राष्ट्रपतिले दिए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी नगर्ने संकेत
काठमाडौंसरकारले निर्वाचन आयोग लगागतका संवैधानिक नियुक्तिको बाटो खोल्न गत मंसिर २ गते संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन अध्यादेश राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको थियो । जुन अध्यादेश राष्ट्रपतिले अब जारी नगर्ने संकेत दिएका छन् ।
राष्ट्रपतिबाट अध्यादेश जारी नभए निर्वाचन आयोग लगायतका संवैधानिक नियुक्तिहरू चुनाव अघि हुने छैनन् ।संविधान भन्दा प्रतिकूल खालको अध्यादेश आएपछि अध्ययनको क्रममा रहेका राष्ट्रपतिले अब यही ब्योहोराको अध्यादेश जारी गर्न नसक्ने अनौपचारिक संकेत सरकारलाई दिएका छन् ।संवैधानिक परिषद् अध्यादेशसँगै राष्ट्रपति कहाँ पुगेको नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश भने ५ मंसिरमै जारी भइसकेको छ ।तर संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन अध्यादेश राष्ट्रपति कार्यालयमा अध्ययनमै भन्दै राखेको छ । ‘यति दिनसम्म जारी नभएपछि यसको अर्थ बुझ्नुपर्छ अब अध्यादेश जारी हुँ...








