डिजिटल वालेट र मोबाइल बैंकिङमा यसरी हुँदैछ ठगी


काठमाडौं

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले इसेवा, खल्तिजस्ता डिजिटल वालेट र बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङभित्र पसेर करोडौं ठगीका घटना भएको भन्दै प्रयोगकर्ताहरुलाई सजग रहन सूचित गरेको छ ।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले शुक्रबार  ७ बुँदे ब्रिफिङसहितको वक्तव्य जारी गर्दै सर्वसाधारणलाई   मोबाइल बैंकिङ तथा डिजिटल वालेटको प्रयोगबारे सचेतना दिएका हुन् ।

सीआईबीले पछिल्लो समय विभिन्न सामाजिक सञ्जाल फेसबुक, इन्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, मेसेन्जर, भाइबर, इमोलगायत प्लेटफर्मबाट बोलेको भन्दै अपरिचित नम्बरबाट मेसेज वा कल गरी ठगी गर्ने कार्य बढेकाले सर्वसाधारणलाई सचेत गराएको हो ।

यस्ता कल आएमा निम्न कार्य गर्न ब्यूराेले अनुरोध गरेको छ ।

१. e-Sewa, Khalti जस्ता Wallet, बैंक तथा वित्तीय संस्थाहरुको लोगो समेत प्रयोग गरी धोकापूर्ण तरिकाले सम्बन्धित संस्थाको आधिकारिक व्यक्ति भनी Call गर्ने ।

२. e-Sewa, Khalti लगायत Digital wallet मा पटक-पटक गलत Password राखेर Wallet Temporarily close गर्ने र त्यही समय Wallet प्रयोग कर्तालाई कल गरी तपाईको Wallet मा समस्या आएको छ ? म सेवा प्रदायक कम्पनीबाट बोलेको भनी O.T.P. माग गर्ने र क्षणभरमा नै उक्त Wallet मा भएको पैसा अन्य व्यक्तिको Wallet वा बैंक खातामा ट्रान्सफर गर्ने ।

३. सामाजिक संजालमा बिभिन्न खालका प्रलोभनमा पार्ने Message हरु पठाउने र बिभिन्न किसिमका Artificial Intelligence ले create गरेको आवाजबाट कल गरी तपाईंको सामान आएको छ, तपाईलाई फाईदा हुने खालको व्यापार छ भन्ने जस्ता Link पठाई खोल्न लगाउने र Link खोल्ने बित्तिकै username र password मा पहुँच पुयाई पैसा ट्रान्सफर गर्ने ।

४. अनलाईन व्यापारको नाममा सामाजिक संजालमा बिभिन्न साईटहरु खोली सामानको आकर्षक फोटो भिडियो अपलोड गर्ने र कुनै ग्राहकले सामान अर्डर गर्दा बिभिन्न QR र बैंक खातामा रकम माग गर्ने र रकम प्राप्त गरिसके पछि सामान डेलिभरि नगरी सम्पर्क बिहिन भई ठगी गर्ने ।

५. हालसालै पोखरामा ५७ लाख, चितवनमा १६ लाख, नेपाल सरकारमा कर्मचारीहरुको ५ लाख ५० हजार, बिभिन्न कम्पनी तथा सर्वसाधारणहरुको करोडौ रकम ठगी गरिएको सम्बन्धनमा CIB ले अनुसन्धान गरिरहेको छ ।

६. यस्तो कार्यमा हालसम्म ५०० भन्दा बडी संदिग्ध फोन नम्बरहरु सक्रिय भएको हुँदा यस्ता अपरिचित नम्बरहरुबाट आएका फोन तथा मेसेजहरु नउठाउन तथा रिप्लाई नगर्न हुन समेत अनुरोध गर्दछौ ।

७. यस्ता किसिमका ठगीमा संलग्न संदिग्ध व्यक्तिहरुको सम्बन्धमा कुनै जानकारी भएमा यस केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) तथा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन हुन अनुरोध गरिएको छ ।

छुटाउनुभयो कि ?

रसुवा बाढी : ४७७ जनाको शव फेला, ९७७ सम्पर्कविहीन विभिन्न स्थानमा फसेकामध्ये ३ हजार २५३ जनाको उद्धार

रसुवा बाढी : ४७७ जनाको शव फेला, ९७७ सम्पर्कविहीन विभिन्न स्थानमा फसेकामध्ये ३ हजार २५३ जनाको उद्धार

काठमाडौंभोटेकोशी बाढीमा ४७७ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार मध्यान...
भोटेकोशी विपत्तिकाे तेस्रो दिन : ३ सय ८९ जनाको शव फेला, खोजी, उद्धार र राहतमा के-के हुँदैछ ?

भोटेकोशी विपत्तिकाे तेस्रो दिन : ३ सय ८९ जनाको शव फेला, खोजी, उद्धार र राहतमा के-के हुँदैछ ?

काठमाडौँनेपालका बाढी प्रभावितका लागि अस्ट्रेलियाले ५० लाख डलर दिने रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितका ला...
आज जनै पूर्णिमा तथा रक्षाबन्धन, देशभर मनाइँदै

आज जनै पूर्णिमा तथा रक्षाबन्धन, देशभर मनाइँदै

काठमाडौँप्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन तथा जनै पूर्णिमा अर्थात् ऋषितर्पणी पर्व आज देशभर नयाँ यज्...
बाढीपीडितका लागि बुटवलले ५१ लाख दिने, १३ दिन मनोरञ्जनका कार्यक्रम रोक्न आग्रह

बाढीपीडितका लागि बुटवलले ५१ लाख दिने, १३ दिन मनोरञ्जनका कार्यक्रम रोक्न आग्रह

बुटवलबाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बुटवल उपमहानगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार को...