अपराध

इजरायलको आक्रमणमा वेस्ट बैंकमा १० जना प्यालेस्टाइनीको ज्यान गयो

इजरायलको आक्रमणमा वेस्ट बैंकमा १० जना प्यालेस्टाइनीको ज्यान गयो

अपराध, ताजा अपडेट, विदेश, विविध, समाचार, स्थानीय
इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेको जेनिनको शहर वेस्ट बैंकमा गरेको आक्रमणमा कम्तीमा १० प्यालेस्टाइनीको ज्यान गएको छ । यो आक्रमणमा अरु धेरै घाइते भएका त्यहाँका स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संयुक्त राष्ट्रका राजदूतले वेस्ट बैंकमा नियन्त्रण गर्न इजरायलको अधिकार रहेको बताएका छन् । वेस्ट बैंकमा रहेको  संयुक्त राष्ट्र अन्तर्गतको मानव अधिकार कार्यालयले अवैध इजरायली बस्तीहरू विस्तार हुँदा प्यालेस्टिनीहरूकोे स्वतन्त्रता व्यापक रूपमा प्रतिबन्धित भएको बताएको छ । यसैबीच युद्धविरामको दुई दिनमा गाजामा भत्किएका भवनहरूको भग्नावशेषबाट एक सय २० वटा शवहरू फेला परेको खबरमा उल्लेख छ । यस्तै युद्धग्रस्त गाजा क्षेत्रमा सहायता सामग्रीका झण्डै नौ सय ट्रक प्रवेश गरेको भए पनि राहत वितरणमा भने समस्या भइरहेक...
डिजिटल वालेट र मोबाइल बैंकिङमा यसरी हुँदैछ ठगी

डिजिटल वालेट र मोबाइल बैंकिङमा यसरी हुँदैछ ठगी

Breaking news 2, अपराध, ताजा अपडेट, समाचार, समाज
काठमाडौं नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले इसेवा, खल्तिजस्ता डिजिटल वालेट र बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङभित्र पसेर करोडौं ठगीका घटना भएको भन्दै प्रयोगकर्ताहरुलाई सजग रहन सूचित गरेको छ । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले शुक्रबार  ७ बुँदे ब्रिफिङसहितको वक्तव्य जारी गर्दै सर्वसाधारणलाई   मोबाइल बैंकिङ तथा डिजिटल वालेटको प्रयोगबारे सचेतना दिएका हुन् । सीआईबीले पछिल्लो समय विभिन्न सामाजिक सञ्जाल फेसबुक, इन्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, मेसेन्जर, भाइबर, इमोलगायत प्लेटफर्मबाट बोलेको भन्दै अपरिचित नम्बरबाट मेसेज वा कल गरी ठगी गर्ने कार्य बढेकाले सर्वसाधारणलाई सचेत गराएको हो । यस्ता कल आएमा निम्न कार्य गर्न ब्यूराेले अनुरोध गरेको छ । १. e-Sewa, Khalti जस्ता Wallet, बैंक तथा वित्तीय संस्थाहरुको लोगो समेत प्रयोग गरी ...
बुटवलमा एक महिलाको हत्या, श्रीमान पक्राउ

बुटवलमा एक महिलाको हत्या, श्रीमान पक्राउ

Breaking news 1, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल बुटवल उपमहानगरपालिका-११ देविनगरमा सोमबार एक महिलाको हत्या भएको छ । टाउकोमा चोट लागेको अवस्थामा देविनगर माझगाउँमा महिला मृत भेटिएको देविनगर प्रहरी चौकीले जानकारी दिएको छ । प्रारम्भिक अनुसन्धानमा अन्जली वि.क. नाम गरेकी २१ वर्षीया युवती मृत भेटिएपछि उनका श्रीमान ३१ वर्षीय सागर विकलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  ...
दुर्गा प्रसाईंलाई साइबर ब्‍यूरो पठाइयो

