जेन-जीको राष्ट्रिय सम्मेलन भोली पाल्पामा हुने
पाल्पाजेन-जीको राष्ट्रिय सम्मेलन शनिबार पाल्पामा हुने भएको छ। सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ। सम्मेलन तानसेन नगरपालिकाको सभाहलमा हुनेछ।
आन्दोलनमा रहेका विभिन्न समूहलाई एकीकृत गर्न सम्मेलन सफल हुने दाबी गरिएको छ। सम्मेलनले एकता, सुशासन र भ्रष्टाचार अन्त्यको सन्देश दिने बताइएको छ। यहाँ कुन समूहको सम्मेलन हुने भन्नेबारे खुलाइएको छैन।
जिल्लाको सदरमुकाम तानसेनमा हुने सम्मेलनमा देशका ६५ वटा जिल्लाबाट जेनजी प्रतिनिधि, प्रदेश संयोजक, केन्द्रीय जेनजी अभियन्ता सहभागी रहने राष्ट्रिय सम्मेलनका अगुवा विज्ञान घिमिरेले बताए। ४०० भन्दा बढीे सहभागी रहने उनले बताए।
सम्मेलनले पाल्पा घोषणा पत्र जारी गर्नेछ। देशभरका जेनजीहरूलाई एकताबद्ध गरेर अगाडि बढ्न सम्मेलनले सहयोग गर्ने घिमिरेले बताए।
जेनजी विभिन्न खेमामा बाँडिएको अवस्था छ। जेनजीहरूको ने...








