नेपाली श्रमिक लाई बन्धक बनाएर लगाइयो अनलाइन ठगीमा
काठमाडौँगत अप्रिल तेस्रो सातातिर ओमानस्थित गैरआवासीय नेपाली सोसल क्लबका अध्यक्ष सुरेश खड्कालाई काठमाडौंबाट एक महिलाले रुँदै फोन गरिन्, ‘मेरो छोरा दुई सातादेखि सम्पर्कमा छैन, खोजी गरिदिनुपर्यो ।’ ती महिलाका छोराले तीन महिनादेखि आफू ओमानको एक कम्पनीमा आईटी क्षेत्रमा काम गरिरहेको परिवारमा बताएका थिए ।
केही दिनको अवधिमै खड्कालाई आईटी क्षेत्रमा नै काम गर्ने आफन्त हराएको भन्दै अन्यबाट पनि तारन्तार फोन आउने क्रम बढ्दै गयो । पीडितले मस्कटस्थित नेपाली दूतावाससमक्ष पनि आफन्तको खोजी गरिदिन अनुनयविनय गरिरहेका थिए ।
‘१०–१२ जना नै हराए भन्ने गुनासो आएपछि हामीलाई अचम्मै लाग्यो । ओमानमा यसअघि यस्तो गुनासो कहिल्यै सुनिएको थिएन,’ खड्काले भने, ‘खोज्दै जाँदा २० जना नेपाली सोहरको एक जेलमा कैदी अवस्थामा भेटिएका थिए ।’ मस्कटबाट झन्डै दुई सय किलोमिटर टाढाको सोहर क्षेत्रमा कार्यरत सोसल क्लबका केन्द्रीय...







