उत्पन्न राजनीतिक परिस्थिति, संसद् विघटनको घटनाक्रम र एमालेको आगामी बाटोबारे कार्यकर्तालाई स्पष्ट पारिएको थियो ।गौतमका अनुसार आजका पालिका स्तरका जनप्रदर्शनहरूमा कतिपय ठाउँमा मोटरसाइकल र्‍यालीमार्फत शक्ति प्रदर्शन भइरहेको छ भने कतिपय पालिकाका केन्द्रमा नारा जुलुससहितका जनसभाहरू आयोजना भएका छन् । पार्टी केन्द्रले “जनतालाई जागाउने” उद्देश्यका नारा...
बिहारमा आज दोस्रो चरणको विधानसभा चुनाव, नेपालका नाका बन्द

बिहारमा आज दोस्रो चरणको विधानसभा चुनाव, नेपालका नाका बन्द

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार
काठमाडौँभारतको बिहारमा आज मंगलबार दोस्रो र अन्तिम चरणको विधानसभा निर्वाचन हुँदैछ । बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान तालिका भएकाले मतदाता मतदानमा सहभागी हुँदैछन् । १२२ सिटका लागि १ हजार ३ सय २ उम्मेदवार चुनावीमैदानमा छन् ।३ करोड ७० लाखभन्दा बढी मतदाता मतदानमा सहभागी हुने अपेक्षा गरिएको छ। तीमध्ये १ करोड ७५ लाख महिला छन् । ४५ हजार ३ सय ९९ मतदान केन्द्रमा मतदान व्यवस्था मिलाइएको छ । ४० हजार ७३ मतदान केन्द्र ग्रामीण क्षेत्रमा छन् ।नवादा जिल्लाको हिसुआ क्षेत्र सबैभन्दा बढी मतदाता भएको भूगोल हो । यहाँ मात्रै ३.६७ लाख मतदाता छन् । त्यस्तै लौरिया, चनपटिया, रक्सौल, त्रिवेणीगंज, सुगौली र बनमखी निर्वाचन क्षेत्रहरूमा प्रत्याशीको संख्या सबैभन्दा बढी अर्थात् २२–२२ जना छन् ।बिहारमा मतदानका कारण नेपालमा सीमा जोडिएका मधेशका थुप्रै जिल्लामा नेपाल भारत आउजाउ पनि निषेध गरिएको छ । ...
सगरमाथा आरोहण गर्ने सुरक्षित बाटो खुल्दै, ८० प्रतिशत काम सकियो

सगरमाथा आरोहण गर्ने सुरक्षित बाटो खुल्दै, ८० प्रतिशत काम सकियो

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, फिचर, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँविश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सुरक्षित बाटो आगामी चैतभित्रमा सञ्चालन हुने भएको छ । न्यूजील्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेञ्जिङ नोर्गे शेर्पाले पहिलो पटक सन् १९५३ मा प्रयोग गरेको नुप्से हिमालतर्फबाट सगरमाथा आरोहण गर्ने मार्ग करिब ८० प्रतिशत निर्माण सकिएको पर्यटन विभागले जनाएको छ । विभागका निर्देशक हिमाल गौतमका अनुसार यो मार्ग खुम्बु आइसफलतर्फको भन्दा सुरक्षित रहेकाले आगामी वसन्तयाम (स्प्रिङ) मौसमभित्र सञ्चालन हुनेगरी तयारी भइरहेको छ । यो करिब २०० मिटरजति लामो हुने भएकाले छोटो बाटोका लागि सिधै खुम्बु आइसफल हुँदै सगरमाथा आरोहण गर्ने मार्ग खोलिएको उनले बताए ।खुम्बु आइसफलको बाटो पहिलोपटक सन् १९८४ मा सञ्चालनमा ल्याइएको विश्व पर्वतारोहण महासङ्घका विज्ञ एवं पर्यटनविद् आङ्छिरिङ शेर्पा बताए । उनका अनुसार खुम्बु आइसफलको बाटो खुलेपछि परम्परागत मार्गको नामले परिचित न...
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ नेपाल प्रहरीको ३३औं प्रहरी महानिरीक्षक (आईजीपी)मा दानबहादुर कार्की नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। कार्की हाल काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी प्रमुख छन्। नेपाल प्रहरीका महानिरीक्षक चन्द्रबहादुर खापुङ बुधबारदेखि ३० वर्षे सेवा अवधि पूरा भएर अवकाशमा जाँदैछन्। खापुङ अवकाश हुने भएसँगै सरकारले सोमबार नै नयाँ आईजीपीमा कार्कीलाई नियुक्त गरेको हो। कार्की पहिलो नम्बरका एआईजी हुन्। कार्कीले अहिलेकै अवस्थामा २०८४ चैत १८ गतेसम्म प्रहरी संगठनको नेतृत्व सम्हाल्ने छन्। उनी ०५४ चैत १८ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए।उनी ०६४ सालमा डीएसपी, ०७४ मा एसपी र ०७९ मा एसएसपी भएका थिए। एसएसपीबाट नै उनी आफ्नो ब्याचको पहिलो नम्बरमा बढुवा हुँदै आएका थिए। एसएसपी हु...
फेसबुकमा त एमाले रित्तै भइसक्यो, घरघरका युवाको साथ छ : अध्यक्ष ओली

