कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै, केन्द्रीय समिति बैठकको औपचारिक एजेन्डा टुङ्गो लगाउने
काठमाडौँ
नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज पनि बस्ने भएको छ । दिउसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले असोज २६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकको औपचारिक एजेन्डा टुङ्गो लगाउने छ ।
बिहीबार र शुक्रबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा तीन एजेन्डा उठेको सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ बताउँछिन् । बिहीबार पदाधिकारी र पूर्वपदाधिकारीको मात्रै बैठक बसेकोमा शुक्रबार कार्यसम्पादन समितिका सदस्यहरूलाई समेत बोलाइएको थियो । बैठकमा अहिलेसम्म धारणा राख्ने नेताहरूले पार्टी अधिवेशन, सरकारले घोषणा गरेको निर्वाचन र जेनजी आन्दोलनको जडबारे केन्द्रीय समिति बैठकमा एजेन्डा बनाउने गरी धारणा राखेको सहमहामन्त्री उपाध्यायले रातोपाटीलाई जानकारी दिइन् ।
वर्तमान शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको चार वर्षे कार्यकाल मङ्सिरमा सकिँदै छ ।...








