इजरायलको आक्रमणमा वेस्ट बैंकमा १० जना प्यालेस्टाइनीको ज्यान गयो


इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेको जेनिनको शहर वेस्ट बैंकमा गरेको आक्रमणमा कम्तीमा १० प्यालेस्टाइनीको ज्यान गएको छ । यो आक्रमणमा अरु धेरै घाइते भएका त्यहाँका स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संयुक्त राष्ट्रका राजदूतले वेस्ट बैंकमा नियन्त्रण गर्न इजरायलको अधिकार रहेको बताएका छन् । वेस्ट बैंकमा रहेको  संयुक्त राष्ट्र अन्तर्गतको मानव अधिकार कार्यालयले अवैध इजरायली बस्तीहरू विस्तार हुँदा प्यालेस्टिनीहरूकोे स्वतन्त्रता व्यापक रूपमा प्रतिबन्धित भएको बताएको छ ।

यसैबीच युद्धविरामको दुई दिनमा गाजामा भत्किएका भवनहरूको भग्नावशेषबाट एक सय २० वटा शवहरू फेला परेको खबरमा उल्लेख छ । यस्तै युद्धग्रस्त गाजा क्षेत्रमा सहायता सामग्रीका झण्डै नौ सय ट्रक प्रवेश गरेको भए पनि राहत वितरणमा भने समस्या भइरहेको संयुक्त राष्ट्रसङ्घको मानवीय एजेन्सीले जनाएको छ । इजरायल र हमास लडाकू समूहबीच केही दिन अघि मात्रै गाजामा युद्धविरामको सहमति भएको थियो ।

छुटाउनुभयो कि ?

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...