दुर्गा प्रसाईंलाई साइबर ब्‍यूरो पठाइयो

Breaking news 1, अपराध, ताजा अपडेट, समाचार, स्थानीय
४ मंसिर, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई थप अनुसन्धानका लागि साइबर ब्‍यूरो भोटाहिटी पठाइएको छ । मंगलबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले वीर अस्पतालमा स्वास्थ्य जाँचपश्चात थप अनुसन्धानका लागि साइबर ब्‍यूरो भोटाहिटी पठाएको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले बताए । उनका अनुसार उनीमाथि प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली लगायतविरुद्ध भ्रामक प्रचार गरेको आरोप छ । प्रसाईंले कीर्ते कागज बनाएर प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाएका थिए । ...
साइबर ठगीमा ३० वर्षमुनिका बढी संलग्न

साइबर ठगीमा ३० वर्षमुनिका बढी संलग्न

Breaking news 2, Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं  नेपालमा ठगी सम्बन्धी शंकास्पद कारोबार र गतिविधिमध्ये ६४ प्रतिशत साइबर आर्थिक ठगीका घटना हुने गरेको देखिएको छ । नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाइले ‘स्ट्राटेजिक एनालाइसिस रिपोर्ट २०२४’ सार्वजनिक गर्दै उक्त तथ्यांक ल्याएको हो । इकाइले आफ्नो प्रतिवेदनमा साइबर प्रविधिमा आधारित ठगीका विशेषता र साइबर ठगीका माध्यमबाट प्राप्त हुने सम्पत्ति शुद्धीकरणमा प्रयोग गर्ने पद्दतिका विशेषता विश्लेषण गरेको छ । वित्तीय जानकारी इकाइले तयार पारेको प्रतिवेदन अनुसार नेपालमा ठगी सम्बन्धी शंकास्पद कारोबार र गतिविधिमध्ये प्रायः नेपाल प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गर्ने गरेको छ । साथै, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग मार्फत समेत अनुसन्धान हुने गरेको छ । ३० वर्षमुनिका विद्यार्थी धेरै ३० वर्षभन्दा कम उमेरका युवा र त्यसमा पनि विद...
मानव तस्करीमा संलग्न कोशीका कानुनमन्त्री

मानव तस्करीमा संलग्न कोशीका कानुनमन्त्री

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी ठीक एक साताअघि जापान उडेका थिए । चार असम्बन्धित व्यक्तिलाई सँगै लिएर गएका उनको भ्रमणबारे प्रदेश मन्त्रिपरिषद्लाई नै थाहा थिएन । प्रदेश सरकार बेखबर रहे पनि जापान सरकारले भने उनको नियत बुझ्यो । मानव तस्करीको आरोपमा ४८ घण्टा केरकार गरेर विमानस्थलबाट फर्काइदिएको छ । मानव तस्करीको विवादमा परेपछि बुधबार उनले राजीनामा दिएका छन् ।  टोकियो आर्ट काउन्सिलको आयोजनामा हुने ‘कल्चर एट होम’ कार्यक्रममा सहभागी हुन अधिकारी कात्तिक १३ मा जापान उडेका थिए । प्रदेशका मन्त्रीले पनि विदेश भ्रमण गर्दा संघीय मन्त्रिपरिषद्बाट स्वीकृति लिनुपर्छ । तर, तत्कालीन मन्त्री अधिकारीले औपचारिक जानकारी नदिएको कोशी प्रदेश सरकारको दावी छ । बरु उनले अनिता तिमल्सिना, जनक राई, दाबा शेर्पा र कञ्चन देवकोटालाई सँगै लिएर गएका थिए । तर, उनीहरू मन्त्रालयसँग...
प्रधानमन्त्रीको हत्या गर्ने राम्रो मौका भन्दै भिडियो बनाउने कार्कीको खोजीमा नेपाल प्रहरी

प्रधानमन्त्रीको हत्या गर्ने राम्रो मौका भन्दै भिडियो बनाउने कार्कीको खोजीमा नेपाल प्रहरी

