राजनीति

स्वास्थ्य क्षेत्रमा सुधारका प्रयास

स्वास्थ्य क्षेत्रमा सुधारका प्रयास

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
सरकारी अस्पतालमा बहिरंग सेवा सुरु, स्वास्थ्य बिमाको दायरा बढाउन अध्ययन कार्यदल गठन, शल्यक्रियाका लागि सरकारी अस्पतालमा ३ महिनामै पालोको पहल प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको सय दिनमा स्वास्थ्य क्षेत्रमा सुधारका प्रयासहरू सुरु गरिएका छन् । स्वास्थ्यमा केही मुख्य प्राथमिकता तोकेर प्रधानमन्त्री ओलीले स्वास्थ्यमन्त्री प्रदीप पौडेलसँग १० बुँदे कार्य सम्पादन सम्झौता गरेका थिए ।  सम्झौताको प्रगति सकारात्मक देखिन्छ । सरकारी अस्पतालमा दुई सिफ्टमा बहिरंग सेवा सुरु गरिएको छ । राजधानीमा सबैभन्दा धेरै बिरामीको भीड लाग्ने वीर अस्पताल, ट्रमा सेन्टर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग तथा कान्ति अस्पतालमा दुई सिफ्टमा बहिरंग सेवा सुरु भइसकेको छ । यस्तै, जिल्लाका केही संघीय अस्पतालमा पनि दुई सिफ्टमा बहिरंग सेवा सुरु गरिएको छ । स्वास्थ्य ...
सरकारको सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री 

सरकारको सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री 

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
 प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको १०० दिने प्रगतिबारे जानकारी गराउने भएका छन् । ओलीले आज दिउँसो २ः३० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट १०० दिने उपलब्धि सार्वजनिक गर्न लागेका हुन् ।  ओली सरकारका सबै मन्त्रीहरूले आ–आफ्नो क्षेत्राधिकारभित्र भएका कामकारबाहीको प्रगति प्रधानमन्त्रीलाई बुझाइसकेको बताएका छन् । एमाले अध्यक्ष ओली गत असार १७ गते भएको नेपाली कांग्रेस र एमालेबिचको सात बुँदे समझदारीका आधारमा असार ३० गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री नियुक्त भएका थिए । राजनीतिक स्थिरता र संविधान संशोधनलाई प्रमुख एजेन्डा बनाएर सुरु भएको कांग्रेस-एमाले सत्ता सहयात्रामा लोसपा, अशोक राई नेतृत्वको जसपा, लोसपा र नाउपा सहभागी छन् । चौथो कार्यकालका लागि ओली प्रधानमन्त्री भएपछि भदौ १७ गते मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका थिए । प्रधानमन्त्रीसँग भएको मन्त्री...
चिनियाँ राष्ट्रपति सीका दूतको सन्देश : ‘दुई देशका पार्टीबीचको सम्बन्ध बलियो बनाउन आवश्यक’

चिनियाँ राष्ट्रपति सीका दूतको सन्देश : ‘दुई देशका पार्टीबीचको सम्बन्ध बलियो बनाउन आवश्यक’

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, समाचार, समाज
नेपाल भ्रमणमा रहेका चिनियाँ नेता छन् गाङले दुई देशका पार्टीबीचको सम्बन्ध बलियो बनाउन आवश्यक रहेको बताएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङका दूत तथा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) सिङहाइ प्रान्तका सचिवसमेत रहेका छन्ले नेपाली नेताहरूसँगको भेटवार्तामा पार्टीबीचको सहकार्यमा जोड दिएका हुन् । तीनदिने भ्रमणका लागि शनिबार आइपुगेका नेता छन्ले सोही दिन कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र आइतबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । भेटवार्तामा छन्‌ले आफू सीपीसीका महासचिव तथा राष्ट्रपति सीको सन्देश लिएर आएको उल्लेख गरेका थिए । ‘हामी कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौं तर पार्टी–पार्टीबीचको सम्बन्धलाई भने महत्त्व दिने छौं,’ भेटवार्ताका क्रममा छन्‌ले भनेका छन् । उनले नेपाली राजनीतिक ...
लुम्बिनी प्रदेश मन्त्रिपरिषद बैठक : कार्यविभाजन नियमावली हेरफेर गर्ने निर्णय