फेसबुकमा त एमाले रित्तै भइसक्यो, घरघरका युवाको साथ छ : अध्यक्ष ओली

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रत्येक घरघरमा एमालेका युवा रहेको दाबी गरेका छन्। एमालेको घर फर्क राष्ट्रिय अभियान घोषणा सभालाई सम्बोधन गर्दै एमालेका युवा फेसबुकमा मात्रै नभएको बताए। उनले भने, ‘फेसबुकको युवा होइन, घरघरको युवा एमालेसँग छ। फेसबुकमा त एमालेको केही पनि छैन। रित्तै भइसक्यो एमाले। त्यसको तल झूट भनेर लेख्नुपर्थ्यो। त्यो कमजोरी छ हाम्रो। त्यति त लेख्न सक्नुपर्‍यो नि।’ उनले एमाले देश बनाउने आशा र भरोसाको केन्द्र भएको जिकिर गरे।ओलीले नेपाली कम्युनिस्ट पार्टी नेकपालाई जेष्ठ नागरिक आश्रम भन्दै टिप्पणी गरेका छन्। ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपालहरूले एकता गरेर बनेको पार्टीलाई जेष्ठ नागरिक आश्रम खोलेको भनेका हुन्। ‘जेष्ठ नागरिक आश्रम खोलेर कोही बस्दै हुनुहुन्छ। अब एक दुईजना समेट्न बाँकी छ। कोही कोही बागलुङ, प्युठानबाट,’ उनले भने, ‘...
लुम्बिनीको मन्त्रिपरिषद् बैठक: हिउँदे अधिवेशन मंसिर ८ मा बोलाउन सिफारिस गर्ने निर्णय

लुम्बिनीको मन्त्रिपरिषद् बैठक: हिउँदे अधिवेशन मंसिर ८ मा बोलाउन सिफारिस गर्ने निर्णय

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
दाङलुम्बिनी प्रदेश सभाको हिउँदे (सातौँ) अधिवेशन मंसिर ८ गते बस्ने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोम बार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन मंसिर ८ गते सोमबारका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो । ‘प्रदेश मन्त्रिपरिषद् बैठक सम्पन्न भयो । बैठकले प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ,’ प्रवक्ता पन्थीले भन्नुभयो, ‘संवैधानिक व्यवस्थाअनुसार सरकारले प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।’ हिउँदे अधिवेशनका लागि छलफल गर्न प्रदेशसभा सचिवालयमा स्थानीय तहका कर्मचारीहरूको सेवा-सुविधासम्बन्धी संशोधन गर्न बनेको विधेयक र लुम्बिनी अध्ययन अनुसन्धान प्रशिक्षण प्रतिष्ठान विधेयक दर्ता ...
भौतिक संरचना पुनर्निर्माण कोषमा सात करोड ५२ लाख जम्मा

भौतिक संरचना पुनर्निर्माण कोषमा सात करोड ५२ लाख जम्मा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंजेनजी आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनस्र्थापनाका लागि स्थापना गरिएको कोषमा सात करोड ५२ लाख रुपैयाँ जम्मा भएको छ ।आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माण कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन गठित भौतिक पुनर्निर्माण समितिको बैठक सोमबार अर्थमन्त्री रामेश्वर खनालको अध्यक्षतामा बसेको छ ।बैठकले कोषमा जम्मा भएको रकम क्षतिग्रस्त सार्वजनिक संरचनाको विस्तृत इन्जिनियरिङ डिजाइन तयार गरी पुनर्निर्माणको प्रतिवेदन तयार गर्न, सार्वजनिक संरचनाको तत्काल मर्मतसम्भार गरी सेवा चालू गराउन र आर्थिक पुनरुत्थान, राहत र पुनस्र्थापनाका कार्यक्रममा खर्च गर्ने निर्णय गरेको छ । विस्तृत इन्जिनियरिङ डिजाइन तयार गरी पुनर्निर्माणको प्रतिवेदन तयार गन देशभरीका सरकारी तथा सार्वजनिक भवनको विस्तृत इन्जिनियरिङ डिजाइन तयार गरी पुनर्निर्म...
कुलमानको पार्टीको नाम ‘उज्यालो नेपाल’ रहने, चुनाव चिह्न चिम

कुलमानको पार्टीको नाम ‘उज्यालो नेपाल’ रहने, चुनाव चिह्न चिम

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ कुलमान घिसिङको पार्टीको नाम ‘उज्यालो नेपाल’ रहने सहमति भएको छ । नेपाल जनसेवा पार्टी राख्ने विषयमा आइतबार रातिसम्म छलफल भए पनि सहमति नभएपछि ‘उज्यालो नेपाल’ नै राख्ने गरी आज बिहान सहमति भएको कुलमान निकट पार्टीका नेता जितराम लामाले जानकारी दिए‘पार्टीको नाम उज्यालो नेपाल राख्ने लगभग सहमति भयो, चुनाव चिह्न बिजुलीको चिम प्रस्ताव गर्छौं,’ उनले भने । उनका अनुसार तत्कालका लागि पूर्व ऊर्जासचिव अनुपकुमार उपाध्यायको संयोजकत्व पार्टी दर्ता गर्ने तयारी भइरहेको बताए । उनले अहिले पनि पार्टीको भावी कार्ययोजना लगायतका विषयमा छलफल भइरहेको बताए ।उनले उपाध्यायको संयोजकत्वमा अन्य सबै सदस्य रहने गरी निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने जानकारी दिए । उनले पार्टीको चुनाव चिह्न बिजुलीको चिम राख्ने विषयमा सहमति भएको उल्लेख गरे । उनका अनुसार अहिले उपाध्यायको संयोजकत्वमा ५१ जनाको केन्द्रीय कमिटी बन्नेछ...