Breaking news 1, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाण्डौ नेपाल प्रहरीको साईवर ब्युरोले प्रधानमन्त्री केपी ओलीलाई मार्नु पर्छ भनेर अभिब्यक्ती दिने चितवनका रतन कार्कीलाई कार्वाही प्रक्रिया अगाडी बढाएको छ।  कात्तिक १४ गते साँझ भैरहेको साफ महिला च्याम्पियनसिपको फाइनल खेलमा  नेपाली खेलाडीलाई हौसला दिन दशरथ रंगशाला पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हत्या गर्ने राम्रो मौका यहि हो भन्ने अभिब्यक्ती दिएका कार्कीलाई कार्वाही थालेको हो।  कार्कीले सामाजिक सञ्जालमा भिडियो लाईभमा आएका कार्कीले मैदानमा पुगेका  ‘प्रधानमन्त्री ओलीको हत्या गर्ने राम्रो मौका’ भन्दै आह्वान गरिरहेका थिए। चितवन घर भएका कार्की बिद्यार्थी भिसामा जापानको टोकियोमा रहेका छन्। उनी त्यहीँ नै बसेर उच्छृंखल भिडियो मार्फत अराजकता फैलाउने गरी कन्टेन्ट दिइरहन्छन्। उनले  त्यस दिनको भिडियोमा ‘गेम त तपाईंहरूले हेरिरहनुभएको छ नै तर मैले अर्कै...
दीपक मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट दोषी ठहर, ५ वर्ष कैद सजाय

दीपक मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट दोषी ठहर, ५ वर्ष कैद सजाय

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्च अदालतले पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । मंगलबार न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि उच्च अदालत पाटनले गरेको फैसलालाई सदर गरेको हो। उच्च अदालत पाटनले मनाङेलाई २०७८ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । २०६१ सालमा चक्रे मिलनमाथि आक्रमण गरेको आरोपमा दीपक मनाङेसहित उनको समूहका युवाहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो । ...
सहकारी ठगीमा फरार ढोरपाटनका मेयर नेपाली दिल्लीबाट पक्राउ

सहकारी ठगीमा फरार ढोरपाटनका मेयर नेपाली दिल्लीबाट पक्राउ

Breaking news 1, अपराध, ताजा अपडेट, विविध, समाचार, स्थानीय
 काठमाडौँ — सहकारी बचतकर्ताको रकम अपचलन गरी २०८० जेठदेखि फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँ दिल्लीबाट पक्राउ परेका छन् ।उनलाई शुक्रबार नेपाल प्रहरीले भारतको नयाँ दिल्लीबाट पक्राउ गरेको नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए । उनका अनुसार पक्राउ परेका नेपालीलाई नेपाल ल्याउन आवश्यक कुटनीतिक प्रक्रिया अघि बढाइसकिएको छ । २०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीविरुद्ध रेड नोटिस जारी गरेको थियो । बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचत अपचलन गरी उनी फरार रहेका थिए । यो सहकारी प्रकरणमा मुछिएका अरू केही सञ्चालक र कर्मचारीविरुद्ध मुद्दा चलेपनि उनी कारबाहीको दायराबाहिर थिए ।उनी इमेज सहकारीका संस्थापक अध्यक्ष हुन् । उनीसहित सहकारी सञ्चालकले १ हजार ५ सयभन्दा बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन ...
दुर्गा प्रसाई पक्राउ

दुर्गा प्रसाई पक्राउ

Breaking news 2, अपराध, सम्पादकिय, स्थानीय
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ।आइतबार अपराह्न साइबर ब्युरोको टोलीले भक्तपुरस्थित निवासबाट प्रसाईंलाई पक्राउ गरेको ब्युरोका डिआइजी नवीन्द अर्यालले बताए। गत बुधबार प्रसाईंसहित तीन जनाविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको भन्दै उनीमाथि उजुरी परेको थियो। सोही उजुरीका आधारमा सोधपुछका लागि प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएको हो। प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरूद्ध अदालतबाट पुर्जी जारी भएको थियो। उनीहरूविरूद्ध विद्युतीय कारोबार ऐन अनुसारको जाहेरी परेसँगै प्रहरीले अनुसन्धान अघि बढाएको हो। ...