लुम्बिनी प्रदेश मन्त्रिपरिषद बैठक : कार्यविभाजन नियमावली हेरफेर गर्ने निर्णय

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
लुम्बिनी प्रदेश सरकारले प्रदेश सरकार कार्यविभाजन नियमावली हेरफेर गरेको छ । प्रदेश मन्त्रिपरिषदको आइतबार बसेको बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावली २०७९ को अनुशुची १ र २ लाई हेरफेर गर्ने निर्णय गरेको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई सामाजिक विकास मन्त्रालयमा गाभिएको छ भने युवा तथा खेलकुद मन्त्रालय बनाउने निर्णय गरिएको सकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थिले जानकारी दिएका छन् । प्रदेश मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी अन्तरगत सरकारले कार्यविभाजन नियमावली हेरफेर गर्ने निर्णय गरेको जनाइएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले प्रदेशको राजश्व बढाउने आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीको अध्यक्षतामा कार्यदल बनाउने निर्णय गरेको छ । बैठकले प्रदेशस्तरीय मदरसा शिक्षा समन्वय समितिको उपाध्यक्ष महश...
२०४६ सालयता ६ गृहमन्त्री अनुसन्धानमा

२०४६ सालयता ६ गृहमन्त्री अनुसन्धानमा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
खुमबहादुर खड्का, गोविन्दराज जोशी, विजय गच्छदार, बालकृष्ण खाण, कृष्णबहादुर महरा र रवि लामिछानेसम्मले राज्यशक्तिमा रगजग गरे, तर कानुनप्रतिको जवाफदेहिताबाट कोही पनि उम्कन सकेका छैनन्  काठमाडौँ — सहकारी बचत ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछाने शुक्रबारदेखि प्रहरी हिरासतमा छन् । यसरी अनुसन्धानमा तानिएका उनी एक्लो पूर्वगृहमन्त्री होइनन् । २०४६ को राजनीतिक परिवर्तनयता आधा दर्जन पूर्वगृहमन्त्री फौजदारी अपराधको अनुसन्धानको दायरामा तानिएका छन् ।  कांग्रेसबाट गृहमन्त्री बनेका नेताहरू गोविन्दराज जोशी र खुमबहादुर खड्का गैरकानुनी सम्पत्ति आर्जनमा सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भइसकेका छन् । जोशी गिरिजाप्रसाद कोइराला र खड्का शेरबहादुर देउवा एवं सूर्यबहादुर थापा नेतृत्वको सरकारमा गृहमन्त्री थिए । खड्कालाई भ्रष्टाचार अभियोगमा सर्वोच्च अदालतले २०६८ सालमा डेढ वर्ष कैद ...
चुनौती रहे पनि अर्थतन्त्रमा सुधार भएको अर्थ मन्त्रालयको दाबी

चुनौती रहे पनि अर्थतन्त्रमा सुधार भएको अर्थ मन्त्रालयको दाबी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
 अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको तीन महिनाभित्रको कार्यप्रगति सार्वजनिक गरेको छ । यसमा अर्थ मन्त्रालयले सार्वजनिक गरेका कार्यमा मुलुकको अर्थतन्त्र सुधारका लागि सुझाव दिन उच्चस्तरीय आर्थिक सुधार आयोग गठन, आन्तरिक राजस्व परिचालन रणनीतिको कार्यान्वयन, कन्ट्री क्रेडिट रेटिङको तयारी पूरादेखि संघीय संसद्मा विधेयक पेससम्म छन् ।  अर्थतन्त्रमा चुनौती रहे पनि पहिलेको तुलनामा सुधार आइरहेको अर्थ मन्त्रालका प्रवक्ता महेश भट्टराईले बताए । तीन महिनामा निजी क्षेत्रको आत्मविश्वास बढेको, गत वर्षको यसै अवधिको तुलनामा पुँजीगत खर्च र राजस्व संकलन बढेको, ब्याजदर कम भएको, निजी क्षेत्रतर्फ प्रवाहित कर्जा वृद्धि भएको, पुँजी बजार चलायमान भएको, विदेशी मुद्रासञ्चिति बढेको र रेमिट्यान्स वृद्धि भएको प्रवक्ता भट्टराईको दाबी छ । ‘पुँजीगत खर्च गत वर्षको यसै अवधिको तुलनामा ६५ प्रतिशतले वृद्धि भएको...
रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालित

रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालित

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली परिचालित भएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी आरोपमा अदालतले पक्राउ गर्न अनुमति दिएपछि उनलाई समातेर बुझाइदिन भन्दै सीआईबीलाई पत्र पठाएको छ । त्योसँगै सीआईबीबाट एक जना प्रहरी उपरीक्षक (एसपी) नेतृत्वको टोली रास्वपाको पार्टी कार्यालयमा जाने तयारी गरिरहेको छ । सीआईबी टोली पुग्नुअघि रास्वपा कार्यालय बाहिर प्रहरीको बाक्लो उपस्थिति छ । सूचना संकलनका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि खटिएको छ । समर्थकहरुको भिड र नारावाजीबीच उनलाई पक्राउ गरेर लैजाँदा कुनै तनाव नहोस् भन्ने उद्देश्यले व्यापक प्रहरी परिचालन गरिएको प्रहरी अधिकृतहरु बताउँछन् । स्रोतका अनुसार, लामिछानेलाई पक्राउ गरेर शुक्रबारै कास्की पठाउने तयारी छ । जिल्ला अदालत,...
सर्वसम्मत विधेयक सन्देशसहित फिर्ता गरेपछि विवादमा लुम्बिनी प्रदेश प्रमुख, हुबहु पठाउने सरकारको तयारी

सर्वसम्मत विधेयक सन्देशसहित फिर्ता गरेपछि विवादमा लुम्बिनी प्रदेश प्रमुख, हुबहु पठाउने सरकारको तयारी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
बुटवल सरकार र प्रदेशसभामा रहेका दलहरुसँग कुनै समन्वय नगरी सर्वसम्मत पारित भएको प्रदेश निजामती ऐन र स्थानीय निजामती ऐन फिर्ता गरेपछि लुम्बिनीका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसँग सबै असन्तुष्ट भएका छन् । सर्वसम्मत विधेयक फिर्ता भएपछि पहिलो पटक सभामुख, सत्तारुढ तथा विपक्षी दलहरु प्रदेश प्रमुखसँग आक्रोशित भएका छन् । १५ बुँदे विभिन्न सुझाव राखेर प्रदेश प्रमुखले फिर्ता पठाएका विधेयक सरकारले पुनः प्रमाणीकरणका लागि हुबहु पठाउने तयारी गरेका छन्, तर प्रदेश प्रमुख घर्तीले भने नीति र विधिसँग बाझिएको विधेयक संवैधानिक अधिकारको प्रयोग गरेर फिर्ता गरेको बताएका छन् । घर्ती नेपाली कांग्रेसको कोटाबाट सभापति शेरबहादुर देउवाको बलमा प्रदेश प्रमुख नियुक्त भएका थिए । प्रदेशमा देउवा निकट संसदीय दलका नेता डिल्लीबहादुर चौधरीसमेतलाई कुनै जानकारी नदिई विधेयक फिर्ता गरेपछि सबै आश्चर्यमा पारेका छन् । प...
उपनिर्वाचनमा महिलालाई प्राथमिकता दिन आयोगको निर्देशन

उपनिर्वाचनमा महिलालाई प्राथमिकता दिन आयोगको निर्देशन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
 निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तहको प्रमुख वा उपप्रमुखको उपनिर्वाचनमा महिलालाई प्राथमिकता दिएर उम्मेदवार बनाउन राजनीतिक दलहरूलाई निर्देशन दिएको छ ।  आयोगले गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाका प्रमुख वा उपप्रमुख र जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुखमध्ये बहाल रहेको पदमा पुरुष कार्यरत भए रिक्त पदको उपनिर्वाचनमा महिलालाई उम्मेदवार बनाउन राजनीतिक दलहरूलाई निर्देशन दिएको हो । आयोगले जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, वडाध्यक्ष १० तथा नगरपालिकाका मेयर १, उपमेयर १ र वडाध्यक्ष २१ गरी ४१ सिटका लागि उपनिर्वाचन गर्न लागेको छ । आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम यस्तो निर्देशन दिएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताए । ‘कानुनमा यस्तो अवस्थाको प्रस्ट व्यवस्था छैन । जस कारण कानुनको भावनाबमोजिम उ...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड जम्मा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड जम्मा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
 प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रुपैयाँ जम्मा भएको छ । यो कोषमा रहेको मौज्दात रकम हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले असोज ३० गतेसम्मको विवरण सार्वजनिक गर्दै पछिल्लो एकसातामा कोषमा जम्मा भएको रकमबारे जानकारी दिएको हो । पछिल्लो सातामा साल्ट ट्रेडिङ कर्पोरेसनले ६० लाख रुपैयाँ कोषमा सहयोग गरेको छ । गैरआवासीय नेपाली संघले ५१ लाख रुपैयाँ कोषमा जम्मा गरेको छ । नेसनल इन्सुरेन्स कम्पनीले १० लाख, विद्युत उत्पादन कम्पनीले ५ लाख ९६ हजार, राष्ट्रिय समाचार समितिले ३ लाख २६ हजार रुपैयाँ सहयोग कोषमा जम्मा गरेका छन् । यो सातामा १० दाताहरुले कोषमा सहयोग रकम दाखिला गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । ...