इजरायलको आक्रमणमा वेस्ट बैंकमा १० जना प्यालेस्टाइनीको ज्यान गयो


इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेको जेनिनको शहर वेस्ट बैंकमा गरेको आक्रमणमा कम्तीमा १० प्यालेस्टाइनीको ज्यान गएको छ । यो आक्रमणमा अरु धेरै घाइते भएका त्यहाँका स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संयुक्त राष्ट्रका राजदूतले वेस्ट बैंकमा नियन्त्रण गर्न इजरायलको अधिकार रहेको बताएका छन् । वेस्ट बैंकमा रहेको  संयुक्त राष्ट्र अन्तर्गतको मानव अधिकार कार्यालयले अवैध इजरायली बस्तीहरू विस्तार हुँदा प्यालेस्टिनीहरूकोे स्वतन्त्रता व्यापक रूपमा प्रतिबन्धित भएको बताएको छ ।

यसैबीच युद्धविरामको दुई दिनमा गाजामा भत्किएका भवनहरूको भग्नावशेषबाट एक सय २० वटा शवहरू फेला परेको खबरमा उल्लेख छ । यस्तै युद्धग्रस्त गाजा क्षेत्रमा सहायता सामग्रीका झण्डै नौ सय ट्रक प्रवेश गरेको भए पनि राहत वितरणमा भने समस्या भइरहेको संयुक्त राष्ट्रसङ्घको मानवीय एजेन्सीले जनाएको छ । इजरायल र हमास लडाकू समूहबीच केही दिन अघि मात्रै गाजामा युद्धविरामको सहमति भएको थियो ।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...